Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

सामाजिक सञ्जालमार्फत रकम जुटाएर एम्बुलेन्स सञ्चालन

रासस

वालिङ । सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट यहाँका एक संस्थाले एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । 

स्याङ्जाको गल्याङ नगरपालिका–११ स्थित आलमदेवी सामुदायिक परोपकार मञ्च तुलसीभञ्ज्याङ (आसा) ले सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट सुविधासम्पन्न एम्बुलेन्स बिहीबारदेखि सञ्चालनमा ल्याएको हो ।

सवारी साधनको अभावकै कारण अकालमै कोही कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले हाल जापानमा बस्दै आएका स्थानीय खेम जिसीले अगाडि सारेको परिकल्पनालाई मूर्तरुप दिने गरी संस्थागतरुपमा अगाडि बढिएको आसाका कोषाध्यक्ष देवेन्द्रदेव खनालले बताए । 

तुलसीभञ्ज्याङसहित आसपासका इच्छुक दाता तथा यहाँबाट रोजगारीका सिलसिलामा विदेशी भूमिमा रहेका नेपालीको स्वत:फूर्त सहयोगमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याइएको कोषाध्यक्ष खनालको भनाइ छ ।

नेपाल सरकारद्वारा राजस्व छुटमा रु नौ लाख ५६ हजारको लागतमा महिन्द्रा कम्पनीको बोलेरो पिकअप एम्बुलेन्स खरिद गरी आवश्यक अक्सिजन सिलिण्डर जडान, सिट मर्मत, बीमासहित झण्डै तेह« लाखको खर्चमा सञ्चालनमा ल्याइएको उनले बताए  । “विशेष गरी तुलसीभञ्ज्याङका जिमूहालगायत ठाउँबाट आवश्यक मात्रामा सवारी साधन नपाइने समस्या रहेको छ”, कोषाध्यक्ष खनालले भने, “कोही बिरामी भएर अप्ठ्यारोमा परेका बेला स्वास्थ्य संस्थासम्म पुर्‍याउनका लागि एम्बुलेन्स सेवाको शुरुआत गरेका हौँ ।”

एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै गल्याङ नगरपालिकाका ११, ९, ३ तथा पाल्पाको रम्भा गाउँपालिका र रामपुर नगरपालिकाका केही वडाका बिरामीलाई सहज भएको उनको भनाइ छ । सामाजिक सञ्जालमार्फत सङ्कलन भएको रकमबाट एम्बुलेन्स खरिद गरिएसँगै अब यसको सञ्चालनका लागि आवश्यक कोष स्थापना गर्ने तयारी भएको छ । 

एम्बुलेन्स सञ्चालन तथा मर्मतका लागि स्थानीय पालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ भने कोष वृद्धिका लागि एक घर–एक सदस्य बनाउने अभियान पनि अगाडि सारिएको कोषाध्यक्ष खनालले बताए  । “एम्बुलेन्स सेवाको शुरुआतसँगै विशेष गरी गर्भवती महिलालाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा अस्पताल पुग्नसमेत सहज हुने आसाका सञ्चार भएको संयोजक टीकाराम अधिकारीले बताए  । गाउँ गाउँमा आवश्यक परेका बेला सवारी साधन पाउन समस्या हुने र भाडा पनि धेरै हुने भएकाले सहुलियत दरमा एम्बुलेन्स सेवा सञ्चालन गरिएको उनको  भनाइ छ । 

गल्याङ नगरपालिकाअन्तर्गतको गल्याङ नगर अस्पतालसँग समन्वय र सम्झौता गरी अस्पतालको दररेटअनुसार सेवा दिइने उनले बताए  । एम्बुलेन्स सेवाको शुरुआत गरेसँगै गाउँका नागरिकले सहज, सरल सस्तो भाडादरमा सेवा प्राप्त गर्न पाउने भएपछि खुशी भएका छन् ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies