काठमाडौं । यस वर्षको साउन महिनामा पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गर्न सकिने अवस्था नदेखिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।
नयाँ भेरियन्टसहितको कोरोना महामारी तीव्र रुपमा बढ्न थालेपछि वैशाख पहिलो सातादेखि कोषले पशुपतिनाथ मन्दिरमा दर्शन गर्न रोक लगाएको थियो ।
वैशाख १६ गतेदेखि सरकारले कोरोनाबाट बच्न निषेधाज्ञा नै जारी गरेको थियो । असार दोस्रो सातादेखि अन्य क्षेत्र विस्तारै खुल्न थाले पनि बढी भीड हुने भन्दै धार्मिक क्षेत्र खोलिएको छैन । मन्दिर क्षेत्रमा मुख्य ढोकामा ताला लगाइएको छ ।
कोषका सदस्य सचिव डा प्रदीप ढकालले धेरै भीड बढ्ने भएकाले साउनमा पशुपतिनाथ मन्दिर खोल्न सकिने अवस्था नदेखिएको बताए । साउन भगवान् शिवको प्रिय महीना मानिन्छ । साउनमा देशका विभिन्न भागका साथै भारतलगायत देशबाट पनि भक्तजन पशुपतिनाथ मन्दिरमा दर्शकका लागि आउने गर्छन् ।
गत वर्ष पनि साउन महिनामा कोरोनाका कारण वर्षभर मन्दिर खुल्न सकेको थिएन । गत वर्ष साउनमा भक्तजनले पशुपति क्षेत्रमा आएर बाहिरबाटै पशुपतिनाथको दर्शन गरेका थिए । बाहिरबाट दर्शन गर्नसमेत भक्तजनको भीड लागेको थियो । आर्थिक अभियानबाट
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २६ गते, २०८२ - १४:३०
जनकपुरधाम । धनुषामा जग्गा अतिक्रमणको विषयलाई लिएर भएको झडपमा ८ जना घाइते भएका छन्। मिथिला नगरपालिका–२ स्थित सुकजोरमा सन्त रामपाल आश्रम अगाडि झडप भए...
पौष २६ गते, २०८२ - १३:४५
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङलगायतका शक्तिहरू लोकतान्त्रिक शक्तिविरुद्ध मोर्चाबन्दीमा लागेको आरोप ल...
पौष २६ गते, २०८२ - १३:४१
काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी विभाजन हुन नदिने स्पष्ट पारेका छन्। शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भण्...
पौष २६ गते, २०८२ - १३:३५
कैलाली। एनएमबी बैंक कञ्चनपुरले शुक्लाफाँटा नगरपालिका –१० का अजय विकको लिलाम गरेको घरलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कब...
पौष २६ गते, २०८२ - १३:१६
हेटौँडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४० वर्षीय राजकुमार हुमागाई रहेका छन् । ...
पौष २६ गते, २०८२ - १३:११
नेपालगन्ज। मह उत्पादनका लागि पालिएका मौरी चिसोका कारण मर्न थालेका छन् । तराईमा चलेको शीतलहरका कारण बाँकेका किसानले पालेका मौरी मर्न थालेका हुन् । न...
पौष २६ गते, २०८२ - १२:५४
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्। देउवाले आफ्नै निवास महाराजगन्जमा पार...
पौष २६ गते, २०८२ - ११:३९
विशेष महाधिवेशन सफल भए नेपाली राजनीतिमा परिवर्तन आउँछ
पौष २६ गते, २०८२ - १०:५८
काठमाडौँ । विवेकशील नेपाली अभियानका पूर्व अध्यक्ष तथा युवा नेतृत्वका परिचित अनुहार मिलन पाण्डेले आउँदो प्रतिनिधिसभा निर्वाचनमा काठमाडौँ निर्वाचन क्षेत...
पौष २६ गते, २०८२ - १०:५१
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बहिष्कार गरेका छन् । आज बिह...




प्रतिकृया लेख्नुहोस्: