Ntc summer Offer
Khabar Dabali ४ बैशाख २०८१ मंगलवार | 16th April, 2024 Tue
NIMB

नेपालमा रोकिएका विदेशीलाई असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट

रासस

काठमाडौँ । कोरोना महामारीका कारण नेपालमा रोकिएका विदेशी पर्यटकलाई यही असार मसान्तसम्म प्रवेशाज्ञा शुल्क तथा जरिवानामा छुट दिइएकोे छ । दोस्रो लहरको कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै जारी अधिकांश जिल्लामा निषेधाज्ञा लागू हुँदा र नियमितरुपमा हुँदै आएको अन्तरराष्ट्रिय उडान बन्द हुँदा नेपालमा रोकिएका विदेशी पर्यटकलाई प्रवेशाज्ञा शुल्कमा छुट दिइएको होे । 

अध्यागमन विभागले एक सूचना जारी गर्दै गत वैशाख १५ गतेसम्म प्रवेशाज्ञाको अवधि भएका पर्यटकका लागि यही असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुँदा लाग्ने शुल्कमा छुट दिइएको जनाएको हो । “वैशाख १५ गतेसम्म नेपालको वैध प्रवेशाज्ञा भएका र असार ३१ गतेभित्र नेपालबाट प्रस्थान हुने विदेशीको हकमा निजको प्रस्थानका समयमा नै अध्यागमन कार्यालय त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट नि:शुल्क प्रवेशाज्ञा नियमित हुनेछ”, सूचनामा भनिएको छ ।

प्रवेशाज्ञाको अवधि सकिएका विदेशी पर्यटकले नेपालमा थप बस्दा दैनिक तीन अमेरिकी डलर बराबरको प्रवेशाज्ञा शुल्क र त्यस अवधिमा प्रवेशाज्ञा नियमित नहुँदा दैनिक पाँच डलर जरिवानाबापत शुल्क लाग्छ । 

विभागको सूचनाअनुसार नेपालमा आफ्नो बसाईं थप गर्नका लागि असार २५ गतेदेखि आवेदन गर्ने र आगामी साउन १ गतेदेखि नेपालबाट प्रस्थान गर्ने विदेशीका हकमा नियमानुसार प्रवेशाज्ञा शुल्क, विलम्ब शुल्क र जरिवाना लाग्नेछ । 

प्रचलित अध्यागमन कानूनमा रहेको प्रावधानमा एक प्रवेशाज्ञा वर्षमा पर्यटकले १५० दिनसम्म बस्न सकिने व्यवस्था रहेको भए पनि निषेधाज्ञाको अवधि गणना नगर्ने साविककै सूचनाअनुसार बस्न पाउने अवधि २१० दिन कायम गरिएको छ । पछिल्लो पटक असार २१ को मन्त्रिपरिषद् बैठकले सबै अन्तरराष्ट्रिय उडान खुलाउने निर्णय लिएको थियो । आजदेखि विभिन्न गन्तव्यमा सातामा ५३ उडान खुला भएका छन् । अधिकांश देशमा नियमितरुपमा उडान शुरु भए पनि अझै केही देशमा उडान शुरु हुन सकेको छैन । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies