सुर्खेत । जिल्ला कोभिड व्यवस्थापन समिति सुर्खेतले सम्भावित कोभिड–१९ को तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि कार्ययोजना तयार गरेको छ ।
कोभिडको पहिलो र दोस्रो लहरले बढी क्षति पुर्याएपछि तेस्रो लहरलाई पहिले नै रोकथाम गर्न कर्णाली प्रदेशमै जिल्लाले पहिलोपटक कार्ययोजना तयार गरेको हो । कार्ययोजनामा कोभिडको तेस्रो लहर आएमा कुन कार्यालयले के काम गर्ने भनेर स्पष्ट योजना बनाइएको छ ।
चिकित्सक, नर्स र पारामेडिक्सको चार÷चार जनाको टोली चौबिसै घण्टा तयारी अवस्थामा रहने र त्यसको व्यवस्थापन स्वास्थ्य निर्देशनालय र सामाजिक विकास मन्त्रालयले गर्ने तोकिएको छ ।
तेस्रो लहरबाट बालबालिका बढी जोखिम हुने भनिएकाले प्रदेश अस्पतालमा बालबालिकाका लागि चार वटा भेन्टिलेटर, १० वटा एचडियु बेडलगायत औषधि, उपकरण तयारी अवस्थामा राख्न प्रदेश अस्पताल, स्वास्थ्य निर्देशनालय र प्रदेश सरकारले गर्नुपर्ने भनिएको छ ।
आगामी एक महिनाभित्र आवश्यक औषधि खरिद गरिसक्नुपर्ने, रेम्डिसिभिर औषधिको कमी भएकाले एकैपटक कम्तीमा ३०० जनालाई पुग्ने गरी व्यवस्था गर्नुपर्ने, प्लाज्माथेरापीको व्यवस्था सुर्खेतमै गर्नुपर्ने र कम्तीमा ६०० अक्सिजन सिलिण्डर व्यवस्थापन गर्नुपर्ने भनिएको छ । साथै सुर्खेत जिल्ला बाहिर एउटा अक्सिजन फिलिङ प्लान्ट स्थापना गर्नुपर्ने, प्रदेश अस्पतालमा थप एउटा प्लान्ट बनाउनुपर्ने, टोलमै पिसिआर स्वाब लिने व्यवस्था मिलाउनुपर्ने, एम्बुलेन्स तथा शववाहन तयारी अवस्थामा राख्नुका साथै चालकलाई स्वास्थ्य सुरक्षा सावधानीबारे सचेत गराउनुपर्ने कार्ययोजनामा समेटिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको संयोजकत्वमा गठित समितिले दुई साता लगाएर तयार गरेको उक्त कार्ययोजना आज प्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई हस्तान्तरण गरिएको छ । कार्ययोजना निर्माणमा जिल्ला जनस्वास्थ्य सेवा कार्यालय, प्रदेश अस्पताल, प्रदेश स्वास्थ्य निर्देशनालय, नेपाल रेडक्रस सोसाइटी, उद्योग वाणिज्य सङ्घ र नेपाल पत्रकार महासङ्घलगायत सरोकारवाला निकायको सहभागिता थियो ।
जनस्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले तेस्रो लहर आउनु अगावै पूर्वतयारी भएकाले सरोकारवाला निकायलाई परिचालन हुन मद्दत पुग्ने विश्वास व्यक्त गरे । प्रजिअ रिजालले कोभिडको तेस्रो लहर आउनु अगावै कार्ययोजना तयार भएकाले रोकथाम तथा नियन्त्रणका काम गर्न सहज हुने धारणा राखे । “विगतमा पूर्वतयारी नहुँदा धेरै मानवीय क्षति भोग्नुपर्यो, यदि तेस्रो लहर आइहाले विगतमा जस्तो अलमल नहोस् भनेर कार्ययोजना बनाएका छौँ”, उनले भने, “अब यही कार्ययोजनाका आधारमा अहिलेदेखि नै पूर्वतयारीका काम गर्न आवश्यक समन्वय गरिनेछ ।” रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २ गते, २०८२ - १०:५५
मकवानपुर । वागमती प्रदेशले चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा ४.४७ प्रतिशतमात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसा...
पौष २ गते, २०८२ - ०९:४६
विद्युतीय मतदानसहित एमाले नेतृत्व चयन प्रक्रिया सुरु
पौष २ गते, २०८२ - ०९:४३
काठमाडौँ । नागढुंगा–नौबिसे सडक खण्ड आजबाट केही दिनका लागि खुला रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डको साँघुरो भागमा दोस्रो तहको कालोपत्रको काम सकिएको ...
पौष २ गते, २०८२ - ०९:३९
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले आफ्नो यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै थप पाँच देशमाथि अमेरिका प्रवेशमा रोक लगाएको छ। य...
पौष २ गते, २०८२ - ०९:३८
पर्सा । पर्सा प्रहरीले वीरगञ्ज महानगर–१७ अलौ क्षेत्रमा पिकअप भ्यानमा लुकाइराखिएको १७६ किलो गाँजा बरामद गरेको छ। बरामद भएको पिकअप भ्यान बा२१च ७८५५ नम्ब...
पौष २ गते, २०८२ - ०९:३४
काठमाडौं । नेकपा एमालेका नेता कृष्णगोपाल श्रेष्ठले पार्टीभित्र कुनै पक्ष वा विपक्ष नरहेको स्पष्ट पारेका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूसँग कु...
पौष २ गते, २०८२ - ०९:३०
सर्लाही । गोडैता नगरपालिका–४ रोहुवास्थित उखुबारीमा सोमबार दिउँसो लागेको भीषण आगलागीबाट करिब ५०–६० बिघा उखु बाली जलेर नष्ट भएको छ। प्रारम्भिक अनुमान अन...
पौष २ गते, २०८२ - ०९:२८
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई यसअघि महान फुटबलर पेलेसँग तुलना गरेर चर्चामा आएका नेता कृष्णगोपाल श्रेष्ठले अब पार्टीमा नयाँ नेतृ...
पौष २ गते, २०८२ - ०९:२४
काठमाडौं । नेकपा एमालेका नेता महेश बर्तौलाले पार्टीभित्रको नेतृत्व प्रतिस्पर्धा स्वस्थ र स्वच्छ रहेको बताएका छन्। बुधबार भृकुटीमण्डपमा सञ्चारकर्मीहरूस...
पौष २ गते, २०८२ - ०९:१५
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदानस्थल पुगेका प्रतिनिधिहरूलाई केपी शर्मा ओली पक्षले आफ्नो प्यानलका उम्मेदवा...




प्रतिकृया लेख्नुहोस्: