Ntc summer Offer
Khabar Dabali ११ बैशाख २०८१ मंगलवार | 23rd April, 2024 Tue
NIMB

खुवालुङ ढुङ्गा संरक्षण गर्दै जल यातायात सञ्चालन गरिनेछ : मन्त्री नेम्वाङ

रासस

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले कोशी नदीमा रहेको खुवालुङ ढुङ्गा नचलाइकन त्यहाँको जल यातायात सुचारु गर्ने गरी योजना बनाइएको बताएका छन् । 

मन्त्रालयअन्तर्गतका विभाग र कार्यालयको वार्षिक समीक्षा कार्यक्रमको अन्तिम दिन आज उहाँले कतिपयले खुवालुङ ढुङ्गाको विषयमा राजनीति गर्न खोजेको उनको आरोप लगाउँदै सो क्षेत्रमा जल यातायात सञ्चालनका लागि मार्ग (रुट) निर्माण गर्दा  त्यहाँका ढुङ्गा ध्वस्त गर्न नखोजिएको स्पष्ट गरे । 
प्रदेश नं. १ सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा ढुङ्गाको संरक्षणलाई कार्यक्रममा राखेको छ । उनले भने, “त्यो रुटमा जल यातायात चलाउने विषयमा विवाद गर्नुपर्ने ठाउँ छैन ।”

मन्त्री नेम्वाङले कोभिड सङ्क्रमण कम हुनासाथ जनकपुर–जयनगर रेल सञ्चालन गरिने भएकाले सबै तयारी पूरा गर्न नेपाल रेल्वे कम्पनीलाई निर्देशन दिएका छन् । रेलमार्ग निर्माण सकिएर रेल खरिद गरिएको, जनशक्ति तयार भएको र कानुन निर्माण भइसकेकाले अब सञ्चालनका लागि समस्या नभएको उनको भनाइ छ । उनले भने, “सरकारले गर्नुपर्ने सबै किसिमको सहजीकरण गरिसकेको छ ।” े

मन्त्री नेम्वाङले रेलमार्ग निर्माणमा विभिन्न स्थानमा जग्गा मुआब्जाको समस्या देखिएकामा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा समाधान खोज्न रेल विभागलाई निर्देशन दिएका छन् । रेल सञ्चालन हुन लागेको स्थानसम्म अस्थायी रुपमा भएपनि पहुँच सडकको निर्माण अघि बढाउनुपर्नेमा उनको जोड छ । उनले गत आवमा धेरै चालक अनुमतिपत्र छापिएको भएपनि चालु आवमा कार्ड नभएकाले नछापिएको बताए ।
 
मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठले निषेधाज्ञा खुलेको एक÷दुई सातामा नै रेल सञ्चालन गर्न सबै तयारी पूरा गनुृपर्ने बताए । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले कम्पनीले आवश्यक फर्निचर खरिदलगायत कार्यालय सञ्चालनको तयारी पूरा गरिसकेको बताए । 

रेल विभागकी महानिर्देशक प्रमिलादेवी बज्राचार्यले कोभिडका कारण रेलमार्ग निर्माण गरिने स्थानमा मुआब्जाको समस्या समाधान गर्न नसकिएको बताए । यातायात व्यवस्था विभागका महानिर्देशक नमराज घिमिरेले कार्डको अभावले चालु आवमा थोरै सङ्ख्यामा मात्रै चालक अनुमतिपत्र छाप्न सकिएको बताए । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies