Khabar Dabali २४ पुष २०८२ बिहीबार | 8th January, 2026 Thu
Investment bank

पर्वतको मोदीका ३३ घर पहिराको उच्च जोखिममा

खबरडबली संवाददाता

पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ मा रहेको कोरुङ्गा सामुदायिक वनमा गएको पहिराका कारण त्यस आसपासका ३३ घर उच्च जोखिममा परेका छन् । करिब ५२ हेक्टर क्षेत्रफल रहेको वनको मुख्य भागको १५ हेक्टर जमीन ठाउँ छाडेर लच्किएकाले वन क्षेत्रभन्दा तल रहेका घर तथा कृषि फार्म पुरिने खतरामा परेका छन् । माथिल्लो क्षेत्रका घर पहिरासँगै तानिने जोखिममा रहेका छन् ।

पातीचौरका स्थानीयवासी तथा शिक्षक वसन्तविक्रम तिमिल्सिनाका अनुसार पहिरो थोरैथोरै गरेर खस्दै गएको छ । वडा नं २ कै सुनचापमा रहेका १४ घर पुरिने खतरामा परेका छन् । यस्तै पहिरो खसेको ठाउँको मुखैमा पर्ने सालघारीका दुई घर र डिहीँका दुई घर गरी १६ घर सबैभन्दा बढी जोखिममा छन् । त्यसबाहेक कानदेउरालीका दुई घर, दोबाटाका तीन घर, डढुवाबारीबाट बढहरेसम्मका करिब १० घर पनि पहिरोले तान्न सक्ने अवस्थामा पुगेको छन् । “त्यहाँको पहिराको अवस्था भनी नसक्नुको छ । केही मात्रामा गएको पहिरो र माथिबाटै लच्किएर आएको जमिनको तल रहेका १४ घर र माथिल्लो क्षेत्रमा रहेका घर उच्च जोखिममा रहेका छन् । पहिराभन्दा तल पातीचौरको क्षेत्रमा लाखौँ लगानी गरिएका कृषि फार्म पनि पुरिने खतरामा छ”, तिमिल्सिनाले भन्न्नुभयो, “वनबाट शुरु भएको पहिराले ठाउँ छाडेर १० मिटरभन्दा बढी तल सरेको छ । वर्षा भएको बेलामा माथिबाट करिब १५ हेक्टर क्षेत्रफलको भाग पूरै बगेर आउने उच्च जोखिम छ ।”

पहिरो आउन सक्ने तल्लो क्षेत्रमा लाखौँ रुपैयाँ लगानी गरिएका कृषि फार्म पनि छन् । पहिरो झरेमा ती सबै फार्म पुरिएर पूर्ण क्षति हुने स्थानीयवासी सविना सुब्बाले बताउनुभयो । त्यहाँ बङ्गुर, कुखुरा र माछाका फार्म छन् । फार्ममा सुब्बाले रु सात लाख लगानी गर्नुभएको छ । यस्तै सञ्जीवनी सहकारीले रु १४ लाख, तेजबहादुर क्षेत्रीले रु सात लाख र मोदी गाउँपालिकाकै क्याङका युवाले करिब रु १० लाख लगानी गरेका छन् । पहिरोभन्दा तलको क्षेत्र सुनचापमा घर भएका अन्तरे कामीले माथिबाट आउन सक्ने पहिराले कति बेला अँठ्याउने हो भनेर रातभर निदाउन नसक्ने बताउनुभयो । वर्षा भएको दिनमा पहिरो आउन सक्ने डरले भाग्न तयारी अवस्थामा बस्नुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।
 
“माथिबाट पहिरो आएर कतिबेला बगाउने हो भन्ने पिर मात्रै छ । गेगरसहितको सानो पहिरो त गएकै छ, अब पहाडै झरेझैँ आउने अवस्था छ”, उहाँले भन्नुभयो, “पानी पर्दाको रातमा भाग्न तयार भएर बस्नुपरेको छ । निदाउने हो भने पहिरो आएर गाउँ नै लान्छ जस्तो छ, निदाउनै हुँदैन ।”

पहिरो आउन सक्ने उच्च जोखिमका कारण भने कोरुङ्गा सामुदायिक वन क्षेत्र हुँदै खनिएको करिब १३ किलोमिटर लम्बाइको देउपुर–पातीचौर–लप्सीबोट सडक रहेको स्थानीय बताउँछन् । सडक खन्ने बेलामा भूगर्भविदसहितको प्राविधिक टोलीले अध्ययन गरेको भए पनि सडकमा एकत्रित भएर आउने भलका कारण वनबाट ठूलो क्षेत्रफलको जमीन लच्किएको शिक्षक तिमिल्सिनाले बताउनुभयो । लच्किएको जमीन पहिराका रूपमा झरेमा करिब पाँच किलोमिटर सडकसमेत बग्ने अवस्थामा छ । कालोपत्र र ढलान गरिएको उक्त सडक देउराली, देउपुर र भुक जाने मुख्य सडक हो ।
 
मोदी गाउँपालिकाका प्रवक्ता विमल लामिछानेले पहिराको जोखिममा रहेका नागरिकको ज्यान जोगाउन बस्ती स्थानान्तरण गर्नुको विकल्प नरहेको बताए। जमीन लच्किएको ठाउँबाट साना पहिरा हरेक वर्ष खस्दै आएका कारण समस्या भइरहेको भन्दै उनले पहिरो रोक्न सक्ने उपाय नै नभएको उल्लेख गरे। 

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बङ्गलादेशमा बीएनपी नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या

ढाका। बङ्गलादेश नेसनलिस्ट पार्टी (बिएनपी)का नेता अजिजुर रहमान मुसब्बिरको गोली हानी हत्या गरिएको तथा कारवान बजार भ्यान एसोसिएसनका महासचिव अबु सुफियान म...

'साल्ट लेक सिटी'मा गोली चल्दा दुई जनाको मृत्यु, अन्य घाइते

वासिङ्टन। उटाहको साल्ट लेक सिटीमा बिहीबार भएको गोली हानाहानमा दुई जनाको मृत्यु हुनुका साथै अन्य घाइते भएको अमेरिकी प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता...

कैलालीको नदीहरुमा ५४ डल्फिन भएको अभिलेख

धनगढी। कैलालीमा यसवर्ष ५४ वटा डल्फिन रहेको अभिलेख भएको छ । डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालसँगको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोष ब...

खोला किनारको मापदण्ड खारेजको माग गर्दै काठमाडौँमा र्‍याली

काठमाडौं । काठमाडौँमा नदी र खोला किनारका मापदण्ड खारेज गर्न माग गर्दै र्‍याली आयोजना गरिएको छ। र्‍याली गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित सङ्घर्ष स...

निजी क्षेत्रको नेतृत्वमा दिगो आर्थिक विकास सम्भव : मन्त्री सिन्हा

काठमाडौँ। अन्तरिम सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले निजी क्षेत्रको नेतृत्वमा हुने दिगो आर्थिक वृद्धि नै नेपालको समृद्धिको ...

काठमाडौं महानगरद्वारा ७५ घरको मौलिक स्वरुप रुपान्तरण गरिने

काठमाडौं। काठमाडौं महानगरपालिकाले जयबागेश्वरी क्षेत्रका ७५ घरलाई मौलिक स्वरुपमा रुपान्तरण गर्ने प्रक्रिया थालेको छ ।    कामपा-८ मा पर्ने उक्त क्षेत...

नेपाली कांग्रेसको संस्थापन पक्षले केन्द्रीय सदस्य र युवा भेलाको आयोजना गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले भोलि (शुक्रबार) केन्द्रीय सदस्यहरूको भेला बोलाउने भएको छ। सभापति शेरबहादुर देउवासँग बिहीबारको छलफलपछि यो ...

विशेष महाधिवेशनको काउन्टरमा सानेपामा कांग्रेस संस्थापन पक्षको युवा भेला

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको काउन्टरमा युवा भेला आयोजना गर्ने भएको छ। विशेष महाधिवेशनको उद्घाटन हुन नदिन रणनीतिका रू...

महामन्त्रीद्वयको विशेष महाधिवेशन आह्वानपछि कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेपछि उत...

निर्वाचनमा ८० हजार सेना परिचालन हुने

काठमाडौँ। नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending