Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

आजदेखि राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान र उद्यमशीलता’ युवा सम्मेलन

रासस

काठमाडौँ । राष्ट्रिय युवा परिषद्को आयोजनामा ‘विज्ञान, प्रविधि, नवप्रवद्र्धन र उद्यमशीलतामा युवा राष्ट्रिय सम्मेलन’ आजदेखि यहाँ शुरु भएको छ । 

युवालाई अध्ययन अनुसन्धान, नवप्रवत्र्तन र उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको हो । परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुङ्गेलले विज्ञान र प्रविधि क्षेत्रमा भएका अनुसन्धानलाई युवाको उद्यमशीलतासँग जोड्न सम्मेलन आयोजना गरिएको जानकारी दिए । 

उनले सम्मेलनबाट प्राप्त सुझावले सरकारलाई विज्ञान र प्रविधिको नीति निर्माणमा सहयोग पुर्‍याउने बताए । उनले  सूचना प्रविधि र विज्ञानका विद्यार्थीलाई अनुसन्धानमूलक बनाउन कार्यक्रम आयोजना गरिएको सुनाए  । उपाध्यक्ष ढुङ्गेलले युवाको प्रतिभालाई प्रस्फुटन गराउन सातै प्रदेशमा नवप्रवत्र्तन केन्द्र स्थापना गरिनेसमेत जानकारी दिए । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले विद्यालय तहमा विज्ञान र प्रविधि विषयमा विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताए । उनले सम्मेलनले विज्ञान र प्रविधि शिक्षामा सहयोग पुर्‍याउने जनाउँदै विज्ञान र प्रविधिलाई समाजसँग घुलमिल गराउनुपर्ने भनाइ राखे  । 

त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा डा धर्मकान्त बाँस्तोलाले अनुसन्धान र नवप्रवत्र्तनमा नेपालको शिक्षा कमजोर रहेको विश्वास गर्दै सरकारले उच्च शिक्षामा बजेट बढाउनुपर्नेमा जोड दिए  । उच्च शिक्षामा अनुसन्धान र नवप्रवत्र्तनका काम हुनसके युवालाई स्वरोजगारमुखी बनाउन सकिने जनाउँदै उनले सम्मेलनले युवालाई नवउद्यमीको सिर्जना गर्न अवसर प्राप्त गर्ने बताए  । 

नेपाल विज्ञान तथा प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिलाई समाजको समस्या समाधान गर्ने माध्यम बन्ने विश्वास व्यक्त गरे । उनले  विज्ञान र प्रविधिमार्फत युवा जनशक्तिलाई परिचालन गरे मुलुकले समृद्धि हासिल गर्नसक्ने भनाइ राखे । विज्ञान र प्रविधि क्षेत्रमा लगानी गरे प्रतिफल प्राप्त गर्न सकिने जनाउँदै उनले विज्ञान र प्रविधि क्षेत्रमा काम गर्ने संस्थाबीच अन्तरसम्बन्ध गराउनुपर्नेमा जोड दिए  । 

काठमाडौँ विश्वविद्यालयका उपकुलपति डा भोला थापाले विज्ञानबाट सिकेका कुरालाई उद्यमशीलतातर्फ लैजानुपर्ने बताए । उनले  युवाले आफूसँग भएको सीपलाई उत्पादनशीलतामा परिणत गर्नु आवश्यक रहेकामा जोड दिए । 

सम्मेलनमा स्नातकोत्तर तह अध्ययन गरिरहेका विद्यार्थीलाई युवा वैज्ञानिकले अनुसन्धान गरेका विषयमा जानकारी गराइने परिषद्का प्रमुख प्रशासकीय अधिकृत डा बाबुराम ढुङ्गानाले जानकारी दिए । सम्मेलनमा विज्ञान, प्रविधि, शिक्षा, स्वास्थ्यलगायत चार विषयमा अनुसन्धानकर्ताले कार्यपत्र प्रस्तुत गर्नेछन् । सोमबारसम्म सञ्चालन हुने सम्मेलनमा करीव ४०० युवा वैज्ञानिकको सहभागिता छ । 

 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies