कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० झलारीमा रहेको सिर्जनशील बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । च्यारिटी हेल्थ फाउण्डेशन कैलालीसँगको साझेदारीमा सहकारीले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । सर्वसाधारणलाई सहज र सुलभरूपमा सेवा प्रदान गर्ने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालन गरिएको सहकारीका कार्यकारी प्रमुख मदनराज भट्टले बताए ।
“सहकारीको उद्देश्य नाफा आर्जन गर्ने मात्र होइन”, उनले भने, “सामाजिक क्षेत्रमा समेत लगानी गर्नुपर्छ । त्यही भावनाले प्रेरित भएर उपचार केन्द्र सञ्चालन गरेका छौँं ।” फाउन्डेशनले उपचार केन्द्रका लागि आवश्यक पर्ने उपकरण, औषधि तथा जनशक्तिको व्यवस्थापन गरेको छ । सहकारीले उपचार केन्द्र सञ्चालनका लागि घरभाडा, विद्युत् र खानेपानीको महसुल तिर्ने सम्झौता गरेको छ ।
वैशाख महिनादेखि नै सहकारीले उपचार केन्द्र सञ्चालन गर्ने लक्ष्य लिएको भए पनि कोरोनाको सङ्क्रमण बढेपछि गरिएको बन्दाबन्दीका कारण विलम्ब गरी उपचार केन्द्र सञ्चालनमा ल्याएको हो । उपचार केन्द्रबाट हुने आम्दानीबाट आँखा उपचारमा संलग्न प्राविधिकको तलबलगायतको सुविधा उपलब्ध गराइने व्यवस्था गरिएको छ ।
बिरामीको चापअनुसार थप जनशक्ति थप्नुपरेमा सहकारीले सम्पूर्ण खर्च बेहोर्ने गरी राख्ने सहकारीका अध्यक्ष शिवराज भट्टले बताए । वैशाख महिनादेखि नै आँखा उपचार केन्द्र सञ्चालन गर्ने सम्झौता गरिएको भए पनि कोरोनाको बढ्दो सङ्क्रमणका कारण सञ्चालनमा विलम्ब भएको उनले बताए ।
उपचार केन्द्रमा पुग्ने बिरामीको अबदेखि निरन्तररूपमा उपचार हुने उनको भनाइ छ । सहकारीमा आबद्ध १३ हजार ५०० सदस्यलाई आँखा उपचारमा छुट दिने व्यवस्थासमेत गरिएको छ । त्यसका लागि कार्ड बनाउने कार्य भइरहेको सहकारीका पदाधिकारीले बताएका छन् । केन्द्रमा उपचारका लागि आउने बिरामीका लागि रु ५० दर्ता शुल्क निर्धारण गरिएको छ । बाह्य क्षेत्रभन्दा निकै सहुलियत मूल्यमा उपचार केन्द्रबाट बिरामीलाई आवश्यक औषधि उपलब्ध गराइने बताइएको छ ।
नगरपालिका क्षेत्रमा आँखा उपचारको व्यवस्था नहुँदा नगरवासीले टाढाको महेन्द्रनगर र धनगढी पुगेर चर्को शुल्क तिरेर उपचार गराउँदै आएका छन् । झलारी बजारमै आँखा उपचार केन्द्र सञ्चालन भएपछि स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् ।
च्यारिटी हेल्थ फाउण्डेशनसँगको सहकार्यमा सहकारीले गत महिना शुक्लाफाँटा–९ मा आँखा शिविरसमेत सञ्चालन गरेको थियो । शिविरमा ३०० भन्दा बढी आँखाका बिरामी लाभान्वित भएका थिए । शिविरमा बिरामीको उपचारसँंगै नि:शुल्क चश्मा र औषधि वितरण गरिएको थियो । फाउण्डेशनको सहकार्यमा सहकारीले केही दिनभित्रै शल्यक्रियासहितको बृहत् आँखा शिविर सञ्चालन गर्ने योजनासमेत बनाएको छ । नगरपालिकाका प्रमुख दिलबहादुर ऐरले आँखा उपचार केन्द्रका लागि आवश्यक पर्ने सहयोग नगरपालिकाले उपलब्ध गराउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: