काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइराला आफ्नो राजनीतिक गुरु मात्रै नभइ अभिभावक पनि हुनुहुन्थ्यो भने ।
उनन्चालिसौँ बिपी स्मृति दिवसका अवसरमा आज प्रधानमन्त्री देउवाले एक सन्देशमार्फत् बिपी कोइरालाको प्रेरणाले नै आफूहरु लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएको उल्लेख गरे ।
प्रधानमन्त्री देउवाले आज आफ्नो स्मृति चार दशक अघि उनीसँगको सामिप्यतामा फर्किएको महसुस गर्दै बिपीको मार्गदर्शन जीवनभर आफ्नो प्रेरणा हुने पनि बताए ।
नेपालको प्रजातान्त्रिक आन्दोलनका एक शिखर पुरुष एवं नेपाली कांग्रेसका संस्थापक नेता बिपी कोइरालाप्रति प्रधानमन्त्री देउवाले श्रद्धासुमन व्यक्त गरे ।
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइरालाको योगदानको स्मरण गरी आज ३९औँ स्मृति दिवस मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरेर मनाइएको छ ।
नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर सङ्घर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो ।
कोइरालाको जन्म १९७१ साल भदौ २४ गते भएको हो । विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उहाँ नेपालको पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए ।
विसं २०१७ पुस १ गते शाही नेपाली सेनाको शक्तिकाभरमा तत्कालीन राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरी बिपी कोइराला, प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायत मन्त्री तथा कांग्रेस नेताहरुलाई बन्दी बनाएका थिए ।
बिपी कोइरालाले नेपाली साहित्यका क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याएका छन् । उनका कैयौँ कृति नेपाली पाठकबीच लोकप्रिय छन् । रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ११ गते, २०७९ - १५:५६
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सामुदायिक रेडियोहरूले नागरिकलाई श्रमप्रति सम्मानको भावना जगाउने गरी सामग्री प्रसारणमा जोड दिएका छन् । सामुदा...
चैत्र ११ गते, २०७९ - १५:४८
काठमाडौँ। काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सूर्यविनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्यविनायक न...
चैत्र ११ गते, २०७९ - १५:४४
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताएका छन्। लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्...
चैत्र ११ गते, २०७९ - १५:३९
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नदी किनार, नदी उकास तथा नदी बहाव क्षेत्रमा बनेका अनधिकृत संरचना सात दिनभित्र हटाउन निर्देशन दिएको छ । महानगरले श...
चैत्र ११ गते, २०७९ - १५:३६
धनुषा । धनुषामा दुई ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका ३ लालभित्तिमा पुर्वतर्फ जाँदै गरेक...
चैत्र ११ गते, २०७९ - १५:३२
काठमाडौं । उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले दुई दिनभित्रै मन्त्रिपरिषदले पूर्णता पाउने दाबी गरेका छन् । मन्त्रालय बाँडफाँडको विषयमा सत्तारुढ दल...
चैत्र १० गते, २०७९ - २०:५३
काठमाडौँ। कोटेश्वर बहुमुखी क्याम्पसको अध्यक्षमा नेविसंघका संजय बुढाथोकी सर्वसम्मत रुपमा चयन भएका छन्। शुक्रबार कोटेश्वर क्याम्पसमा बसेको सर्वपक्ष...
चैत्र १० गते, २०७९ - २०:४८
काठमाडौँ। बालबालिकालाई परीक्षाका नाममा तनाव दिन हुँदैन स् महामन्त्री थापा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बालबालिकालाई परीक्षाको नाममा...
चैत्र १० गते, २०७९ - २०:२७
काठमाडौं। नेपाली महिला फुटबल टोलीको फिफा वरियतामा तीन स्थान सुधार भएको छ। विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल...
चैत्र १० गते, २०७९ - २०:२३
काठमाडौं। झुटो विवरण पेस गरी जन्मदर्ता बनाउने तीन जना पक्राउ परेका छन्। धादिङको ज्वालामुखी गाउँपालिका–६ का श्यामबहादुर नगरकोटी, उनकी श्रीमती हिममा...
प्रतिकृया लेख्नुहोस्: