Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

क्यान्सर अस्पतालबाट तीन महिनाको अवधिमा १८५ जना कोरोना सङ्क्रमितले सेवा लिए

खबरडबली संवाददाता

भरतपुर । भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विगत तीन महिनाको अवधिमा १८५ कोभिड–१९ सङ्क्रमितलाई सेवा दिएको छ । अस्पतालले क्यान्सरको उपचारसँगै छुट्टै कोभिड वार्ड सञ्चालन गरेर सेवा दिएको हो । अस्पतालले कोरोनाको दोस्रो लहरसँगै गत वैशाख २० गतेदेखि कोरोनाको उपचारसमेत शुरु गरेको हो । क्यान्सर रोगको मात्रै उपचार गर्दै आएको अस्पतालले जिल्लामा कोरोना सङ्क्रमितका लागि शय्या र अक्सिजन अभाव हुने भएपछि सेवा शुरु गरेको जनाएको छ ।

 
अस्पतालका उपनिर्देशक डा कृष्णसागर शर्माका अनुसार हालसम्म १८५ कोरोना सङ्क्रमितको उपचार गरिएको छ । तीमध्ये १४७ जना निको भएर घर गइसकेका छन् भने १० जनाको उपचार भइरहेको छ । अठ्ठाइस जनाको उपचार गर्दागर्दै मृत्यु भएको छ । उपचार गरिएकामध्ये केही क्यान्सरका बिरामी, कुरुवा हुन् भने केही स्थानीय र बाहिरी जिल्लाबाट कोरोना उपचारका लागि मात्रै आएका हुन् ।
 
गत वैशाख २० गते क्यान्सर उपचारका लागि आउने बिरामीलाई कोरोना पोजेटिभ देखिएमा उपचार गर्ने गरी २० शय्याबाट यो सेवा शुरु गरिएको डा शर्माले जानकारी दिए । उनले भने, “क्यान्सरका बिरामीलाई सङ्क्रमण भयो भने घरमा पठाउन पनि नमिल्ने, अरु अस्पतालले पनि नहेर्ने अवस्था आएपछि सेवा शुरु गरेका हौँ ।” क्यान्सरका बिरामीलाई सङ्क्रमण भएर अरु अस्पतालमा पठाउँदा यहीँबाट चिकित्सकसमेत पठाउनुपर्ने अवस्था आएपछि यहीँबाट सेवा शुरु गरेको उनको भनाइ थियो ।
 
कोरोनाको दोस्रो लहर बढ्दै जाँदा सङ्क्रमितको उपचारका लागि जिल्लामा शय्या अभाव हुने देखिएपछि जेठ १ गतेदेखि सेवा विस्तार गर्दै १४० शय्या पुर्‍याइएको उनले बताए  । तीमध्ये ८८ साधारण, ४० एचडियु, १२ आइसियू र चार भेन्टिलेटर रहेका थिए । उपनिर्देशक डा शर्माले भने, “केन्द्रदेखि जिल्लासम्मबाट कोरोना सङ्क्रमितको उपचारका लागि सघाउन आग्रह गरिएपछि वार्ड सञ्चालन गरेर सेवा दिएका हौँ ।” अस्पतालको पुरानो भवनमा रहेका वार्डलाई नयाँ भवनमा रहेका अरु वार्डसँग मिसाएर पुरानो भवनमा कोरोना सङ्क्रमिको उपचार गरिएको थियो ।
 
पछिल्लो समय सङ्क्रमितको सङ्ख्या घट्दै गएपछि अस्पतालमा रहेको हस्पिसमा सङ्क्रमितका लागि १५ शय्या छुट्याइएको छ । यहाँ हाल १० सङ्क्रमितको उपचार भइरहेको छ । अस्पतालको पुरानो भवनमा साविककै वार्ड पुन: नियमित सञ्चालन गरी सेवा सञ्चालन गरिएको अस्पतालका नर्सिङ विभाग प्रमुख सविता पन्थीले बताए  ।
 
अस्पतालका कार्यकारी निर्देशक डा देजकुमार गौतमले कोरोना महामारीको समयमा क्यान्सरको उपचारमा कुनै असर नपर्ने गरी कोरोना सङ्क्रमितको समेत उपचार गरेको बताए । उनले भने, “क्यान्सर उपचार गराउन आउने कतिपयलाई सङ्क्रमण हुने गरेको पाइयो । उनीहरुलाई पनि यहीँबाट क्यान्सर र कोरोना दुवैको उपचार गरिरहेका छौँ ।” जिल्लामा शय्या र अक्सिजन अभाव हुने देखिएपछि कोरोना उपचार विस्तार गरेको कार्यकारी निर्देशक डा गौतमले बताए । उनले भने, “हामीसँग आफ्नै अक्सिजन प्लान्ट र पर्याप्त भौतिक पूर्वाधार भएका कारणा क्यान्सरसँगै कोरोनाको उपचार सम्भव भयो ।”
 
यसैबीच अस्पतालमा हालसम्म ४१ हजार ५१६ को स्वाब परीक्षण गरिएको छ । गत वर्षको भदौ २४ गतेदेखि कोभिड ल्याब (प्रयोगशाला) सञ्चालनमा आएपछि परीक्षण शुरु गरिएको हो । देशैभरि र भारतीयसमेत उपचारका लागि यस अस्पतालमा आउने गर्दछन् । कोरोनाको पहिलो लहरसँगै अस्पतालमा सङ्क्रमण हुन नदिन यहाँ आउने बिरामी र कुरुवाको परीक्षण शुरु गरिएको अस्पतालले जनाएको छ । अस्पतालमा कोभिड ल्याब नहुँदा समस्या आएपछि ल्याब सञ्चालनमा ल्याएको उपनिर्देशक डा शर्माले बताए । स्वाब परीक्षणको नतिजा आउन १५ दिनभन्दा बढी समय कुर्नुपर्ने बाध्यता भएपछि  प्रयोगशाला सञ्चालनमा ल्याइएको उनको भनाइ छ । उनले भने, “तत्कालीन अवस्थामा जिल्लामा एउटा मात्रै प्रयोगशाला थियो । जिल्लामा सम्भव नहुँदा कतिपय अवस्थामा काठमाडौँसमेत पठाउनुपर्ने बाध्यता झेल्नुपर्‍यो ।”
 
प्रयोगशाला स्थापना गरेपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले अनुगमन गरेर स्वीकृत दिएसँगै स्वाब परीक्षण नियमित गरेको उनले बताए । अस्पतालले प्रयोगशाला सञ्चालनमा ल्याएसँगै अस्पतालका बिरामी र कुरुवासँगै बाहिरीबाट परीक्षण गर्न आउनेलाई पनि सेवा दिँदै आएको छ । उपनिर्देशक डा शर्माले खैरहनी नगरपालिका र माडी नगरपालिकासँग सम्झौता गरेर त्यहाँको आइसोलेशनमा रहेकालाई यहाँबाट स्वाब परीक्षणका सेवा दिएको बताए । यसका अतिरिक्त विभिन्न सङ्घ संस्था, सरकारी कार्यालय, स्थानीयवासीलाई पनि स्वाब परीक्षणको सुविधा भएको डा शर्माले जानकारी दिए । शुरुको अवस्थामा नेपाल सरकारले रु पाँच हजार ५०० शुल्क तोके पनि आफूहरुले रु तीन हजार ५०० शुल्क लिएर सेवा शुरु गरेको उनको भनाइ छ । क्रमश: शुल्क घटाउँदै रु दुई हजार ५००, रु दुई हजार र हाल रु एक हजारमा परीक्षण हुने गरेको छ ।
 
अस्पतालले तेस्रो लहरको तयारीस्वरूप आइसियु र एचडियुको क्षमता विस्तार गर्दै छ भने तरल अक्सिजन प्लान्ट छिट्टै सञ्चालन गर्ने जनाएको छ । हाल अस्पतालका शय्यामा भएका अक्सिजन पाइपलाइनको स्तरोन्नति र क्षमता विस्तारको काम भइरहेको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy