Khabar Dabali ३ पुष २०८२ बिहीबार | 18th December, 2025 Thu
Investment bank

रसुवामा चीज उत्पादन हुन थाल्यो

रासस

रसुवा । कोभिड सङ्क्रमणको असरले उत्पादन कार्य बन्द रहेको रसुवाका चीज केन्द्र पुन: सञ्चालनमा आएको छ । उत्तरी क्षेत्रको लाङ्टाङ, गतलाङ, चन्दनबारी एवं धुञ्चेलेकमा रहेका चीज उत्पादन केन्द्र यही असार १ गतेबाट सञ्चालनमा ल्याएसँगै दुई हजार १२१ किलो चीज उत्पादन भएको छ ।

चीज उत्पादनको काम गत वैशाख १ गतेदेखि नै सञ्चालनमा ल्याउनुपर्ने तयारी भए पनि कारोनाको असर एवं कोरोना सङ्क्रमणकै कारण धुञ्चे केन्द्रका प्रमुख जीतबहादुर जिरेलको निधन र स्थानीय प्रशासनको जारी निषेधाज्ञाले गर्दा उत्पादन कार्य अगाडि बढाउन दुई महिना ढिलाइ भएको बताइएको छ । 

आफ्ना सहकर्मीको निधनले त्रसित भएका चीज उत्पादन गर्ने कर्मचारीको त्रास क्रमश: घट्दै गएको र चौँरीगाईले धेरै दूध दिने समयसमेत भएकाले चीज तथा मखन उत्पादन कार्य तीव्ररूपमा अगाडि बढेको लाङ्टाङ केन्द्रका प्रमुख ग्याल्वो तामाङले बताए ।

दुग्ध विकास संस्थानअन्तर्गत यहाँका चार चीज उत्पादन केन्द्रमा दूध आपूर्ति गर्ने चौँरीगाईको सङ्ख्या एक हजार ९०० रहेको छ । दैनिकरूपमा दुई हजार १५० लिटर दूध सङ्कलन हुने गरेको चीज केन्द्रका प्रमुखले जानकारी दिएका छन् । धुञ्चे केन्द्रका नयाँ प्रमुख रामबरस ठाकुर, गतलाङका क्षेत्रबहादुर तामाङ एवं चन्दनबारी केन्द्रका गोविन्द्रबहादुर गुरूङ रहेका छन् । दूध आपूर्ति गरेवापत फ्याटको हिसाबमा प्रतिलिटर १०० पाउने र ८७ किसान लाभान्वित भइरहेको बताइन्छ ।

तीन महिना मात्र सञ्चालनमा ल्याउने दुग्ध विकास संस्थानको निर्देशनअनुरूप चन्दनबारी केन्द्रले सात हजार केजी चीज र एक हजार पाँच सय किलो मख्खन, लाङ्टाङ केन्द्रले छ हजार किलो चीज र दुई हजार किलो मख्खन उत्पादन गर्ने लक्ष्यका साथ अगाडि बढेको छ । यसैगरी धुञ्चे केन्द्रले आठ हजार किलो चीज र दुई हजार ४०० किलो मख्खन उत्पादनको लक्ष्य लिएको छ । गतलाङ केन्द्रले भने लक्ष्यबेगर चीज तथा मख्खन उत्पादन गरिरहेको कार्यरत केन्द्र प्रमुख तामाङले जानकारी दिए ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending