Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

सबिता भण्डारीको माइती चितवन पुगे न्याय माग्न,चलखेलको रहस्य खुल्दै

खबरडबली संवाददाता

चितवन । दुई साताअघि चितवनमा एक महिलाको शंकाष्पद मृत्यु भयो । २८ वर्षीया सविताको मृत्यु स्वभाविक नभएको भन्दै उनको माइती पक्ष प्रहरीमा किटानी जाहेरी दिए । मुद्दा अदालतमा बिचाराधीन छ । तर, अहिले यो घटनासँग सम्वन्धित विभिन्न पात्रका थरिथरि बयान यूट्यूवमा भाइरल छन् । यति मात्रै होइन, सविताका संवेदनशील अडियो–भिडियोलाई पनि यूट्युवरले छताछुल्ल बनाएका छन् । अनि ती अडियो–भिडियोमा लिपसिंक गरेर टिकटकमा भाइरल बन्न खोज्नेको अर्को समूह छ । यस्तो विकृतिलाई नियन्त्रण गर्न प्रहरी प्रशासनले खासै चासो दिएको छैन । 

सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग मागी विहे भएको थियो । घरमा श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा छन् । गत वैशाख ४ गते सविता आफ्नै कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । परिवार र छरछिमेकीले उनलाई चितवन मेडिकल कलेजमा पुर्‍याएका थिए । अस्पताल लैजाँदासम्म उनी जीवित रहेको बताइएको छ । तर, डाक्टरले उनको ज्यान जोगाउन सकेनन् ।


माइती पक्षका अनुसार लामो समयदेखि सविता पारिवारिक कारणले तनावमा थिइन् । विवाहमा दाइजो नल्याएको निहुमा उनलाई प्रताडित गर्ने गरिएको बहिनी सजनीको आरोप छ । परिवारले उनलाई जबरजस्ती मानसिक तनावको औषधि खुवाउने गरेको पनि उनले बताएकी छन् । तर, श्रीमान योगेन्द्रले भने आफ्नी श्रीमती साँच्चै मानसिक समस्याको शिकार बनेको र चिकित्सकको परामर्शमा औषधि सेवन गराएको दावी गर्छन् । उनको दावीअनुसार बिहे गर्दा नै सविता मानसिक तनावको समस्यामा थिइन् ।

सजनीले सार्वजनिक गरेको एउटा अडियो सुन्दा सविता अत्यन्तै विक्षिप्त अवस्थामा पुगेको प्रतीत हुन्छ । उनले रुँदै बहिनीसँग भनेकी छन्, ‘म एकदमै कमजोर भइसकेँ । अब म सक्दिनँ कान्छी । मसँग बोल्ने आँट पनि छैन । म एकदम निराश भइसकेँ । धेरै बलियो हुन खोजेँ तर, भित्रबाट नै कमजार भइसकेँ । म दिनदिनै यो पीडा सहन सक्दिनँ ।’

ह  त्या कि आ त्मह  त्या रु घटनापछि मृत कका माइती पक्षले यसलाई सहजरुपमा लिन सकेनन् । सविताको ह  त्या गरिएको वा मा नसिक(यातना दिएर आ त्मह त्याका लागि वाध्य पारिएको उनीहरुले आशंका गरेका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धानले आ त्मह त्या ठहर्‍याएको थियो । सविताले आफ्नै कोठामा पासो लगाएर झु ण्डिएको प्रहरीले जनाएको छ ।

मृतकको पोस्टमार्टम रिपोर्टमा मृत्यूको कारण ‘ह्या ङ्गिङ’ (झु ण्डिएको) भनिएको छ ।  जिल्ला प्रहरी कार्यालयक चितवनका प्रहरी नायव उपरिक्षक (डीएसपी) सुर्य बहादुर थापाले घ टनाको वस्तुस्थितिले ह  त्या नदेखिएको बताए । तर, आ त्मह  त्याका लागि दु रुत्साहन गरिएको प्रहरीको अनुसन्धानले देखाएको उनको भनाइ छ ।

नेपाल प्रेससँग डीएसपी थापाले भने, ‘यो आ त्मह  त्या दुरुत्सा हनको घटना हो भन्ने प्रहरीको प्रारम्भिक निष्कर्ष हो । हामीले आफ्नो तर्फबाट सबै प्रमाणसहितको प्रतिवेदन अदालतमा बुझाइसकेका छौं । अन्तिम निर्णय अदालतबाटै हुने हो । हामी आफ्नो तर्फबाट अदालतलाई सबै सहयोग गर्छौं ।’

सविताका माइती पक्षको भनाइमा परिवारबाट उनले लामो समयदेखि विभिन्न खाले यातना भोग्दै आएकी थिइन् । श्रीमानले म दिरा सेवन गरेर पिट्ने गरेको उनीहरुको आरो प छ । त्यो भन्दा संवे दनशील चाहिँ ७५ वर्षका ससुराले सवितालाई यौ न दु र्व्यवहार गरेको बताइएको छ । घटनालगत्तै माइती पक्षको किटानी जाहेरीका आधारमा प्रहरीले सविताका श्रीमान योगेन्द्रकुमार धिताल, ससुरा रमेशकुमार धिताल र आमाजु भावना ढकाललाई पक्राउ गरेको थियो । उनीहरु सबै धरौटीमा छुटेका छन् । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies