Khabar Dabali २५ चैत्र २०८२ बुधबार | 8th April, 2026 Wed

काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक विदेशीको हातमा गए नबन्ने

\"baburam_intra\"१३ साउन, काठमाडौं– सरकारले काठमाडौं–तराई जोड्ने फास्ट ट्रयाक आयोजना विदेशी कम्पनीलाई दिने प्रक्रिया मिलाइ रहेकोमा आपत्ति जनाउँदै विज्ञहरुले सो फास्ट ट्रयाक तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारी लगानीमा नेपालले निर्माण गर्नु पर्नेमा जोड दिएका छन् । एमाओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलेले फास्ट ट्रयाक आयोजनाका बारेमा राखेको अन्तरक्रिया कार्यक्रममा बोल्ने विज्ञहरुले फास्ट ट्याक तथा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवको आयोजना मध्ये पर्ने भएकाले विदेशी कम्पनीको हातमा निर्माण कार्य गए आगामी बीस बर्षमा पनि नबन्ने विचार व्यक्त गरेका छन् । कार्यक्रममा डा भट्टराईले आफु विकासमूखी राजनीतिको पक्षमा उभिएको भन्दै मुलुकको विकास गर्नका लागि राष्ट्रिय गौरवका आयोजना मुलुकले नै गर्नु पर्ने बताए । विमानस्थल र फास्ट ट्रयाक एक आपसमा अन्तरसम्बन्धित भएकाले अन्तर्राष्ट्रिए विमानस्थल मात्र बन्ने तर फास्ट ट्रयाक नबन्ने अवस्था हुने हो भने त्यसको अर्थ नहुने बताए । भट्टराईले सो फास्ट ट्रयाक बनाउन कयौ मुलुकहरुले ‘सफ्ट लोन’ दिन सक्ने विचार राख्दै एशियन डेभलपमेन्ट वैंकबाट ऋण लिएर नेपालीले निर्माण कार्य गर्न सक्ने बताए । ‘हामीसँग लगानीको समस्या होइन र अावश्यक पर्ने दक्ष जनशक्ति पनि हामीले हायर गरेर ल्याउन सकिन्छ ।’– भट्टराईले भने । कार्यक्रममा सहभागी संसदको विकास समितिका सभापति रविन्द्र अधिकारीले सो फास्ट ट्रयाक एक महिना भित्र विदेशी कम्पनीलाई दिन लागिएको भन्दै नेपालीहरु चनाखो नभए विदेशी कम्पनीले निर्माणको जिम्मा लिने र त्यो आगामी बीस बर्षसम्म पनि नबन्ने बताए । ‘हामीले विकास समितिको बैठकमा बारम्बार यस विषयमा छलफल गरेका छौ, जति आयोजनाहरुलाई फर्काएर हेरे पनि यो आयोजना नै नेपालको राष्ट्रिय गौरवको पहिलो आयोजना भएको हुनाले यसलाई नेपालीहरुले नै सम्पन्न गर्नु पर्ने हुन्छ । हामीले यो एक महिनाबीचमा हामीले यसमा चानाखो भएर हेरेनौ भने यो आयोजना विदेशीको पोल्टामा जान्छ र बीस बर्षसम्म पनि बन्दैन ।’– अधिकारीले भने । उनले आफ्नो कुनै पनि संघ–संस्थासँग दुराग्रह नरहेको भन्दै यो विचार आफ्नो मुलुकको पक्षमा भएको धारणा राखे । उनले यो आयोजना कसरी राम्रो बनाउने भन्दा पनि कस्ले हात पार्ने भन्ने विषय होडवाजी चलेको भन्दै यसमा भारतीय निर्माणकर्ता कम्पनीले ज्यादै चाँसो दिएको समेत खुलाए । उनले राज्यले आयोजनामा कति पैसा खर्च गर्दैछ भन्ने कुरामात्र महत्वपूर्ण नभएको भन्दै राज्यले नागरिकहरुलाई कतिको सुविधा दिँदैछ भन्ने कुरा पनि महत्वपूर्ण रहेको बताए । कार्यक्रममा विचार राख्ने क्रममा प्रोफेसर डा सुर्यराज आचार्यले विश्वको दोस्रो महँगो सडक आवागमन रहेको नेपाललाई सस्तो र सुलभ बनाउन नेपाल सरकारले राष्ट्रिय गौरवका आयोजनाहरुलाई सम्पन्न गर्नु पर्ने बताए । ‘हामी वित्तिए, प्राविधिक र अन्य कुराले पनि महँगो यातायात आवाजाहीमा छौ यसलाई कम गर्न तथा नेपाली नागरिकहरुलाई राज्यले राहत दिन समेत यसको निर्माण नेपाल सरकारले नै गर्नु पर्ने देखिन्छ ।’– आचार्यले भने । त्यस्तै विचार राख्ने क्रममा जियोलोजिस्ट तथा त्रिभुवन विश्वविद्यालयका डा रञ्जनकुमार दाहालले नेपालका अधिकांश बस्ती पहिरोले बनेको भूभागमा बसेको हुनाले विदेशबाट आउने विज्ञहरुले यसको विशेषताका बारेमा थाहा नै नपाउने हुँदा आयोजना टिकाउ नहुने धारणा राखे । उनले काठमाडौं–तराई फास्ट ट्रयाक निर्माणको जिम्मा सरकारले त्रिभुवन विश्वविद्यालयका प्रध्यापक तथा विज्ञहरुलाई दिएमा पनि सम्पन्न गरिदिने बताए । ‘सरकारले हामीलाई जिम्मा देओस हामी गर्न तयार छौ, सरकारले विदेशी कम्पनी गुहार्नु भन्दा आफ्नै मुलुकमा भएका विज्ञहरुलाई विश्वास गरेर अगाडी बढेमा त्यसले देश निर्माणमा र राष्ट्रिय गौरवका आयोजनामा नेपालीहरुको गौरव बढने छ ।’– उनले भने । कार्यक्रममा इन्जीनियर तथा सभासद समेत रहेका डा शिवजी यादवले पनि आफु काठमाडौं–तराई फास्ट ट्रयाक तथा अन्तर्राष्ट्रिय विमान स्थल नेपाल सरकारले नै गर्नु पर्नेमा जोड दिए । उनले निर्माणका क्रममा आवश्यक पर्ने विज्ञहरुलाई विदेशबाट झिकाउन सकिए पनि आयोजनाको निर्माण कार्य नेपालीहरुले नै गर्नु पर्ने बताए । कार्यक्रममा संसदिय लेखा समितिका सभापतिका जनार्दन शर्मा ‘प्रभाकर’ले फास्ट ट्रायाकको कुराले मात्र समस्या हल नहुने भन्दै कर्णाली आयोजनालाई पनि नेपाली आफैले गर्नु पर्ने बताए । ‘राष्ट्रिय गौरवको फास्ट ट्रयाक मात्र होइन कर्णाली पनि हुनु पर्छ ।’– प्रभाकरले भने । उनले अहिलेको सरकारले नै भ्रष्टाचारलाई संस्थागत गरी रहेको भन्दै सरकारले नै राष्ट्रिय गौरवका आयोजना विदेशीको पोल्टामा पारेर कमिसन खान खोजेको आरोप लगाए । ‘मसँग यस्ता केही तथ्यहरु छन् जुन मैले कुनै दिन पत्रकार सम्मेलन नै गरेर सार्वजनिक गर्नेवाला छु । सरकार आफै भ्रष्टाचारलाई संस्थागत गर्न लागेको छ ।’– उनकाे भनाइ थियाे ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending