चितवन । देशकै मध्यभाग र मेडिकल सिटीका रुपमा विकास भइरहेको जिल्लामा वार्षिक ४० हजार युनिट हाराहारी रगत खपत हुने गरेको छ । ठूलो सङ्ख्यामा हुने सुत्केरी, क्यान्सरका बिरामी, दुर्घटनाका घाइते र ठूला शल्यक्रिया हुने भएकाले यहाँ रगतको माग बढी भएको हो ।
क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरले विगतमा यहाँ सङ्कलन गरेको रगत राजधानी काठमाडौँ लगायतका ठूला शहरमा पठाउने गरिएको भए पनि पछिल्ला वर्षमा बाहिरी जिल्लाबाट समेत ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ ।
नेपाल रेडक्रस सोसाइटीका जिल्ला सभापति ज्ञानशाली न्यौपाने यहाँका दुई ठूला मेडिकल कलेज, सरकारी भरतपुर अस्पताल, विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र दुई दर्जन हाराहारी निजी अस्पतालमा दैनिक १५० युनिट हाराहारी रगतको माग हुने गरेको बताए ।
उनका अनुसार यहाँ रगतको माग पूर्ति गर्न चितवनसहित छिमेकी जिल्लाबाट रगत सङ्कलन गरी ल्याइने गरिन्छ । उनले भने, “मकवानपुर, गोरखा, लमजुङ, तनहुँ, नवलपरासी लगायतका जिल्ला पुगेर रक्तदान कार्यक्रम गरी रगत ल्याउने गरेका छौँ ।” केन्द्रले मनाङबाट समेत रगत ल्याएर यहाँको आपूर्ति धान्ने गरेको उनको भनाइ छ ।
वर्षैभर रगतको अभाव हुने गर्दछ । बिरामीका आफन्त र साथीभाइसँगै स्वयंसेवी रक्तदातासँग सहयोग मागेर रगतको परिपूर्ति गर्ने गरिएको छ । काठमाडौँको प्रसूतिगृहपछि धेरै प्रसूति यहाँ हुने गर्दछन् । पछिल्ला वर्षमा शल्यक्रिया गरेर बच्चा जन्माउने क्रम बढ्दै जाँदा रगतको माग बढेको हो । क्यान्सरका बिरामीलाई धेरै रगत दिनुपर्ने हुन्छ ।
केन्द्रका प्रमुख रमेशकान्त पौडेलका अनुसार यसका अतिरिक्त ठूला शल्यक्रिया र दुर्घटनाका घाइतेलाई पनि बढी मात्रामा रगत आवश्यक पर्दछ । केन्द्रले स्थानीय तह र सङ्घसंस्थालाई रक्तदानमा उत्प्रेरणा जगाउन अनुरोध गर्दै आएको छ । जिल्लाका सात पालिकामध्ये माडी र इच्छाकामनाले आफ्ना पालिकावासीलाई आवश्यक पर्ने रगतको भुक्तानी गर्दै आएका छन् । तीसँगै सबै पालिकाले रक्तदान कार्यक्रम आयोजकलाई प्रतिरक्तदाता रु १०० दिँदै आएका छन् । यो रकम बढाएर सहयोग गर्न अनुरोध गरिएको पौडेलले बताए ।
यसका अतिरिक्त टोल विकास संस्थामा रक्तदानसम्बन्धी उत्प्रेरणा जगाइदिन सहयोग गर्न सबै पालिकामा नेपाल रेडक्रस सोसाइटीले अनुरोध गर्दै आएको छ । आउँदा केही वर्षमा वार्षिक ५० हजार युनिटभन्दा बढी रगत आवश्यक पर्ने अनुमान गरिएको छ । जिल्लामा ३५० भन्दा बढी संस्थाले वार्षिक क्यालेन्डर बनाएर रक्तदान गर्दै आएका छन् । यसका अतिरिक्त विभिन्न सामाजिक सङ्घसंस्थाले समयसमयमा कार्यक्रम आयोजना गर्ने गरेका छन् ।
भरतपुर अस्पतालका वरिष्ठ हाडजोर्नी विशेषज्ञ प्राडा कृष्णप्रसाद पौडेल आन्तरिक र बाह्य रक्तस्रावका कारण रगतको मात्रा घटेमा रगत दिनुपर्ने बताउनुहुन्छ । उनले भने, “हेमोग्लोबिन र शरीरमा रगतको मात्रा बढाउन रगत अत्यावश्यक छ ।” समयमा रगत प्राप्त नभएमा बिरामीको मृत्युसमेत हुन सक्ने भएकाले रगत अति महत्वपूर्ण हुने उहाँको भनाइ छ । यसैले पनि रक्तदान जीवनदान भन्ने गरिएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: