Ntc summer Offer
Khabar Dabali १५ चैत्र २०८० बिहीबार | 28th March, 2024 Thu
NIMB

बैतडीमा पाँचौँपटक निषेधाज्ञा थप

रासस

बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा पाँचौँपटक निषेधाज्ञा थप गरिएको छ । मङ्गलबार प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेयले यही असार मसान्तसम्म कायम रहने गरी निषेधाज्ञा जारी गरेका हुन्  । 

नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय, कोभिड–१९ को सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७८ को दफा ४ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा ३ ले दिएको अधिकार प्रयोग गरेर असार ३१ गतेसम्म निषेधाज्ञालाई निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।

कोरोना भाइरसको सङ्क्रमण दर घटेको भएपनि जोखिम कायमै रहेकाले केही खुकुलो गर्दै असार ३१ गतेसम्म निषेधाज्ञा लम्ब्याइएको हो । चौथोपटक थप गरिएको निषेधाज्ञाको समय आज राति १२ बजेपछि सकिंदैछ । 

निषेधाज्ञा खुकुलो भएसँगै बुधबारदेखि जिल्लाभरि सार्वजनिक सवारी तथा निजी भाडाका गाडी स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरी सञ्चालनमा आउने भएका छन् । सार्वजनिक, निजी र भाडाका गाडीमा सीट क्षमताभन्दा आधा यात्रु बोकेर बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन गर्न पाइने आदेशमा उल्लेख गरिएको छ । 

सबै कार्यालयले सार्वजनिक सेवा नियमितरुपमा प्रवाह गर्नुपर्नेछ भने सार्वजनिक सेवा प्रवाह गर्दा स्थानीय तहको आलोपालो मिलाई तथा स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ । सबै प्रकारका पसल बिहान ७ देखि साँझ ६ बजेसम्म सञ्चालन हुनेछन् । होटेल तथा रेष्टुराँले ‘होम–डेलीभरी’ तथा ‘टेक–वे’ सेवा सञ्चालन गर्न सक्नेछन् । 

यस्तै सबै प्रकारका सभा, सम्मेलन र गोष्ठीमा लगाएको रोक यथावत राखिएको छ भने विवाह ब्रतबन्धजस्ता धार्मिक कार्यमा बढीमा १० जना सहभागी गराएर मात्रै गर्न पाइने प्रमुख जिल्ला अधिकारीद्वारा जारी आदेशमा उल्लेख गरिएको छ । भोज भतेर भने पूर्णरुपमा वन्देज गरिएको छ ।

निषेधाज्ञाको समयमा कसैले कालोबजारी गरेको, कृत्रिम अभाव सिर्जना गरेको, मूल्य बढाएको पाइएमा कानूनअनुसार कारवाही हुने आदेशमा उल्लेख गरिएको छ । यसका साथै अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कनसमेत आग्रह गरिएको छ ।  

कोरोना भाइरसको दोस्रो लहरको रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा पहिलोपटक गत वैशाख २० गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो । वैशाख २० देखि शुरु भएको निषेधाज्ञा जेठ २ गतेसम्म, जेठ ३ देखि १७ सम्म र जेठ १८ देखि जेठ ३१ र असार १ गतेदेखि असार १५ गतेसम्म निषेधाज्ञा थपिएको थियो । कोरोनाकै कारण जिल्लामा हालसम्म १८ जनाको मृत्यु भएको छ ।  

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies