NTC Banar
Khabar Dabali १५ चैत्र २०७९ बुधबार | 29th March, 2023 Wed

विपद्ले सिन्धुपाल्चोकमा निम्त्याएको दु:ख

खबरडबली संवाददाता

काठमाडौँ । बाढी र पहिराले गत वर्ष थिल्थिलो बनाएको सिन्धुपाल्चोक जिल्ला यसपाली पनि मनसुनको शुरुआतमै नराम्ररी क्षति बेहोर्न पुग्यो । 

जिल्लाको हेलम्बु र मेलम्ची क्षेत्रमा नसोचेको बाढी आउँदा बजार नै तहसनहस भयो । हेलम्बु गाउँपालिका– १ नाकुत्तेभन्दा ५०० मिटर माथिबाट पहिरो खसेर मेलम्ची नदी थुनिएर फुटेपछि ठूलो दुर्घटना हुन पुगेको थियो । 

विज्ञका अनुसार यसपाली अप्रत्यासितरुपमा लेदो र गेगरसहितको बाढी आउँदा अकल्पनीय क्षति भएको छ । विगतमा आएको जुरे पहिरो होस् या अन्य क्षेत्रका मनसुनजन्य घटना सिन्धुपाल्चोकका कतिपय बासिन्दाका लागि अकल्पनीय काल बनेर आएको छ ।

अर्को दोस्रो बढी क्षति हुने मनाङ हो । त्यहाँ मानवीय क्षति हुन पाएन, तर ५९ घर पूर्ण क्षति भएको छ । झण्डै ५४ किलोमिटर सडक बाढी र पहिरोले भत्काएउँदा अहिलेसम्म सदरमुकाम चामे सडक सञ्जालबाट विच्छेद छ । सात वटा गाडी गुड्ने पुलसहित बेलिब्रिज, सरकारी भवन, स्कुलसमेत क्षति पुगेको छ । यहाँका चार जलविद्युत् आयोजनामध्ये दुई पूर्ण र दुईमा आंशिक क्षति छ ।

यसपाली मुलुकमा सिन्धुपाल्चोक र मनाङलगायत ४८ जिल्लामा ठूलो जनधनको क्षति भएको छ । मानवीय क्षतिको विवरण आइसके पनि भौतिक क्षतिको अझै यकीन विवरण आइनसकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले बताए ।

सिन्धुपाल्चोकमा बाढीपहिरामा परी पाँच जनाले ज्यान गुमाएका छन् । अझै २० बेपत्ता छन् भने छ जना घाइते भए । जिल्लामा ३३८ घर पूर्ण क्षति भएको छ । उक्त जिल्लामा सात पक्की पुल, १४ झोलुङ्गे पुल, १० वटा माछा फार्म र ३२ सरकारी भवन क्षत्विक्षत छ । 

गृह मन्त्रालयको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट प्राप्त अभिलेखानुसार मानवीय क्षतिका हिसाबले सिन्धुपाल्चोकपछि गोरखा र डोटीमा चार/चार, पाँचथर, रोल्पा, रौतहट र दाङमा तीन/तीन, पाल्पा, तनहुँ र दार्चुलामा पाँच/पाँच जनाले ज्यान गुमाए । 

गत जेठ २८ मा नेपाल भित्रिएको यसपालिको मनसुनबाट हालसम्म ६५ जनाले ज्यान गुमाएका छन् । अन्य ३६ बेपत्ता र ६८ जना घाइते भएका छन् । कूल ५७६ घर पूर्ण र १५५ घरमा आंशिक क्षति पुगेको छ । विपद्बाट ३७ सरकारी कार्यालय, १३ स्कुल तथा सामुदायिक भवन, २५ जलविद्युत् आयोजना, २६ पक्की पुल र २६ झोलुङ्गे पुलमा क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ छ । 

प्राधिकणका प्रवक्ता विश्वप्रकाश अर्याल मनसुन भित्रिएपछिको अवधिमा सरकारले हेलिकप्टरबाट २७८ र स्थलमार्गबाट ४३२ गरी ७१० जनाको उद्धार गरेको बताए । जोखिम क्षेत्रका चार हजार ६०६ जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उनले जानकारी दिए ।

सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची खोला किनारका १९६ घरमा स्थलगत र ड्रोनका माध्यमबाट स्थलगत निरीक्षण तथा अध्ययन गरी नोक्सानीको मूल्याङ्कन भइरहेको छ । देशभरिको क्षतिको विवरण अझै सङ्कलन जारी छ । 

यसपालीको मनसुनजन्य घटनाबाट क्षति बेहोरेको सिन्धुपाल्चोक र मनाङ जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरी सरकारले आवश्यक राहत, पुन:निर्माण तथा पुन:स्थापनका कार्य अघि बढाएको छ । त्यसका लागि विश्व बैंकबाट थप २५ मिलियन डलर सहुलियतपूर्ण ऋण सहयोग प्राप्त हुने आश्वासन आइसकेको गृहमन्त्री बालकृष्ण खाँडले संसदीय समितिमा जानकारी गराइसकेका छन् । मन्त्री खाँडले भने, “सरकारले मनाङको चामेलगायत सडक सञ्जाल नपुगेर अभावग्रस्त भएको क्षेत्रमा खाद्यान्न तथा औषधि हेलिकप्टरबाट ढुवानी गर्ने तयारी गरेको छ ।”

सरकारले मनसुनजन्य घटना तथा क्षति न्यूनीकरणका लागि मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०७८ कार्यान्वयनमा ल्याएको छ । यस्तै विपद् जोखिम वित्तीय व्यवस्थापन रणनीति २०७८, प्रारम्भिक द्रुत लेखाजोखा कार्यविधि २०७२ (प्रथम संशोधन २०७८), आगलागीबाट क्षति भएका निजी आवास पुन:निर्माणसम्बन्धी कार्याविधि २०७८, कार्यान्वयनमा रहेको र फिल्ड अनुसन्धान तथा पहिरो प्रभावित व्यवस्थापन प्राविधिक गाइडलाइन निर्माण गरेर विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीका कामलाई उच्च प्राथमिकता दिएको छ ।

सरकारले आगामी १० वर्षभित्रमा नेपाललाई विपद् उत्थानशील राष्ट्र बनाउने उद्देश्यका साथ विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी १० वर्षे महाअभियान यसै वर्षबाट शुरु गरेको जनाइएको छ ।

अस्थायी आवास पुन:निर्माण तीव्र

सरकारले विपद्बाट प्रभावितको पुन:स्थापनका लागि अस्थायी आवास पुन:निर्माण कार्यक्रमलाई समेत तीव्ररुपमा अघि बढाएको छ । यस वर्ष मनसुनजन्य विपद्बाट क्षति भएका आठ जिल्लाका ५७३ घर परिवारलाई अस्थायी आवास निर्माणका लागि रु २ करोड ८६ लाख ५० हजार रकम असार मसान्तभित्र मै सम्बन्धित जिल्लामा पठाइएको प्राधिकरणको भनाई छ । 

गत वर्षको विपद्बाट क्षति पुगेका २२ जिल्लाका चार हजार ९३७ निजी घर पुन:निर्माण तथा पुन:स्थापनका लागि सङ्घीय सरकारकोतर्फबाट बेहोर्नुपर्ने प्रथम किस्ताबापतको रु २९ करोड ९९ लाख २६ हजार सम्बन्धित क्षेत्रमा पठाइसकिएको छ ।

नेपालमा गत जेठ २८ गते मनसुन प्रवेश गरी ३० गते देशैभरि फैलिएको थियो । यसपालि सरदरभन्दा बढी नै पानी पर्ने आँकलन गरिएकाले पनि बाढी, पहिराको जोखिम विगतकोभन्दा बढी नै छ । नेपालमा पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीबाट बढी प्रभावित छन् । हिमाली क्षेत्र हिउँ पहिरो र हिमपातबाट प्रभावित हुन्छ । नेपालमा भिरालो जमीन, कमजोर भौगोलिक अवस्था, यत्रतत्र सडक खन्ने काम, जोखिम क्षेत्रमा बसोबास, अव्यवस्थित शहरीकरण, डढेलो तथा अव्यवस्थित वन, प्लटिङ, प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तन, बहुप्रकोपको प्रभाव र चेतनाको अभावले मनसुनजन्य विपद्लाई बढावा दिइरहेको विज्ञले औँल्याएका छन् ।

खानी तथा भूगर्भ विभागका राजेन्द्र भण्डारी विश्वकै अग्लोदेखि निकै होचो भूभागसमेत नेपालमा रहेकाले पनि मनसुनजन्य विपद्बाट नेपाल उच्च जोखिममा रहेको बताए । विगतको तथ्याङ्क विश्लेषणका आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको छ । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्मा बाढीबाट १७ लाख र पहिराबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको सुनाए । गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।

सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० मानिसको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए । रासस 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

गठबन्धनको बैठकमा प्रधानमन्त्रीको प्रस्ताव : कांग्रेसलाई ८ र रास्वपालाई ३ मन्त्रालय

साना तीन दल र स्वतन्त्रलाई एक/एक मन्त्रालय

पदम लिम्बुलाई शहीद घोषणा गर्न जसपाको माग

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले कोशी प्रदेश नामकरणको विरोधमा भएको आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बुलाई शहीद घोषणा गर्न माग गरेको छ। ...

थ्री नेसन्स कपमा भुटान बाहिरियो, फाइनलमा नेपाल र लाओस भिड्ने

काठमाडौं।  ‘प्रधानमन्त्री थ्री नेसन्स कप’को लिग चरणको अन्तिम खेलमा नेपाल-भुटानले बराबरी खेल खेलेका छन्। भुटानले घरेलु टोली नेपालविरुद्ध पहिलो हाफको...

कोरोना सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न मन्त्रालयको आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ सङ्क्रमणलाई रुघाखोकी भनेर बेवास्ता नगर्न आग्रह गरेको छ ।  मन्त्रालयले सूचना जारी गर्दै अहिले...

संघीय निजामती सेवा ऐन अगाडि बढिसक्यो : मन्त्री मोदी

काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको प्रक्रिया अगाडि बढिसकेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचा...

मिटरब्याजी पीडितको समस्या समाधान गर्न मधेसी आयोगको अपिल

काठमाडौं। मधेसी आयोगले मिटरब्याजी पीडितको समस्या तत्कालै समाधान गर्न सरकारलाई अपिल गरेको छ ।  सरकारले उनीहरूको समस्या तत्कालै समाधानका लागि “बहुवैक...

थप २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं।  देशभर थप २४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्ट भएको छ ।  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १४ सय २९ जनाको नमुना परीक्षण गर्दा प...

गठबन्धनको बैठकले प्रधानमन्त्रीले पेस गरे न्यूनतम साझा कार्यक्रमको ‘ड्राफ्ट’

काठमाडौं। १० दलीय सत्ता गठबन्धनको बैठकमा सरकारको नयाँ न्यूनतम साझा कार्यक्रमको ड्राफ्ट प्रस्तुत गरिएको छ । सरकारको तर्फबाट प्रधानमन्त्री प्रचण्डले बैठ...

प्रदेश नामाकरणमा पहिचान पक्षधर र सुरक्षाकर्मीबीच झडप : डीएसपीसहित १९ जना घाइते

काठमाडौं ।  प्रदेश १ को नामकरण कोशी राखिएको भन्दै पहिचान पक्षधरहरूले मंगलबार पनि आन्दोलन गरेका छन्।   विराटनगरको रोडशेष चौकस्थित विग होटल अगाडि मुख...

सत्ता गठबन्धन बैठकमा सहमति भएन, भोलि बिहान ९ बजे फेरि बस्ने

काठमाडौं । मन्त्रिपरिषद्लाई पूर्णता दिनका लागि भागबण्डा टुंग्याउनका लागि बसेको सत्ता गठबन्धनको बैठक बिनानिर्णय सकिएको छ ।  न्यूनतम साझा कार्यक्रममा...

अरु धेरै
Dish home detelpage

प्रतिकृया लेख्नुहोस्:

Oil Nigam Detel page Dish home detel page1 Salt Trending Detail Page