बलेवा । आँखामा लाग्ने कालो ढुसी फैलिन सक्ने भन्दै बागलुङ नगरपालिकाले पूर्व तयारी थाल्ने भएको छ । कालो ढुसी रोगको नियन्त्रण र रोकथामका लागि पूर्व तयारी गर्ने योजना सार्वजनिक भएको हो । कालो ढुसीको नियन्त्रण तथा रोकथामका लागि पूर्व तयारीमा रहने योजना रहेको नगरप्रमुख जनकराज पौडेलले बताए ।
कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले कालो ढुसीको नियन्त्रण तथा रोकथाम प्राथमिकतामा राखेको हो । बुधबार नवौं नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कालो ढुसी रोगको नियन्त्रण र रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ । “भारत लगायतका देशमा महामारीको रुपमा फैलिएको यो रोग नेपालमा भित्रिने सम्भावना छ”, पौडेलले भने, “कोरोना महामारीको जस्तो पूर्व तयारी बिना यो रोगसँग बच्न कठिन छ ।”
नगरपालिकाले आधारभूत स्वास्थ्यको जिम्मेवारी लागू गर्ने, स्वास्थ्यकर्मीको लागि आवश्यक व्यवस्था गर्ने, कालोढुसीको नियन्त्रण तथा रोकथामका लागि आवश्यक तयारी थाल्ने नगरप्रमुख पौडेलले बताए । शव बहान निरन्तर सञ्चालनदेखि हरि खड्का ट्रमा सेन्टर सञ्चालनका लागि पहल गरिने कार्यक्रम स्वास्थ्य क्षेत्रमा समावेश छन् । “गरिबसँग मेयर ऋषिराम” कार्यक्रम सञ्चालनमा ल्याएर कोरोना महामारीका कारण आयआर्जन गुमाएकालाई सहुलियत ऋण उपलव्ध गराउने नीति लिएको पौडेलले बताए ।
जोखिमपूर्ण काम गर्ने मजदुरको लागि जोखिम भत्ता, टेलिमेडिसिन सेवा र बलेवामा १५ शय्याको नगर अस्पताल बनाउने कार्यक्रम सार्वजनिक भएको छ । नगरस्तरका ९ सडक र वडा स्तरीय सडकलाई स्तारेन्नति गरी पक्कि सडकहरु मर्मत गर्ने कार्यक्रमले यो वर्ष पनि निरन्तरता पाएको छ । बागलुङ बजारका चोक सुधार, सडक मापदण्ड कायम गर्ने, व्यवस्थित पार्किङको व्यवस्था गर्ने, चिप्लेटी बस पार्कलाई जीप पार्कमा परिणत गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
खरको छानो विस्थापन र घरबिहिनलाई घर निर्माण गर्ने कार्यक्रमले यसवर्ष पनि निरन्तरता पाएको छ । स्थानीय पाठ्यक्रम निर्माण, भाषा संस्कृतिको संरक्षण र प्रवद्र्धन, पर्यटन प्रवद्र्धनका कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएका छन् । मासुका लागि चिस्यान केन्द्र निर्माण, जडिबुटी खेती प्रवद्र्धन कार्यक्रम, एक वडा तीन उत्पादन, युवा व्यवसायी प्रवद्र्धन कार्यक्रमलाई जोड दिईएको पौडेलले बताए ।
भगत सर्वजीत सीप रोजगार प्रवद्र्धन कार्यक्रम आउँदो आर्थिक वर्षमा प्राथमिकताका साथ अघि बढाइने नीतिमा उल्लेख गरिएको छ । कला सहित्य, सूचना प्रविधि, युवा खेलकुद र छाडा कुकुर नियन्त्रण सम्मका कार्यक्रम नीति तथा कार्यक्रमको प्राथमिकतामा परेका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: