काठमाडौँ । नेपाल परिवार नियोजन सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिकाका बाढी प्रभावितलाई एकीकृत प्रजनन स्वास्थ्य शिविर आयोजना गरेको छ । यही असार १ गते सो नगरपालिकाको मेलम्ची र इन्द्रावती नदीमा आएको अकल्पनीय भीषण बाढीले नगरका वडा नं ६, १० र ११ मा अपूरणीय भौतिक क्षति पुर्याएको थियो । शिविरमा पाठेघरका मुखमा हुने अर्वुद परीक्षण, एचआइभी परीक्षण तथा परामर्श, गर्भवती, परिवार नियोजनको स्थायी तथा अस्थायी,प्रयोगशाला, लैङ्गिकताका आधारमा गरिने हिंसा हुन नदिन परामर्श सेवा प्रदान गरिएको सङ्घका कार्यक्रम निर्देशक सुवास श्रेष्ठले जानकारी दिए ।
सो शिविरमा ३०० महिलाले सेवा लिएका थिए । सो नगरपालिका र हेलम्बु गाउँपालिकामा एक हजार गर्भवती रहेका र तिनलाई तत्काल स्वास्थ्य सेवा आवश्यक रहेको जनाइएको छ । उनले भने, “विपद्का अवस्थामा गाँस, बास र कपासपछि पहिलो प्राथमिकतामा प्रजनन स्वास्थ्य सेवा तत्काल आवश्यक पर्छ । यही आवश्यकतालाई ध्यान दिई स्वास्थ्य शिविर आयोजना गरेका हौँ । स्थानीयवासीबाट पुन: माग भएमा शिविर सञ्चालन गर्न तयार छौँ ।”
सङ्घले छ दशकभन्दा बढी समयदेखि निरन्तर प्रजनन स्वास्थ्य सेवा प्रदान गरिरहेको छ । सङ्घका प्रशासक डा नरेशप्रताप केसीले सस्थाले स्थानीयवासीको मागअनुसार एकीकृत प्रजनन स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिए । सङ्घले सोही अवसरमा सो नगरपालिकामा आवश्यक पर्ने परिवार नियोजनको अस्थायी साधन तथा महिलाका लागि ‘डिग्निटी किट’ हस्तान्तरण गरेको सङ्घका पैरवी अधिकृत जमुना सिटौलाले जानकारी दिए । नगरप्रमुख डम्बरबहादुर अर्याललाई सङ्घका कार्यक्रम अधिकृत श्रेष्ठले ती सामग्री हस्तान्तरण गरेका थिए ।
यौन तथा प्रजनन स्वास्थ्य सेवा जारी
सङ्घले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार कोभिड–१९ महामारीका अवस्थामा पनि आफ्नो सेवा निरन्तर जारी रहेको जनाएको छ । देशका विभिन्न स्थानमा रहेका आफ्ना क्लिनिकमार्फत सन् २०२० मा ३३ लाखलाई विभिन्न सेवा उपलब्ध गराइएको र यो सन् २०१९ को सामान्य अवस्थामा प्रदान गरिएको सेवाभन्दा १५ प्रतिशत मात्र कम रहेको सङ्घले जनाएको छ ।
सङ्घले सेवाको पहुँचबाट वञ्चित, सीमान्तकृत समुदाय, यौन तथा लैङ्गिक अल्पसङ्ख्यक, यौनकर्मी महिला, एचआइभी। एड्स सङ्क्रमित तथा अपाङ्गता भएका व्यक्तिका लागि सधँै नि:शुल्क सेवा उपलब्ध गराउँदै आइरहेको छ । सङ्घका सेवाग्राहीमध्ये लगभग ९० प्रतिशत सेवाका पहुँचबाट वञ्चित छन् जसमा ३० प्रतिशत युवा तथा किशोरकिशोरी छन् ।
विशेषगरी कोभिड महामारीका अवस्थामा कुनै पनि सेवाग्राही यौन तथा प्रजनन स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यौन तथा प्रजनन स्वास्थ्य सेवा र हेल्पलाइन सेवा प्रदान गर्न अहोरात्र खटिएका सङ्घका सेवाप्रदायकको योगदान प्रशंसनीय छ ।
महामारीका समयमा परिवार नियोजन, सुरक्षित गर्भपतन, सुरक्षित मातृत्व तथा नवजात शिशु एवम् बाल स्वास्थ्य, एचआइभी तथा एड्स, यौन सङ्क्रमणलगायत प्रजनन स्वास्थ्यसम्बन्धी परामर्श तथा सेवाको जानकारी चाहिएमा हेल्पलाइन नं १६६००१४५००० मा सम्पर्क गर्न पनि सङ्घले आग्रह गरेको छ । नि:शुल्क सो सेवा बिहान ७ देखि साँझ ७ बजेसम्म हुने जनाइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...


प्रतिकृया लेख्नुहोस्: