Life insurence
Khabar Dabali १० आश्विन २०७८ आईतवार | 26th September, 2021 Sun
Himalayan Golden detail page

जुम्लाका स्थानीय तहको एक अर्ब बजेट खर्च गर्न नसकेर फ्रिज

रासस
जुम्ला । जुम्लाका आठवटै स्थानीय तहको आर्थिक वर्ष २०७७/७८ मा करीब रु एक अर्ब भन्दा बढी बजेट खर्च गर्न नसकेर फ्रिज गरिएको छ । यहाँको विकास निर्माणका लागि विनियोजित बजेट हरेक वर्ष खर्च हुन नसकेर बजेट फ्रिज जाने गरेको छ । आव २०७७/७८ मा जुम्लाका एक नगरपालिकासहित सात  गाउँपालिकामा खर्च हुन नसकेर रु एक अर्ब १३ करोड ५९ लाख २६ हजार बजेट फ्रिज भएको छ ।
 
कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार आव २०७७/७८ मा पुँजीगततर्फ विनियोजित कूल रु दुई अर्ब ३१ करोड ३२ लाख ६० हजारमध्ये गत असार मसान्तसम्म रु एक अर्ब ४७ करोड ७३ लाख २९ हजार अर्थात् ६३ दशमल ८६ प्रतिशत रकम मात्रै खर्च भएको छ । त्यस्तै पुँजीगततर्फको कूल विनियोजित बजेटमध्ये रु ८३ करोड ५९ लाख ३० हजार अर्थात् ३६ प्रतिशत बजेट खर्च हुन नसकेर राज्य कोषमा फिर्ता भएको कोष नियन्त्रक लक्ष्मीदत्त चौलागाईंले बताए । 
 
उनले भने, “विगतका तुलनामा विकास बजेट धेरै फ्रिज भयो, तर महामारीका बीच पनि बजेट खर्च राम्रै हो, विकास बजेट खर्च हुन नसकेर बजेट फिर्ता हुनु दुखद पक्ष हो, कार्यालयको तथ्याङ्कअनुसार असारमा मात्रै रु ६६ करोड ८६ लाख ५२ हजार ६०० पँुजीगततर्फ खर्च भएको छ । 
 
चालूतर्फ विनियोजित रु पाँच अर्ब ३० करोड ८ लाख ४५ हजारमध्ये असारसम्म रु चार अर्ब ७३ करोड ८४ लाख नौ हजार अर्थात् ९४ प्रतिशत बजेट खर्च भएको छ । चालूतर्फकै पनि रु २९ करोड ९९ लाख ९५ हजार अर्थात् विनियोजित बजेटको छ प्रतिशत रकम खर्च हुन नसकेर फिर्ता भएको नियन्त्रक चौलागाईंले बताए । 
 
चालू तर्फको रु ६५ करोड ६१ लाख चार हजार असारमा मात्रै खर्च भएको छ । स्थानीय तह तथा विषयगत कार्यालयले खर्च गरेको विवरण उपलब्ध नगराएका कारण कुन तहको बजेट कति खर्च हुनसकेन भन्ने विवरण नभएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।  
Khabardabali Desk–PS

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बजार अनुगमन गर्दै विभिन्न पदाधिकारी

खलङ्गा । दशैँको अवसरमा हुने कालोबजारलाई रोगथाम तथा मिति गएका खाद्यान्न सामग्री बिक्रीवितरण हुनेभएकाले जुम्ला सदरमुकाम खलङ्गा बजारभित्र सञ्चालनमा आएका ...

कुँडुलेका कृषकका गुरु टीकाराम

गलकोट । बागलुङ नगरपालिका–४ कुँडुलेका टीकाराम सापकोटाले आफ्नो जीवनको ३६ वर्ष कृषि कर्ममा बितएका छन् । उनले गरेको कृषि कर्म हेरेरै धेरैले कृषि पेसामा हा...

आज ६४ जिल्लामा कांग्रेसको पालिकास्तरीय अधिवेशन हुँदै

काठमाडौँ  । संस्थापनइतर समूहले सबै पालिकाको अधिवेशन एकै दिन गर्न माग गरे पनि ६४ जिल्लाका पालिकास्तरीय अधिवेशन शनिबार हुँदै छ । २१ वटा हिमाली जिल्लाको ...

कागेश्वरी मनोहरा स्थित सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल

काठमाडौँ  । कागेश्वरी मनोहरा नगरपालिका–४ मा सार्वजनिक जग्गामा यातायात कार्यालय स्थापनाको पहल सुरु भएको छ । कार्यालय स्थापनाका लागि नगरपालिका, वडा कार्...

दसैँका विभिन्न साइत सार्वजनिक, टीका लगाउनेका लागि १०:०२ बजेको साइत शुभ

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समिति द्वारा यस वर्षको बडादसैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।    असोज २१ गते बिहीबार बिहान ११:४६ बजे घटस्था...

कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालन

बलेवा । पर्वतको सदरमुकाम कुश्मा बजारसँगै जोडिएको बलेवामा नगर अस्पताल सञ्चालनमा आएको छ । बागलुङ नगरपालिकाका तीन वडाका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेव...

ह्वाइट हाउसमा मोदी र बाइडेन बीच भेटवार्ता हुने

वासिङ्टन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग आज भेटवार्ता गर्ने भएका छन्  । संयुक्त राष्ट्रसङ्घको महासभामा सहभा...

हामीलाई आर्थिक स्रोतभन्दा समयको अधिक महत्व छ : ऊर्जा मन्त्री भुसाल

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग विश्व बैंकको दक्षिण एशिया हेर्ने उपाध्यक्ष हार्टविग सेफरसहितको प्रतिनिधिमण्डलबीच  शिष्टाचार...

व्यावसायिक तरकारी खेतीबाट मनग्ये आम्दानी

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका– ३ का यज्ञराज गौतम आधुनिक तरिकाले तरकारीखेतीमा संलग्न छन्  । तीन वर्षदेखि उनले व्यावसायिक रुपमा तरकारीखेती गरी गतिलो ...

सामाजिक सञ्जाल प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ

फेसबुक, मेसेन्जर प्रयोगकर्तालाई पार्सल पठाइ दिन्छु भन्दै नगद ५ लाख १० हजार रुपैयाँ ठगी

अरु धेरै
World Link Detai Page

प्रतिकृया लेख्नुहोस्:

Jobkhoji Nibl detail page aayal nigam detail page Salt Trending Detail Page Nb Bank Detail Page Kantipur Detail Page Alphabet Education Consultancy