Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण, ६५ हजार नागरिक प्रभावित हुनसक्ने

खबरडबली संवाददाता

कञ्चनपुर । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माणको काम  पूरा भएको छ । सम्भावित बाढीजन्य प्रकोपलाई मध्यनजर गर्दै प्रतिकार्य योजना बनाइएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको अगुवाइमा नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखा र विपद्का क्षेत्रमा काम गर्ने सङ्घसंस्थाको सहकार्यमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना  निर्माण गरिएको छ । निर्माण गरिएको योजना अद्यावधिक गर्ने कार्यलाई अगाडि बढाइएको छ ।

रेडक्रसले कञ्चनपुर जिल्लाका नौवटै स्थानीय तहमा प्राकृतिक विपद् तथा जलवायुका कारण मानवीय तथा जीविकोपार्जनमा पर्ने क्षति घटाउनका लागि सरकारी, निजी र नागरिक समाजसँग साझेदारी गर्दै समुदायको अग्रसरतामा विपद् जोखिम न्यूनीकरणका क्रियाकलापलाई निरन्तरता दिएको छ । “मौसम पूर्वानुमान माहाशाखाले यस वर्ष नेपालमा औषतभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिसकेको छ”, रेडक्रस कञ्चनपुरका कार्यालय प्रमुख मनोज उप्रेतीले भने, “सुदूरपश्चिम प्रदेशमा पनि यस वर्ष औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान छ । जसमा कञ्चनपुर पनि बाढीजन्य प्रकोपको उच्च जोखिममा छ ।”

उनका अनुसार मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजनाका आधारमा मनसुनजन्य विपद्बाट सबैभन्दा बढी भीमदत्त नगरपालिकामा १८ हजार १३ जना बाढीबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ । यसैगरी, दोधारा चाँदनी नगरपालिकामा दुई हजार ३३३, बेदकोटमा नौ हजार ४४७, शुक्लाफाँटामा सात हजार ७१३, कृष्णपुरमा नौ हजार ९०, पुनर्वासमा तीन हजार ९२९, बेलौरी नगरपालिकामा आठ हजार १७ जना बाढीबाट प्रभावित हुनसक्ने अनुमान गरिएको छ । लालझाडीमा चार हजार १९३ र बेलडाडी गाउँपालिकामा छ हजार ३०० गरी कूल ६५ हजार ३५ जनसङ्ख्या प्रभावित हुनसक्ने अनुमान गरिएको छ र कञ्चनपुरमा ११ हजार ८२५ घर प्रभावित हुनसक्ने आकलन गरिएको छ ।

रेडक्रसले पूर्वसूचना प्रणाली विकासका लागि जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (डिइओसी)कोे समन्वयमा बाढी पूर्वतयारीका लागि जिल्लामा नदी तथा वर्षामापक अवलोकनकर्ताको सम्पर्क नम्बर पुनरावलोकन गर्ने कार्य पूरा गरेको छ । अवलोकनकर्तालाई प्रोत्साहनस्वरुप ३४ थान आवश्यक व्यक्तिगत सुरक्षा सामग्री गमबुट, हाते टर्च, छाता, हेड टर्च र रिचार्जका लागि रु एक हजार र दुर्घटना बीमा गर्ने कार्यको व्यवस्थापन गर्ने योजना रहेको कार्यालय प्रमुख उप्रेतीले बताए ।

मछेली नदीको उदगमस्थान गोदावरी कोल्मोडा सोत्यासमा नदी मापक टेलिमेट्रिक रडार सिस्टम जडान गर्ने र मछेली नदीको सतहको अवस्था थाहा पाउन दुई ठाउँमा डिस्प्ले बोर्ड राख्ने योजनाअनुसार काम भइरहेको उनले जानकारी दिए ।   रेडक्रसले विपद् व्यवस्थापन चक्रअनुसार विपद् पूर्वतयारीका लागि समुदायमा विपद्बारे जागरण गराउने, क्षमतामूलक तालिम दिने, समुदायको विपद् प्रतिकार्य योजना बनाउने र समुदायको जोखिमको पहिचान गरी कार्ययोजना निमार्ण गर्ने कार्यलाई अगाडि बढाएको छ ।

भूक्षय रोक्न जैविक तटबन्ध निर्माणमा जोड


नदीले भूक्षय गरी पुर्‍याउने क्षति रोकथाम र नियन्त्रणका लागि स्थानीय तहसँगको सहकार्यमा जैविक तटबन्धन निर्माणका काम गरेको छ । जसअन्तर्गत लालझाडी गाउँपालिकामा एक हजार ८०० मिटर, कृष्णपुर नगरपालिकामा ५५० मिटर र शुक्लाफाँटा नगरपालिकामा ३०० मिटर, बेलौरी नगरपालिकामा १५० मिटर जैविक तटबन्ध निर्माण सम्पन्न भएको नेपाल रेडक्रस सोसाइटी शाखा कञ्चनपुरका अध्यक्ष उप्रेतीले बताए  ।  पुनर्वास नगरपालिकामा ३०० मिटर जैविक तटबन्धन निर्माण अन्तिम चरणमा पुगेको छ ।

“लालझाडी गाउँपालिकालाई लक्ष्य गरी टिस्यु कल्चर विधिबाट बाँसको नर्सरी स्थापना गर्ने योजना अगाडि बढाइएका छौँ”, अध्यक्ष उप्रतीले भने, “नर्सरी स्थापनाका लागि विशेषज्ञ टोलीसँग अनुसन्धानका कार्य भइरहेको छ ।”  उनका अनुसार नदी प्रभावित समुदायमा विपद् व्यवस्थापन समितिमार्फत सबडिभिजन वन कार्यालयसँगको सहकार्यमा २० बिघा क्षेत्रफलमा वृक्षरोपण गर्ने कार्ययोजनाअनुसार काम भइरहेको छ ।

बाढीजन्य प्रकोपका लागि जनशक्ति परिचालन

नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर जिल्ला शाखाअन्तर्गत १५ वटा उपशाखामा दुई हजार ८२१ सदस्य सङ्ख्या रहेका छन् । विपद्को घटना भएमा छिटो र प्रभावकारी प्रतिकार्यका लागि उपशाखा परिचालित हुने व्यवस्था गरिएको छ । जिल्लामा प्राथमिक उपचार प्रशिक्षक नौ, क्याडर प्रशिक्षक नौ, एनडिआरटी १०, डिडिआरटी ९६ जना दक्ष जनशक्ति रहेका छन् ।

जिल्ला शाखाले बाढीको उच्च जोखिममा रहेका शुक्लाफाँटा, कृष्णपुर नगरपालिका, लालभलाडी गाउँपालिका, बेलौरी, पुनर्वास, दोधारा चाँदनी नगरपालिका र भीमदत्त नगरपालिकामा बाढी पूर्वतयारी तथा प्रतिकार्यका लागि खोज तथा उद्धार कार्यदल, प्राथमिक उपचार कार्यदल र पूर्वसूचना कार्यदल गठन गर्ने, क्षमतामूलक तालिम सञ्चालन गर्ने र आवश्यक सामग्री वितरण गर्ने काम गरिरहेको छ । समुदायस्थलमा सुरक्षित बाटो, आश्रयस्थल र जोखिम घरको पहिचान गर्ने काम अगाडि बढाएको अध्यक्ष उप्रतीको भनाइ छ ।

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies