काठमाडौँ । कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाकाको तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ ३० मा बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार १ देखि सात गतेसम्म थप्ने निर्णय गरेको थियो ।
थपिएको निषेधाज्ञामा भने अत्यावश्यक खाद्य सामग्री खरिद/विक्रीका लागि बिहान ११ बजेसम्मको समय तोकिएको छ । यसअघि ९ बजेसम्मका लागि मात्रै खुला थियो । उक्त सामानको ढुवानी भने राति ९ बजेदेखि विहान ११ बजेसम्म मात्र गर्न पाइने छ । पुस्तक पसल र प्रिन्टिङ प्रेस पनि बिहान ११ बजेसम्म खुला गरिएको छ । विकास निर्माणजन्य सामग्री पसल (छड, सिमेन्ट, विद्युत, सेनीटरी, हार्डवेयर पसल) दिउँसो चार बजेपछि मात्रै सञ्चालन गर्न सकिने र ठूलो परिमाणको ढुवानी राति मात्र गर्न पाइनेछ ।
अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी गर्न पाइने छ । त्यसका लागि साँझ ७ बजेसम्म मात्र खुला गरिएको छ । सवारी साधनका मर्मत सेन्टर राति ९ बजेसम्म चल्न दिने भनिएको छ । नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको प्रयोग गरी कृषि कार्य गर्न सक्ने र त्यसका लागि आवश्यक मल, बीऊ, कृषि औजारका सामग्रीको सहज ढुवानी गर्न सकिने आदेशमा छ । अत्यावश्यक उद्योग सञ्चालन तथा निर्माण कार्यका लागि स्वास्थ्यको मापदण्ड पालना गरी आवासीय रूपमा कामदार राखेर सञ्चालन गर्न भनिएको छ । निर्माण सामग्रीको ढुवानी भने राति ९ बजेदेखि बिहान ५ बजेसम्म मात्र गर्न पाइने छ । अनलाइनबाट पठनपाठन गर्न सकिनेछ ।
बैँक तथा वित्तीय संस्थाले सिमित सङ्ख्यामा जनशक्ति परिचालन गरी सेवा सञ्चालन गर्न सक्नेछन् । बीमा समिति, बीमा कम्पनी र धितोपत्र बोर्डले आलोपालो गरी २० प्रतिशत जनशक्ति राखेर सञ्चालन गर्न सक्नेछन् । सहकारी संस्था र रेमिट साताको आइतबार र बिहीबार सञ्चालन गर्न दिइने आदेशमा उल्लेख छ । विवाहमा सात जना सहभागी हुन सक्ने र एउटा गाडी मात्रै प्रयोग गर्न सक्ने छन् । तर पार्टी प्यालेसमा विवाह ब्रतबन्ध रोक लगाइएको छ । अन्य भिडभाडका गतिविधिमा भने पूर्ण रोक लगाइएको र बाँकी विगतको आदेशमा उल्लेख भए अनुसार हुनेछ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ९ गते, २०८० - २०:५४
काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीमा नातेदारलाई पद बाँडेको आरोप लागिरहेका वेला युवा नेता अनिल महासेठले महासचिव पद अस्वीकार गरेका छन्। महासेठ लोसपा...
आश्विन ९ गते, २०८० - २०:४८
काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, हङकङ र यूएईको सहभागितामा टि–२० त्रिदेशीय सिरिज गर्ने भएको छ । क्यानको आज बसेको केन्द्रीय समिति बैठकले...
आश्विन ९ गते, २०८० - १९:५२
काठमाडौँ। नेपाल मेडिकल काउन्सिलले चिकित्सकहरूमाथि भएको आक्रमणका घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मंगलबार विज्ञप्ति जारी गर्दै काउन्सिलले...
आश्विन ९ गते, २०८० - १९:०८
काठमाडौँ। नेकपा एमाले बागमती प्रदेशको सोमबारबाट सुरु भएको प्रथम अधिवेशनको निर्वाचन प्रक्रिया ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुने भएको...
आश्विन ९ गते, २०८० - १९:०५
काठमाडौँ। काठमाडौँ जिल्ला अदालतमा ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणका आरोपीहरूको बयान लिने काम सकिएको छ। न्यायाधीश माधवप्रसाद मैनालीको इजलासमा २६...
आश्विन ९ गते, २०८० - १८:३९
काठमाडौँ।गोरु काटेर सामुहिक भोज खाएको आरोपमा एकजना युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय खोटाङले मंगलबार एकजना युवकलाई पक्राउ गरेको हो। दि...
आश्विन ९ गते, २०८० - १८:३५
काठमाडौँ। काठमाडौं महानगरपालिकाले स्वास्थ्य क्षेत्रको अनुगमन गर्न १६ वटा सूचक निर्धारण गरेको छ। अनुगमनमा जाँदा सेवामा असर नपुगोस्, अनुगमन टोलीले प्...
आश्विन ९ गते, २०८० - १८:२५
काठमाडौँ। नेपाली कांग्रेसको संसदीय दलले प्रतिनिधिसभामा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयक र शिक्षकसँगको सहमतिलगायतका विषयमा सरोकारवाला पक्षसँग...
आश्विन ८ गते, २०८० - २०:१६
पोखरा। उपचारका क्रममा बिरामीको मृत्यु भएको भन्दै पोखराको मणिपाल अस्पतालका डाक्टरमाथि हातपात भएको छ । लमजुङको सुन्दरबजार नगरपालिकाकी ५७ वर्षीया सुक...
आश्विन ८ गते, २०८० - १९:४५
काठमाडौं। १९औं एसियाली खेलकुदअन्तर्गत महिला फुटबलको दोस्रो खेलमा सन् २०११ को विश्वकप विजेता जापानविरुद्ध ८-० ले पराजित हुँदै नेपाल समूह चरणबाटै बाहिरि...
प्रतिकृया लेख्नुहोस्: