काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा क्रियाशील कर्मचारी युनियनले बोर्ड अध्यक्ष भीष्मराज ढुङ्गानालाई कारवाही गर्न माग गरेको छ ।
बोर्ड नेपालको पुँजीबजार तथा वस्तु विनिमय बजारको नियामक निकायका रुपमा रहेको,सरकारबाट जारी धितोपत्र ऐनबाट स्थापित, गहन जिम्मेवारी बोकेको एक विशिष्ट प्रकृतिको संस्था भएको उल्लेख गर्दै युनियनले गलत काम गर्नेलाई कारवाही गरी संस्थाको गरिमा जोगाउन माग गरेको हो ।
युनियनका अध्यक्ष राजुबहादुर जिसी र वरिष्ठ उपाध्यक्ष गौरव विष्टले संयुक्त रुपमा जारी गर्नुभएको विज्ञप्तिमा बोर्डको संस्थागत गरिमालाई आँच आउन नदिन उक्त कार्यमा संलग्नहरुलाई तत्काल निलम्बन गर्न आग्रह गरिएको छ ।
विद्यमान कानूनका आधारमा सम्बन्धित निकायले बजारको पारदर्शीता र स्वच्छता कायम राख्नका लागि अविलम्ब छानबीन कार्य अगाडि बढाइ दोषी देखिएकालाई हदैसम्मको कारवाही गर्न युनियनले माग गरेको छ ।
देशको कूल ग्रार्हस्थ उत्पादन बराबरकै बजार पुँजीकरण भएको देशको धितोपत्र बजारको नियामक निकाय स्वच्छ, पारदर्शी, गतिशील र लगानीकर्ताको हित संरक्षणमा लाग्नुपर्नेमा त्यसो हुन नसकेको विज्ञप्तिमा भनिएको छ ।
अर्थ मन्त्रालयले यही साउन १३ गते बोर्डलाई तीन दिनभित्र गलत जवाफ दिन भन्दै स्पष्टिकरण सोधिएको थियो । यसको जवाफ दिने समयसीमा आजसम्म रहेको छ । विज्ञप्तिमा भनिएको छ “बुक विल्डिङमार्फत धितोपत्र जारी गर्ने प्रक्रियामा गएको संस्थाको धितोपत्र र सोसँग निहित सम्बेदनशील जानकारीका आधारमा आफ्नो निकट पारिवारिक सदस्यका नाममा धितोपत्र खरीद गर्नु धितोपत्र बोर्डको लब्ध प्रतिष्ठत अध्यक्ष तथा सञ्चालकका रुपमा गम्भीर विचलन भएको निष्कर्ष निकालेको छ ।”
बोर्डका अध्यक्ष ढुङ्गानाले छोरी रेविका ढुङ्गानाको नाममा निटक भविष्यमा नै साधारण शेयर बिक्री गर्न लागेको एक कम्पनीको १० हजार कित्ता शेयर खरीद गरेको पाइएको छ । यस्तै, नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले समेत श्रीमतीको नाममा शेयर खरीद गरेको पाइएको छ । अर्थले बोर्ड र स्टक दुवैलाई स्पष्टिकरण सोधेको छ ।रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ ६ गते, २०७९ - १७:०५
काठमाडौँ । नेपाल प्रहरीले कौडा खेलिरहेको अवस्थामा छ जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बूढानीलकण्ठ नगरपालिका–१...
जेष्ठ ६ गते, २०७९ - १६:५३
बनेपा । काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिका अध्यक्षमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) विजयी भएका छन् । अध्यक्...
जेष्ठ ६ गते, २०७९ - १६:४५
पेरिस । फ्रान्समा नयाँ सरकार शुक्रबार घोषणा गरिने राष्ट्रपतिले बताएका छन् । नयाँ सरकार गठनपछि नयाँ मन्त्रिपरिषद्को बैठक सोमबार बस्नेछ । नयाँ सरकार...
जेष्ठ ६ गते, २०७९ - १६:३१
काठमाडौँ । सांसदहरुले आगामी बजेटमा जनताका आधारभूत सुविधालाई सबल र सर्वसाधारणको सहज पुहँच पुग्ने गरी कार्यक्रम ल्याउन सुझाव दिएका छन् । प्रतिनिधिसभाको...
जेष्ठ ६ गते, २०७९ - १६:२०
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको दशौँ अधिवेशन बैठक आह्वान गरेका छन् । प्रदेश प्रमुख शर्माले यही जेठ १३ गते शुक्रबार ब...
जेष्ठ ६ गते, २०७९ - १५:५१
लहान । यहाँका चार स्थानीय तहको अन्तिम परिणाम सार्वजनिक भएको छ । यससँगै सिरहाका १७ स्थानीय तहमध्ये ११ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको हो ।...
जेष्ठ ६ गते, २०७९ - १५:३३
धनगडी । कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । व...
जेष्ठ ६ गते, २०७९ - १५:२०
काठमाडौं । सामाजिक सञ्जालमार्फत भाइरल भएको यौन हिंसाको घटनाको सम्बन्धमा गम्भिर ध्यानाकर्षण गर्दै शीघ्र छानबनि गरी दोषीलाई कानुनी दायरामा ल्याउन सभाम...
जेष्ठ ६ गते, २०७९ - १४:४५
सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा स्वतन्त्र उम्मेदवार प्यारीलाल शाही निर्वाचित भएकी छन् । उनले एक हजार ६९५ मत प्राप्त गरी पाँच सय २३ मतान्तरले व...
जेष्ठ ६ गते, २०७९ - १४:३१
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका प्राथमिकता र सिद्धान्तका बारेमा छलफल जारी रह्यो । छलफलमा सहभागी हु...
प्रतिकृया लेख्नुहोस्: