Ntc summer Offer
Khabar Dabali ३ आश्विन २०८१ बिहीबार | 19th September, 2024 Thu
NIMB

धरानमा ३० कठ्ठा जमीनमा स्मार्ट बसपार्क बन्दै

खबरडबली संवाददाता

धरान । प्रदेश नं १ स्थित धरानमा बस पार्कको अभाव टार्न बल्ल बसपार्क बन्ने भएको छ । लामो समयदेखि शहरको मुटु भानुचोकबाट बसपार्क सञ्चालन हुँदै आएको धरानले अब भने सुविधा सम्पन्न स्पार्ट बसपार्क पाउने भएको छ । त्यसका लागि बुधबार धरान उपमहानगरपालिका र ठेकेदार कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

निर्माण व्यवसायी गीताञ्जली जेभी दुहबी सुनसरीसँग उपमहानगरले सम्झौता गरेको हो । उपमहानगर प्रमुख तिलक राई, उपप्रमुख मञ्जु भण्डारी तथा प्रमुख प्रशासकीय अधिकृत विदुरप्रसाद खनालको उपस्थितिमा ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको उपमहानगरपालिकाको योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख सुरज श्रेष्ठले जानकारी दिए । धरान–८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाको मल्टिपर्पोज एरियामा स्मार्ट बसपार्क निर्माण हुने भएको हो । 

ठेकेदार कम्पनीले १५ दिनभित्रमा निर्माण कार्यलाई अगाडि बढाउने इञ्जिनीयर श्रेष्ठले बताए । उनका  अनुसार बसपार्क २३ करोड १५ लाखमा निर्माण सम्पन्न गर्न ठेकेदार कम्पनीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको हो । तीन वर्षभित्रमा निर्माण सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ । पचास प्रतिशत नेपाल सरकारको अनुदान र ५० प्रतिशत उपमहानगरको आन्तरिक स्रोतबाट बसपार्क निर्माण गर्न लागिएको हो । 

प्रमुख राईले उपमहानगरपालिकाले लामो समयदेखि थाँती रहेको योजनालाई सम्झौता गरेर अगाडि बढाउन पाएको बताए । धरानको विकास र समृद्धिका लागि विगत लामो समयदेखि बसपार्क निर्माण गर्नुपर्ने योजना थियो । उपप्रमुख भण्डारी कार्यवाहक प्रमुख भएको बेला दुई वर्ष अघि तामझामका साथ शिलान्यास गरिएको भए पनि जग्गा विवादका कारण निर्माण कार्य अगाडि बढ्न सकेको थिएन । उपप्रमुख भण्डारीको पहलमा केन्द्रसँग समन्वय गरेर बसपार्क निर्माण गर्न लागिएको हो । 

यस्तो बन्दै छ संरचना 

योजना तथा इञ्जिनीयरिङ महाशाखा प्रमुख श्रेष्ठले आयोजनामा बसपार्कका लागि मात्र ३० कठ्ठा जमीन छ । त्यसबाहेक सेल्स प्लटमा थप पाँच कठ्ठा हाराहारी खाली जग्गा पनि रहेको छ ।  बसपार्कका लागि ड्रेन र एजिङको काम पहिले हुने छ । वरिपरि पक्की सडक बन्ने छ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)अनुसार स्मार्ट बसपार्क बेसमेन्टसहित तीन तलाको हुनेछ । बेसमेन्टमा २०० साना गाडी र १५० मोटरसाइकल अट्ने पार्किङ रहनेछ । 

यस्तै भुइँतलामा ४९ बस अट्ने क्षमता हुनेछ । भुईतलालाई १२ वटा विभिन्न रूटमा जाने गाडी राख्ने गरी डिजाइन गरिएको छ । बसपार्कको तेस्रो तलामा यात्रु लक्षित संरचना हुनेछन् । यस तलामा क्याफे, लाइब्रेरी र व्यापारिक कक्ष रहने डिपिआरमा उल्लेख छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy