Khabar Dabali २३ पुष २०८२ बुधबार | 7th January, 2026 Wed
Investment bank

...त्यसपछि सोच्नुस्, फेरि कुराकानी गरौंला’ भन्दै उठेर हिँडे नेपाल

खबर डबली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बुधबार साँझ भएको संवाद शक्ति बाँडफाँडमा पुगेर अल्झिएको छ। बुधबार साँझ ७ बजेदेखि साडे ९ बजेसम्म भएको संवादमा पार्टी सञ्चालनका क्रममा कसले कति अधिकार पाउने र त्यसमा नेपाल पक्षको उपस्थितिलाई कसरी मिलाउने भन्नेबारेमा कुराकानी नमिलेको स्रोतको दाबी छ। ‘माधव नेपालले कोर्स करेक्सनको कुरा गर्नुभयो त्यसमा ओलीले सहमति जनाउनुभएन। कोर्स करेक्सनमा विचार गर्नुस् भनेर माधव नेपाल उठेर हिँड्नुभो’, एमाले उच्च स्रोतले भन्यो।  


स्रोतका अनुसार नेता नेपालले ओलीलाई पार्टीभित्रै पुनर्संरचना गर्नुपर्ने प्रस्ताव राखेका थिए। नेपालले राखेको प्रस्तावमा ओली मौन बसेका थिए। दुई नेताबीच कुराकानीको सुरुमा कार्यदलका सदस्यले बुधबार दिउँसोसम्म भएका प्रगतिबारे जानकारी गराएका थिए। त्यसपछि ओली र नेपाल दुईजनालाई मात्रै संवादको अवसर दिइएको थियो।  

ओलीसँग नेता नेपालले सांगठनिक रुपमै शक्ति बाँडफाँडको कुरा गरेका थिए। उनले आउँदो महाधिवेशन र निर्वाचनलाई समेत ध्यान दिएर सो कुरा गर्दा ओली सकारात्मक नभएको स्रोतको दाबी छ। ‘सोच्नुस्, फेरि कुराकानी गरौंला’ भन्दै नेपाल उठेर हिँडेपछि ओलीले केही बेर कार्यदलका सदस्यसँग छलफल गरेका थिए। पछिल्लो समय नेपाल ओली विश्वास गर्न लायक पात्र होइनन् भन्ने अवस्थामा पुगेका छन्। त्यसैले उनी ओलीका आश्वासनलाई पत्याइहाल्ने अवस्थामा छैनन्।  नागरिक दैनिकबाट

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभा निर्वाचनका लागि कांग्रेसले टुंगो लगायो ९ उम्मेदवार

काठमाडौं । नेपाली कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि नौ जना उम्मेदवारको टुंगो लगाएको छ। कांग्रेस, एमाले र नेकपाबीच चुनावी ताल...

रास्वपाको समानुपातिक सूचीबाट सिर्जना सिज्जुले लिइन् नाम फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक बन्दसूचीमा रहेकी सिर्जना सिज्जु (सिर्जना वली)ले आफ्नो नाम फिर्ता लिएकी छन्। सोलो ट्राभ...

शान्ति सुरक्षलाई भरपर्दो र बलियो बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सुरक्षासँग सम्बन्धी जोखिमको मूल्याङ्कनका सम्बन्धमा प्रदेश तहबाटै सुरक्षा सम्बन्धी सूचना सङ्कलन, विश्ल...

मन्त्रिपरिषद् बैठकका ३५ निर्णय सार्वजनिक (सूचीसहित)

काठमाडौँ। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार स...

नेप्से परिसूचक नौ अङ्कले बढ्यो, सात अर्बको कारोबार

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक नौ दशमलव ९३ अङ्कले बढेर दुई हजार ६४९ दशमलव ३० को बिन्दुमा कायम भएको छ । आज ३३४ कम्पनीको एक करोड ४८ ...

गैरीगाउँमा भीषण आगलागी, काठमाडौँ र ललितपुरका दमकल परिचालन

काठमाडौँ । काठमाडौँ महानगरपालिका–स्थित गैरीगाउँमा मंगलबार भीषण आगलागी भएको छ। गैरीगाउँमा रहेको एक कारखानाको छेउमा बनाइएको टहरोमा आगलागी भएपछि आगो नियन...

हिंसा, अफवाह र उत्तेजनाबाट टाढा रहँन उपराष्ट्रपतिको अपिल

काठमाडौँ। उपराष्ट्रपति रामसहाय प्रसाद यादवले मुलुकका केही क्षेत्रमा देखिएका साम्प्रदायिक असमझदारीप्रति चिन्ता व्यक्त गर्दै शान्ति, सहिष्णुता र सामाजिक...

काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी

काठमाडौं । काठमाडौंको सिनामंगल क्षेत्रमा आगलागी भएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईका अनुसार, गैरीगाउँमा रहेको काठको गोदाममा आग...

वीरगञ्जमा दुई समुदायबीचको विवाद सुल्झियो, ४ बजे सद्भाव र्‍याली निकाल्ने

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा हिन्दू र मुस्लिम समुदायबीच उत्पन्न विवाद सर्वपक्षीय बैठकमार्फत समाधान भएको छ। मंगलबार पर्सा जिल्ला प्रशासन कार्यालयमा...

उन्नत समाजवादका लागि सर्वहारा दृष्टिकोण आवश्यक: राम कार्की

काठमाडौं। प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता राम कार्कीले उन्नत समाजवाद निर्माणका लागि सर्वहारा दृष्टिकोण आवश्यक रहेको बताएको छन् । आज...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending