Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

दूध बेचेर वार्षिक एक करोड ६६ लाख बराबरको आम्दानी

रासस
मकवानपुर । मकवानपुरको थाहा नगरपालिका– ३ की मन्दिरा बर्तौलाले दूध बेचेर एक वर्षमा रु सात लाख कमाए । उनले  आफूले पालेका तीन उन्नत जातका गाईबाट आर्थिक वर्ष २०७७/७८ मा १२ हजार ८९३ लिटर दूध बेचे । सोही नगरपालिकाकै वडा नम्बर १ की कल्पना लामिछानेले गाईको दूध बेचेर एक वर्षभित्र रु दुई लाख २७ हजार आम्दानी गरे । उनले पाँच गाई पालेका छन् ।   
 
नगरपालिकामा पछिल्ला वर्षमा दूधका लागि पशुपालन फस्टाउँदै गएको छ । स्थानीय कृषक स्वरोजगार हुँदै आम्दानीका लागि कतै भौतारिनु पर्दैन भन्ने उदाहरण बन्न थालेका छन् । नगरपालिकामा घर नजिकै दूध बेचेर वार्षिक रु एक लाखभन्दा बढी आम्दानी गर्नेको सङ्ख्या दुई दर्जनभन्दा बढी छ । आर्थिक वर्ष २०७७/०७८ मा थाहा–६ का शिवप्रसाद अधिकारीले तीन हजार ३५१ लिटर, थाहा–२ का सुरेन्द्र बस्नेतले तीन हजार ३६० लिटर, थाहा–३ की राजी केसीले तीन हजार २८१ लिटर, थाहा–२ का राजु ढकालले तीन हजार १९९ लिटर दूध बेचेका छन् । उनीहरुको वार्षिक आम्दानी रु डेढ लाखभन्दा बढी छ । 
 
नगरपालिकाका पशु विकास शाखाका निमित्त प्रमुख रुपेशकुमार मिश्रका अनुसार नगरपालिकाभित्र दूधका लागि अहिले ३१५ कृषकले व्यावसायिक रुपमा पशुपालन गरिरहेका छन् । उनीहरुले व्यावसायिक रुपमा पालेका गाई भैँसीबाट चालू आवको हालसम्म कूल तीन लाख दुई हजार ९१४ लिटर दूध सङ्कलन भएको छ । औसतमा प्रतिलिटर रु ५५ को दरले हिसाब गर्दा उक्त परिमाणको दूध बिक्रीबाट कृषकले रु एक करोड ६६ लाख ६० हजार आम्दानी गरेका छन् । दूधका लागि धेरैजसो कृषकले उन्नत जातका गाई पालेका छन् । करीब ५० कृषकले भैँसीपालन गरेका छन् । सोका लागि नगरपालिकाले पशुपालन पकेट क्षेत्र घोषणा गरेको छ । 
 
पशुपालन पकेट क्षेत्रअन्तर्गत यस नगरपालिकामा सबैभन्दा धेरै पशुपालक कृषक वडा नं ६ बज्रबाराहीमा छन् । बज्रबाराहीमा बज्रबाराही पशुपालन कृषक समूह नै बनाएर पशुपालन व्यवसाय प्रवद्र्धनको काम भइरहेको पशुविकास शाखाका निमित्त प्रमुख मिश्रले जानकारी दिए । सो समूहमा आबद्ध १०० कृषकबाट मात्र एक वर्षमा ५७ हजार लिटर दूध बिक्री भएको बताइएको छ । 
 
घर्तीखोला, फाँटबजार, थानाबजार, ओखरबजार, बज्रबाराही र जगडाँडा क्षेत्रलाई पशुपालन पकेट क्षेत्र घोषणा गरी दूध सङ्कलनका लागि पकेट क्षेत्रमै सङ्कलन केन्द्रको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ । उत्पादन क्षेत्रमै सङ्कलन केन्द्र स्थापना गरिएपछि कृषकलाई बजारीकरणको कुनै समस्या नभएको बज्रबाराहीस्थित नन्दीकेश्वर डेरीका सञ्चालक प्रमोद जोशीले बताए ।
 
आफूहरुले सङ्कलन केन्द्रमा बिक्री गरेको दूधको परिमाणका आधारमा सङ्कलन केन्द्रबाट प्राप्त आम्दानीका अतिरिक्त नगरपालिकाले प्रतिलिटर रु डेढका दरले थपेर दिएपछि पशुपालक कृषक झनै उत्साहित भएका छन् । कृषकलाई प्रोत्साहनस्वरुप थप रकम उपलब्ध गराउन नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा रु पाँच लाख बजेट विनियोजन गरेको थियो । सो बजेटबाट सङ्कलन केन्द्रमार्फत आर्थिक वर्षको अन्त्यमा एकमुष्ठरुपमा रकम उपलब्ध गराइएको निमित्त प्रमुख मिश्रले बताए । 
 
नन्दीकेश्वर डेरीबाट ८४ कृषकलाई र पालुङ डेरीअन्तर्गत फाँटबजार–अङ्गारेका ५८ कृषकलाई, ओखरबजारका १२ कृषकलाई, थानाबजारका ११ कृषकलाई, जगडाँडाका २१ कृषकलाई र घर्तीखोलाका २९ कृषकलाई प्रतिलिटर रु डेढका दरले अतिरिक्त रकम उपलब्ध गराइएको छ । 
 
त्यसैगरी बज्रबाराही पशुपालन कृषक समूहका १०० पशुपालकले अतिरिक्त रकम पाएका छन् । घर्तीखोलाकी मन्दिरा बर्तौलाले मात्र दूध बिक्री गर्दा स्थानीय सरकारबाट रु १९ हजार ३४० अतिरिक्त रकम पाएका छन्  । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies