काठमाडौँ । नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाईल्ड कार्ड प्राप्त गरेकी छिन् ।
यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल ५ पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो । पौडी र एथलेटिक्समा अनिवार्य सहभागि हुने भएता पनि सुटिङ्ग, तेक्वान्दो (पारा) र जुडोले वाईल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो ।
सोनियाले ४८ केजी मुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो सङ्घका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जानकारी दिए । उनले दुई खेलाडी ईन्द्र बहादुर श्रेष्ठ र सोनियाको लागि पहल गरिएकोमा सोनियाले वाईल्ड कार्ड प्राप्त गरेको बताए ।
नेपाल पुलिसमा आवद्ध सोनिया हालै नेपालमा सम्पन्न १३ औं दक्षिण एशियाली खेलकूदकी कास्य पदक विजेता खेलाडी हुन् । सोनियाले २०१९ मा बङ्गलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्त गरेकी थिइन् । २०१९ मा मोरोक्कोमा आयोजना भएको विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अङ्क बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाईल्ड कार्ड प्राप्त गर्न सफल भएको अध्यक्ष बज्राचार्यले जानकारी दिए ।
सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौ खेलाडी भएकी छिन् । यस अघि जुडोबाट १९८८ सिओल ओलम्पिकमा रिषीराम प्रधान र गङ्गाबहादुर डङ्गोलले सहभागिता जनाएका थिए । यस्तै चाइनाको बेईजिङ्ग ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपुल्हामु खत्रीले सहभागिता जनाएका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
माघ ११ गते, २०८२ - २०:२६
काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा आमनिर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले केही उम्मेदवारलाई पार्टी अनुशासनको उल्लंघन गरेको ...
माघ ११ गते, २०८२ - २०:१५
विराटनगर। काठमाडौँको प्रमुख पदबाट राजीनामा दिएका बालेन साह मधेस प्रदेशको जनकपुरमा सभा गर्दै सात दिनको भ्रमणपछि संघीय राजधानी काठमाडौँ फर्किएका छन्। ...
माघ ११ गते, २०८२ - २०:१३
मकवानपुर । मकवानपुरगढी–५, कालिवन। कालिवन खानेपानी संस्था मकवानपुरगढी–५ को चौथो साधारण सभाले नयाँ सात सदस्यीय कार्यसमिति चयन गरेको छ। सभाले पुन: दिनेश ...
माघ ११ गते, २०८२ - २०:०७
काठमाडौँ । सरकारी विज्ञापन कारोबारका विषयमा सञ्चार माध्यममा प्रकाशित समाचार र जारी विज्ञप्तिप्रति नेपाल विज्ञापन संघ (आन) ले गम्भीर ध्यानाकर्षण भएको ज...
माघ ११ गते, २०८२ - २०:०५
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) सङ्खुवासभा–काठमाडौं सम्पर्क मञ्चले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन प्रचार प्रसार समिति गठन गरे...
माघ ११ गते, २०८२ - १९:५७
राजनीतिमा अनुहार धेरै देखिन्छन्, तर उनीहरूको इतिहास, संघर्ष र नेतृत्वको धरातल फरक हुन्छ। केही नेताहरू केवल अवसरवादमा सीमित रहन्छन्, पद र सत्ताका लागि ...
माघ ११ गते, २०८२ - १९:३३
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र पारदर्शी रूपमा सम्पन्न भए आफ्नो नेतृत्वको पा...
माघ ११ गते, २०८२ - १९:२८
धनकुटा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) शनिबार धनकुटा सदरमुकाम आए पनि सवारीबाट नओर्ली बजार परिक्रमा गरेर फर...
माघ ११ गते, २०८२ - १९:०१
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पार्टी सचिव महेश बस्नेतका पछिल्ला अभिव्यक्तिलाई लिएर मधेश अपमान गरिएको भन्दै ...
माघ ११ गते, २०८२ - १८:५२
काठमाडाैं । हरेक निर्वाचनमा काभ्रेली मतदाताले देख्दै आएका परिचित अनुहारहरू यसपटक मैदानबाहिर छन्। उनीहरूको अनुपस्थितिमा यस निर्वाचनमा काभ्रेमा प्रायः ...




प्रतिकृया लेख्नुहोस्: