Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

‘सिजनल फ्लु’ का बिरामीको सङ्ख्या बढ्दै

रासस

चितवन । जिल्लाका अस्पतालहरुमा ‘सिजनल फ्लु’का बिरामीको सङ्ख्या बढ्दै गएको छ । सिजनल फ्लुका कारण ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने वा दुख्ने जस्ता समस्या लिएर अस्पताल आउने बिरामीको चाप बढ्दै गएको स्वास्थ्य कार्यालय चितवनले जनाएको हो ।

 
कार्यालयका अनुसार सन् २००९ देखि नेपालका विभिन्न भूभागमा समस्या देखिँदै आएको छ । विशेषगरी बच्चादेखि वृद्धसम्म यो समस्या देखिने गरेको छ । फ्लुको जोखिममा बालबालिका, गर्भवती र वृद्धवृद्धा बढी पर्ने गरेको कार्यालयका प्रमुख दीपक तिवारीले बताए । उनका अनुसार सिजनल फ्लुमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, थकाइ लाग्ने, घाँटी खसखसाउने, रुघाखोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, खाना नरुच्ने, वाकवाकी लाग्ने वा बान्ता हुने, बच्चाहरुलाई झाडासमेत हुने जस्ता समस्या देखिने गर्दछन् ।
 
एक व्यक्तिबाट अर्को व्यक्तिमा विशेषगरी हावाको माध्यमबाट सर्ने यस रोगका विषाणुहरु सामान्य रुघाखोकी जस्तै फैलने उनले जानकारी दिए । बिरामीले कुरा गर्दा, खोक्दा, हाच्छिउँ गर्दा विषाणुयुक्त साना साना पानीका कणहरु वातावरणमा फैलने र सोही माध्यमबाट अरूलाई सर्ने गर्दछ । यो रोग हात, मुख, नाक र आँखाको संसर्गबाट सर्ने हुँदा सबैलाई सजग रहन कार्यालयले अनुरोध गरेको छ । यस्तो समस्या देखिए तत्काल नजिकको अस्पताल वा स्वास्थ्य संस्थामा सम्पर्क गरी चिकित्सकको सल्लाहअनुसार औषधि सेवन गर्न उनले आग्रह गरे  ।
 
सिजनल फ्लुबाट बच्न खोक्दा हाच्छिउँ गर्दा सफा कपडा वा रुमाल वा पाखुराले नाक, मुख छोप्ने, साबुन पानीले हात मिचीमिची धुने, सार्वजनिक स्थानमा जाँदा वा परिवारको स्याहार गर्दा मास्कको प्रयोग गर्ने, पोषिलो झोलपदार्थ र पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्ने कार्यालयले जनाएको छ ।
 
भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीका अनुसार सिजनल फ्लुसँगै फेरि कोरोनाको खतरा बढ्न थालेको छ । अस्पतालमा आएका बिरामी र बिरामीका आफन्तहरुलाई ज्वरो आएर आउनेको सङ्ख्या बढ्दै गएको उनले बताए । उनले भने,  “ज्वरोका कारण परिवार नै सोतर छ, खोकी लागेको छ भन्नेको फोन र म्यासेज आउन थालेको छ ।” अस्पताल आउने बिरामीहरु शय्या खाली नभएर भौँतारिएको उनले जानकारी दिए ।  अहिले अस्पतालको बहिरङ्ग सेवामा बिरामीको चाप बढ्दै गएको उनको  भनाइ छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy