Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

प्रोत्साहनसहित विद्यार्थी भर्ना गर्न थालियो

रासस

कैलाली । कैलाली जिल्लामा प्रोत्साहनसहित विद्यार्थी भर्ना गर्न थालिएको छ । कैलालीका विद्यालयले विद्यार्थी भर्नाका लागि विभिन्नखाले प्रोत्साहनका कार्यक्रम अघि सारेका छन् । जिल्लामा अझै कोरोना सङ्क्रमणको त्रास रहेका कारण विद्यार्थीलाई विद्यालयमा राखेर शिक्षण सिकाइ क्रियाकलाप गराउन सक्ने अवस्था छैन ।

यद्यपि सरकारले असार १ गतेदेखि शैक्षिक सत्र शुरु गरेपछि यहाँका विद्यालयले पनि विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन अभिभावक तथा विद्यार्थीलाई आकर्षित गर्न विभिन्न कार्यक्रम गर्न थालेका हुन् । कैलालीका विद्यालयले पाठ्यपुस्तक वितरण, मास्क, स्यानिटाइजर वितरण गरिरहेका छन् भने निजी विद्यालयले त साना कक्षामा भर्ना हुने विद्यार्थीलाई नि:शुल्क भर्ना लिन थालेका छन् ।

यहाँका विद्यालयले सरकारको निर्देशनानुसार नि:शुल्क भर्ना र पाठ्यपुस्तक वितरणका कार्यक्रम गर्दै आएका छन् । विद्यालयले आफैँ कक्षाअनुसार विद्यार्थी बोलाई विद्यार्थी भर्ना र नि:शुल्क पाठ्यपुस्तक वितरण गरिरहेका छन् । विद्यालयले भर्ना अभियान र घरदैलो गर्न नसके पनि विद्यार्थी र अभिभावकमार्फत विद्यार्थीलाई समयमै भर्ना हुन जानकारी गराउन थालेका छन् । कतिपय विद्यालयले विद्यार्थीको घरघरमै गएर पाठ्यपुस्तक वितरण गर्न थालेका छन् ।

विगतका वर्षमा वैशाख महिना पहिलो सातादेखि सञ्चालन हुँदै आएको भर्ना अभियान कोरोनाका कारण यस वर्ष भने असार महिनामा गरिँदैछ । गत वर्ष पनि कोरोनाका कारण प्र्रभावित भएको विद्यालय भर्ना अभियान यस वर्षसमेत प्रभावित भएकाले कक्षा छाड्ने डर रहेको उनीहरूको भनाइ छ । सरकारको निर्देशनानुसार असार महिनामा विद्यार्थी अभिलेखीकरण अथवा भर्ना र नि:शुल्क पाठ्यपुस्तक वितरण गर्नु भनेबमोजिम फरकफरक कक्षा र शिक्षकको व्यवस्था गरी भर्ना लिइरहेको टीकापुरस्थित कर्णाली मावि टीकापुरका प्रधानाध्यापक धर्मराज शर्माले बताए । “हामीले भर्ना अभियान शुरु गरेका छौँ । लामो समयदेखि घरमै बसेर बालबालिकाले पढ्न बिर्सन थालेका छन्”, उनले भने, “भर्ना गरेर किताब पाएमा विद्यार्थी कम्तीमा घरमा त पढ्लान । अब पालिकाको निर्णयानुसार विद्यालय सञ्चालनबारे टुङ्गो लाग्नेछ ।”

कर्णाली माविले भर्ना अभियानसँगै छात्रवृत्ति वितरण, पुस्तक वितरणजस्ता विद्यार्थी आकर्षित गर्ने कार्य गर्न थालेको उनको भनाइ छ । सबै विद्यार्थी र अभिभावकलाई जानकारी होस् भनी सार्वजनिक सूचना र विद्यार्थीमार्फत अन्य विद्यार्थीलाई पनि जानकारी गराउने गरिएको उनले बताए । “वैशाखदेखि विद्यालय बन्द छन् । गत वर्ष पनि पाठ्यक्रम पूरा हुने गरी राम्ररी पढाइ भएन”, शर्माले भने, “कोरोना प्रभाव अझै रहेकाले भौतिक दूरी कायम गरी यी सबै क्रियाकलाप गरिरहेका छौँ ।”

यस्तै प्रगतिशील प्राथमिक विद्यालय एकतानगरले पनि कक्षानुसार विद्यार्थी बोलाई पाठ्यपुस्तक र छात्रवृत्ति प्रदान गर्न थालेको प्रधानाध्यापक कल्पना स्वर्णकारले बताए । “छात्रवृत्तिले विद्यार्थीलाई आकर्षित गर्छ”, उनले भने, “हामीले दूरी कायम गरेर विद्यालयका आन्तरिक काम र विद्यार्थी भर्ना कार्य गरिरहेका छौँ ।”

कोरोनाका कारण विद्यार्थी अभियान अभियानकैरूपमा सञ्चालन गर्न नसकिए पनि सबै सरोकारवाला पक्ष जिम्मेवार भई विद्यालय जाँदै गरेका विद्यार्थी र विद्यालयबाहिर रहेका विद्यार्थीलाई विद्यालयको पहुँचसम्म पुर्‍याउन सबैलाई सहयोग गर्न टीकापुर नगरपालिकाका शिक्षा अधिकृत नरेश अवस्थीले बताए । “विद्यालय नियमित नचल्दा विद्यालय छाड्ने जोखिम बढी रहन्छ । विद्यालयबाहिर रहेका सबै बालबालिकालाई विद्यालयसम्म ल्याउन आवश्यक छ”, अधिकृत अवस्थीले भने, “हामी सबैले यो अभियानमा सहकार्य गर्न आवश्यक छ । विद्यार्थी आकर्षित गर्न पालिकाले छात्रवृत्तिलगायतका कार्यक्रम गर्दै आएको छ ।”

प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान

टीकापुर नगरपालिकाले मेयर प्राविधिक शिक्षा छात्रवृत्तिका लागि आवेदन आह्वान गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को नगरसभाबाट पारित भएबमोजिम प्राविधिक विषय अध्ययन गर्न चाहनेका लागि छात्रवृत्ति दिन आवेदन माग गरिएको हो ।

छात्रवृत्तिका लागि रु १० लाख बजेट विनियोजन भएको छ । यो रकमले टीकापुरमै सञ्चालित दुईवटा प्राविधिक विद्यालयमा ४०  विद्यार्थीललाई यो सुविधा दिइने नगरपालिकाको तयारी रहेको नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले बताए । “आवेदन सङ्कलनका लागि विद्यालयलाई जिम्मा दिएका छौँ । विद्यालयले आवेदन दिन विद्यार्थीलाई सघाउनेछन्”, शिक्षा शाखा प्रमुख चौधरीले भने, “अब स्थानीय ठाउँमै प्राविधिक शिक्षामा पालिकाले सघाउने उद्देश्य हो । यसले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लाभ हुनेछ ।” नगरपालिकाले विद्यार्थीलाई बाली विज्ञान तथा ओभरसियर अध्ययनमा छात्रवृत्ति दिनेछ । नगरपालिकाले यसका साथै जोहेन्दार, अनाथ, असहाय र गरिब विद्यार्थीका लागि पनि उपमेयर छात्रवृत्ति कार्यक्रम अघि सारेको छ । यस्ता विद्यार्थीलाई सघाउन रु १० लाख रकम विनियोजन गरेको छ । यस कार्यक्रमअन्तर्गत कक्षा १२ सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy