Ntc summer Offer
Khabar Dabali १९ पुष २०८१ शुक्रबार | 3rd January, 2025 Fri
Investment bank

भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा असार १५ सम्म निषेधाज्ञा गर्ने निर्णय

खबरडबली संवाददाता

बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथोपटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ ।  आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो । आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले आज राति १२ बजेदेखि लागु हुने गरी असार १५ गतेसम्म निषेधाज्ञा थप्ने निर्णय गरेको हो । 

कोभिड–१९ को सङ्क्रमण घटे पनि अझै नियन्त्रण भइनसकेकाले जारी निषेधाज्ञा केही खुकुलो गरी थप्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए । उनले भने,  “सङ्क्रमणदर घट्दो भए पनि जोखिम कायम छ, त्यसैले केही खुकुलो पार्दै निषेधाज्ञा थप्ने निर्णय भएको हो, त्यहीअनुसार आदेश जारी हुन्छ ।”
 
थपिएको निषेधाज्ञाको अवधिमा फलफूल तथा खाद्य सामग्रीका पसल, किराना, फैन्सी÷कपडा, निर्माण सामग्रीका पसलमा काम गर्ने व्यक्तिको अनिवार्य एन्टिजेन परीक्षण गरी बिहान ७ बजेदेखि १२ बजेसम्म खोल्न पाइने छ । साथै पसल खुल्ला भएको बेला अनिवार्य स्वास्थ्य मापदण्डको पालना गर्नुपर्ने जनाइएको छ । एन्टिजेन परीक्षण निःशुल्क गर्ने  व्यवस्था मिलाउने निर्णयसमेत भएको छ । हाल जारी निषेधाज्ञामा बिहान ७ बजेदेखि बिहान ९ बजेसम्म मात्रै खाद्यान्न र फलफूलका पसल मात्रै खोल्न दिइएको छ । 

बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म अनिवार्य स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन हुनेछन् । स्थानीय तहहरूबाट बैंकको कामका लागि सदरमुकाम जानुु परेमा स्थानीय तहको सिफारिसमा यातायातको साधन प्रयोग गरी जान पाइने छ । 

विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिनेछन् । गाउँ तथा नगरपालिकाको आर्थिक तथा प्रशासनिक काम (विकास निर्माणका कामको भुक्तानी) गाउँ तथा नगरपालिकाले तोकेको समयमा सञ्चालन गर्न पाइने छ । 
 
नयाँ निषेधाज्ञाको अवधिमा होटेल, रेष्टुरेन्ट, सैलुन, ब्युटीपार्लर, जीम हल र सार्वजनिक यातायात सञ्चालन गर्न नपाइने निर्णय भएको छ । भिडभाड हुने कुनै पनि किसिमका कार्यक्रम, मिटिङ, गोष्ठी, सेमिनार, खेलकुद गतिविधिलगायतका कार्यक्रम गर्न पाइने छैनन् । विद्यालय, मालपोत, जिल्ला प्रशासनलगायतका सरकारी कार्यालयबाट प्रवाह हुने सबै सार्वजनिक सेवा बन्द रहनेछन् ।  

निषेधाज्ञाको उल्लङ्घन गरेमा, कालोबजारी गरेमा, तोकेको मूल्यभन्दा बढी मूल्य लिएमा, म्याद नाघेका खाद्यवस्तुको विक्रीवितरण गरेमा र पसलमा मूल्यसूची नराखेमा कानूनअनुसार कारबाही हुने जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ  । 
 
कोरोनाको दोस्रो लहर आएपछि यो चौथोपटक निषेधाज्ञाको अवधि थपिन लागेको हो । यसअघि वैशाख २० गतेदेखि जेठ २ गतेसम्म, जेठ ३ गतेदेखि जेठ १७ गतेसम्म र जेठ १८ गतेदेखि जेठ ३१ ग्तेसम्म निषेधाज्ञा थपिएको थियो ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Global Ime Bank
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Nepal Bank NIBL RIGHT SIDE Salt Trending Alphabet Education Consultancy