Ntc summer Offer
Khabar Dabali ७ आश्विन २०८१ सोमबार | 23rd September, 2024 Mon
NIMB

सोलार नेपाल पहलको आरम्भ

रासस
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयको नवीकरणीय र दिगो ऊर्जा ल्याबोरोटरी (आरइएसएल) द्वारा  सोलार नेपाल पहलको आरम्भ गरेको छ । 
 
भर्चुअल माध्यमबाट शुभारम्भ गरिएको यस पहलको उद्देश्य ऊर्जा क्षेत्रका विभिन्न सरोकारवालाको सहकार्यमा सौर्य ऊर्जाको प्रवद्र्धन गराई नेपालको अर्थतन्त्रलाई न्यून कार्बन हरित अर्थतन्त्र बनाउने रहेको छ । 
 
आरइएसएलका प्रमुख सहप्राध्यापक डा सुनिलप्रसाद लोहनीले नेपालको ऊर्जा क्षेत्रमा दिगो ऊर्जा मिश्रणको आवश्यकतामा जोड दिँदै नेपालले विद्युत् उत्पादनका लागि जलस्रोतको विकल्प सौर्य ऊर्जा हुनसक्ने बताए । नेपालमा जलविद्युत् र सौर्य ऊर्जाको प्रशस्त सम्भावना रहेको र यी दुवै प्रतिस्पर्धी नभई पूरक प्रविधि भएकाले ठाउँ र अवस्थाअनुसार उपयोग गर्नेतर्फ सरकार, निजी लगानीकर्ताले ध्यान दिनुपर्ने उनको सुझाव छ । 
 
सो अवसरमा स्वतन्त्र विद्युत् उत्पादक सङ्घ (इपान) नेपालका कार्यकारी सदस्य कुवेरमणि नेपालले नेपालमा ऊर्जा क्षेत्रमा नीतिगत अस्पष्टता रहेको र सौर्य ऊर्जाका उपकरणको परीक्षण गर्ने पूर्वाधार नभएको बताए । नवीकरणीय ऊर्जा परिसङ्घका अध्यक्ष गुणराज ढकालले सम्बन्धित एजेन्सीले प्रविधि विकासमा जोड दिएमा ऊर्जा मिश्रणमा कम्तीमा २० प्रतिशत सौर्य ऊर्जाको लक्ष्य प्राप्त गर्न सकिने बताउँदै सोलार नेपालमा आबद्ध हुने प्रतिबद्धता जनाए । 
 
नेपाल सौर्य विद्युत् उत्पादक सङ्घका अध्यक्ष इन्द्र खनालले आपत्कालीन अवस्थामा ऊर्जा उत्पादनका लागि सौर्य ऊर्जा एक मात्र भरपर्दो विकल्पसमेत रहेकाले यसलाई मुख्य ऊर्जा स्रोतको रुपमा लिनुपर्ने धारणा राखे । काठमाडौँ विश्वविद्यालय स्कूल अफ इञ्जिनीयरिङका डिन प्रा डा मनिष पोखरेल, नेपाल विज्ञान तथा प्रविधि एकेडेमी (नाष्ट) का वरिष्ठ वैज्ञानिक डा सुरेशकुमार ढुङ्गेल, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका उपकार्यकारी निर्देशक नवराज ढकाल, प्राडा रमेशकुमार मास्के र प्रा डा अमृतमान नकर्मीले पनि सोलार नेपाल पहलको आवश्यकता र यसले सम्पादन गर्ने कार्यका बारेमा विभिन्न सुझाव दिएका थिए  । 
 
सोलार नेपाल पहलमार्फत नेपालको वर्तमान ऊर्जा र आर्थिक मिश्रणमा सौर्य ऊर्जा र यसको प्रणालीलाई एकीकृत गर्ने लक्ष्य राखिएको सो अवसरमा जानकारी दिइयो । वेबिनारमा विभिन्न क्षेत्रका १३० भन्दा धेरै सहभागिता रहेको थियो ।
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy