Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

पहुँचवालाले दिएकाे दबाब र दुरुपयोगकाे व्यापक गुनासो पछि बागलुङमा कोरोनाविरुद्धको खोप अभियान स्थगित

खबरडबली संवाददाता

बाग्लुङ । बागलुङमा खोप अभियान स्थगन गरिएको छ । बागलुङमा जारी कोरोनाविरुद्धको खोप अभियानमा पहुँचवालाले अनावश्यक दबाब र दुरुपयोग गरेको व्यापक गुनासो पछि खोप अभियानस्थल केन्द्रको निर्देशनमा स्थगन भएको छ । खोपका लागि लक्षित वर्ग नतोकेका कारण मन्त्रालयको निर्देशन नआउँदा सम्मका लागि स्थगित गरिएको स्वास्थ्य कार्यालय बागलुङका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए  । 

सरकारले लक्षित वर्गलाई खोप लगाउनका लागि दिएको निर्देशनअनुसार बागलुङमा खोप लगाइसकिएको र अब माथिबाट निर्देशन नआउँदासम्मका लागि स्थगित भएको उनको भनाइ छ । सरकारले तोकेको लक्षित वर्ग छुटेको भए ती व्यक्तिलाई भने खोप लगाइने खत्रीले बताए । सरकारले लक्षित गरेका करिब सबै नागरिकले खोप पाइसकेको र अर्को लक्षित वर्ग तोकी नसकेकाले खोप लगाउन नसकिएको उनले बताए । 

बागलुङमा अझै करिब १४ हजार डोज बाँकी छ । सरकारले अब बाँकी रहेको खोप कुन वर्गलाई दिने भनेर निर्णय गरिनसकेको उनको भनाइ छ । सरकारबाट नयाँ लक्षित वर्ग तोकिएपछि मात्रै खोप अभियानलाई अगाडि बढाइने छ । बागलुङमा अहिलेसम्म कोभिशिल्ड, भेरोसेल र जोन्सन एण्ड जोन्सन खोप लगाइएको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । हालसम्म जिल्लामा ५१ हजार ४८७ ले खोप लगाएको स्वास्थ्य कार्यालयको तथ्याङ्क छ । जिल्लामा जोन्सन एण्ड जोन्सन ११ हजारभन्दा बढी, भेरोसेल २२ हजार र कोभिशिल्ड १४ हजार ६४० ले लगाएको सुपरभाइजर खत्रीले जानकारी दिए ।रासस 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies