कास्की । स्थानीय तह स्थापनापछि जनप्रतिनिधि निर्वाचित भएर आएको चार वर्षको अवधिमा पोखरा महानगरपालिकाले १३७ किमी सडक कालोपत्र गरेको छ । सडक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको महानगरपालिकाले विकटलाई निकट ल्याउने भन्दै ‘कनेक्टिङ रोड’को अवधारणाअनुसार सडक कालोपत्र र ग्राभेलको काम अघि बढाएको हो ।
महानगर प्रमुख मानबहादुर जिसीले हालसम्म १३७ किमी सडक कालोपत्र र २३१ किमी सडक ग्राभेल गरिएको जानकारी दिनुभयो । यसैगरी ८३ किमी साना तथा मझौला सडक ढलान र ३७ किमी सडक मर्मत एवं स्तरोन्नति गरिएको उनले बताए ।
चार वर्षको अवधिमा वडा तथा महानगरपालिकास्तरका २६८ सडक ढलान योजना, ८२१ सडक कालोपत्र एवं मर्मत योजना, २९१ सडक ग्राभेल तथा स्तरोन्नति र ४१ नयाँ ट्र्याक गरी एक हजार ४२१ सडकका योजना सम्पन्न भएको बताइन्छ ।
महानगरको मुख्य शहरी सडकको स्तरोन्नति गर्ने क्रममा महानगरपालिका, सडक विभाग र प्रदेश सरकारको सहकार्यमा रु ४० करोड लागतमा २२ किमी सडक ‘अस्फाल्ट कङ्क्रिट’ गर्ने काम धमाधम भइरहेको प्रमुख जिसीले जानकारी दिए । विजयपुर बेगनास सडक खण्डमा १४ किमी सडक अस्फाल्ट हुने गरी निर्माण भइरहेको बताइन्छ ।
प्राविधिक कारणले रोकिएको मेयर नमूना सडक निर्माणअन्तर्गत पोखरा– १७ को बिरौटादेखि तीनकुनेसम्म (आरटिओ) सडक निर्माण भइरहेको छ भने वडा नं १० को राममार्ग सडक निर्माण कार्य गरिएको महानगरले जनाएको छ ।
यसैगरी नदी नियन्त्रणतर्फ यस अवधिमा नदी तथा खोलाक्षेत्रको जमीन कटान, पहिरो नियन्त्रणलगायतका २७ योजना सञ्चालन गरिएको बताइन्छ । सुइखेत खोला नदी कटान, सेती खोला, फिर्के खोला पहिरो नियन्त्रण, काली खोलालगायत नदी नियन्त्रणका योजना सम्पन्न भएको जनाइएको छ ।
महानगरले वडाका भवन निर्र्माणलाई पनि प्राथमिकतामा राखेर कार्य अघि बढाएको छ । हालसम्म वडा नं २, ७, ११, १२, १९, २२, २८, २९, ३० र ३२ मा नयाँ भवन निर्माण कार्य सम्पन्न भएको तथा केही निर्माण कार्य सम्पन्न हुने चरणमा रहेका छन् ।
वडा नं ३, ४, ९, १०, १३, १५, १६, २४ र ३३ को भवन मर्मत गरिएको तथा वडा नं ५, ६, ८, ९, १४, १७ २०, १८, २६, २७ र ३१ मा नयाँ कार्यालय बन्ने गरी प्रक्रिया अगाडि बढाइएकाले यी भवन निर्माण सकिएपछि नागरिकले वडास्तरबाटै सहज रुपमा सेवा प्राप्त गर्ने प्रमुख जिसीले जानकारी दिए ।
यसैगरी ४३ वर्षदेखि सडक चक्लाबन्दी गर्न नसकिएको पृथ्वी राजमार्गदेखि विजयपुर ब्यारेक सिमानासम्मको सडकलाई फराकिलो बनाई १० मिटर कायम गरिएको महानगरले जनाएको छ । महानगरले रणनीतिक सडकका रुपमा अगाडि बढाएका सडकमा बहुवर्षीय ठेक्का प्रक्रिया सकेर निर्माण चलिरहेका र चालु आवमा विजयपुर कालिका हुँदै बेगनास सडकलाई रु ३२ करोड लागतमा अस्फाल्ट गर्ने कार्य अगाडि बढाइएको बताइन्छ ।
यसैगरी बैदाम, पामे, घाँटीछिना हुँदै दमदमे, सिदाने र मणिपाल, मौजा सडक बहुवर्षीय ठेक्का सम्झौता गरेर काम थालिएको महानगरले जनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: