Ntc summer Offer
Khabar Dabali १५ बैशाख २०८१ शनिबार | 27th April, 2024 Sat
NIMB

छ मुख्य सडक कालोपत्रका लागि डिपिआर तयार

रासस

पर्वत । महाशिला गाउँपालिकाले मातहतका छ वटा मुख्य सडकको डिपिआर तयार गरेको छ । गाउँपालिकाभित्र बाह्रैैमास सडक सुविधा पु¥याउने उद्देश्यले सडक स्तरोन्नति तथा कालोपत्र गर्नका लागि छवटा सडकको डिपिआर तयार गरेको हो । पालिकाका सबै वडामा पुग्ने गरी ‘एक वडा, एक सडक’अन्तर्गत उक्त सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता जीवनविक्रम उच्चैले जानकारी दिए ।

छवटा वडामा पहुँच पु¥याउने गरी करिब ४८ किलोमिटर लामो सडकको डिपिआर गरिएको गाउँपालिकाका प्रवक्ता उच्चैले जानकारी दिए  । उनका अनुसार डिपिआर गरिएका सडकको कालोपत्र गर्नका लागि करिब रु दुई अर्ब ५० करोड लागत अनुमान गरिएको छ । डिपिआर सम्पन्न भएका सडकको कालोपत्र तथा स्तरोन्नतिका लागि प्रदेश तथा सङ्घीय सरकारबाट बजेट माग गर्ने र स्थानीय सरकारले साझेदारी गर्ने योजनासमेत बनाइएको छ ।

गाउँपालिकाले वडा नं १ होश्राङ्दीमा अगाहगडी– पैयुभञ्ज्याङ सडक, वडा नं २ भोक्सिङमा सालडाडा–खोलाखर्क–पाखुरेडाँडा सडक,  वडा नं ३ बालाकोटमा हिरुखर्क–निगाली–दियालीडाँडा–बारेडाँडा सडकको डिपिआर सम्पन्न गरेको हो । यसैगरी वडा नं ४ पाखापानीमा लाम्तुन–दर्जीडाँडा–थापथर, वडा नं ५ लुङ्खुदेउरालीमा लुङ्खुदेउराली–बान्द्रे–धनुमासे–सेरा सडक र वडा नं ६ फलामखानीका लागि घण्टेदेउराली–फलामखानी–घन्तरी सडकको डिपिआर तयार गरेको प्रवक्ता ठकुरीले जानकारी दिए ।

यस वर्ष पालिकाले आफ्नै लगानीमा पाँच किलोमिटर सडकको कालोपत्रको काम अघि बढाएको छ भने दक्षिण पर्वत जोड्ने लमाय–लुङ्खु र लुङ्खुबाट पैँयुको हुवाससम्मको सडक समेत कालोपत्रको काम भइरहेको छ । डिपिआर गरिएका सबै सडक कालोपत्र भएपछि गाउँपालिका सडकयुक्त हुने अध्यक्ष राजुप्रसाद पौडेलले जानकारी दिए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies