Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

कञ्चनपुरमा पहिलोपटक पशुमा लम्पी स्किन रोग देखापर्‍यो

खबरडबली संवाददाता

कञ्चनपुर । पशुमा देखिने लम्पी स्किन रोग पहिलोपटक यहाँ देखापरेको छ । शुक्लाफाँटा नगरपालिका-१२ कालागौँडीका किसानले पालेका गाई र गोरुमा सो रोग देखापरेको हो ।पशुको शरीरभरि ठूल्ठूला गिर्खासँगै घाउ देखिन थालेकाले स्थानीय किसानले नगरपालिकाको पशु शाखामा खबर गरेपछि  जाँच गर्दा जिल्लामै पहिलोपटक सो रोग फैलिएको देखिएको शाखा प्रमुख रामप्रसाद भट्टले बताए । 

'यस्तो सङ्क्रमण अन्य पशुमा फैलिन नदिनका लागि सावधानी अपनाउन किसानलाई सचेत गराएका छौँ । रोग देखापरेका गाई र गोरुलाई अलग्गै राखी सरसफाइ गर्न र आवश्यक औषधि प्रयोग गर्न भनेका छौँ ।' उनको भनाइ थियो । 

छ किसानका दुई दर्जन भन्दबढी पशु एक साता अघिदेखि सो रोगबाट सताइएकामा   बाच्छाबाच्छीमा समेत सङ्क्रमण देखापरेको छ । स्थानीय किसानका अनुसार सङ्क्रमित गाई र गोरुले मुखबाट फिँज निकाल्ने, शरीर पूरै तातो हुने र नाकबाट सिङ्गान बग्नेलगायत लक्षण देखिएका छन् । रोग लागेका दुधालु गाईले ह्वात्तै दूध घटाएका छ । 

भारतीय व्यापारीले गाई र गोरु खरिद गरी भारततर्फ लैजाने र त्यहाँबाट यहाँ ल्याउने गरेकाले भारतबाटै रोग फैलिएको हुनसक्ने अनुमान गरिएको  स्थानीय किसान वीरसिंह महराले बताए । 

'रोग निराकरणका लागि गाई-गोरुको ओसारपसार र बेचबिखन रोक्नु जरुरी छ,' पशु शाखा अधिकृत भट्टले भने, 'सङ्क्रमित गाई र गोरुलाई चराउन लैजाने कार्य बन्द नहुँदासम्म सङ्क्रमण रोक्न कठिन भएकाले त्यस्ता पशुलाई घरमै बाँध्न  आग्रह गरेका छौँ ।' 
रोगलाई महामारीका रूपमा फैलिन नदिन किसानलाई सतर्क गराइएको उनले बताए । रासस

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा। सिरहा प्रहरीले कटुवा पेस्तोलसहित  बाबु छोरालाई पक्राउ गरेको छ। सिरहा नगरपालिका २ यादव टोलबाट ४९ वर्षीय बिजय यादव र उनका छोरा १९ वर्षीय राजा याद...

बागमतीमा मुख्यमन्त्री जम्मकट्टेललाई राहत, हानेपा सरकारमा सामेल

हेटौंडा । बागमती प्रदेश सरकार विस्तार भएको छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विहिबार हाम्रो नेपाली पार्टी (हानेपा) का प्रदेशसभा सदस्य शैलेन्द्रमा...

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण सोधिएको छ । यही चैत १४ गते मन्त्रालयका विभिन्न महाशाखा तथा शाखामा गरिए...

मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

काठमाडौं । विहिबार बसेको मन्त्रिपरिषद्को बैठकले चैते धानको समर्थन मूल्य तोकेको छ ।बैठकले चालु आर्थिक वर्ष २०८०-८१ को लागि १८ प्रतिशतसम्म चिस्यान भएको ...

टियुले गठन गर्याे हराएका उत्तरपुस्तिकाका विषयमा छानबिन गर्न उच्चस्तरीय समिति

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । विश्वविद्यालयका पूर्व रजिस्ट्रार प्राडा चन्...

डा. रुइतलाई ‘श्रीप्रसाद ओली स्मृति पुरस्कार’ प्रदान गरिने

देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार झापा १७ वर्षीय सबिन बाँस्कोटालाई

काठमाडौंका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र रहेका निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको अल्टिमेटम दिएको छ । महानगरापलिकाले बिहीबार एक सूचना...

नातिसँगै एसईई दिँदै गुल्मीमा ६२ वर्षका वृद्ध

 गुल्मी । गुल्मीमा ६२ वर्षका एक वृद्धले माध्यमिक शिक्षा परीक्षा (एसईई) दिएका छन् । जिल्लाको मदाने गाउँपालिका–६ पुर्कोट दहका टीकाबहादुर कुँवरले बिहीबार...

दुई अर्ब ६५ करोड रुपैयाँको सेयर कारोबार हुँदा ४.७८ अंकले बढ्यो नेप्से

काठमाडौं । बिहिबार नेप्से ४.७८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार नेप्से ०.२३ प्रतिशतले बढेर २०३५.६४ विन्दुमा रोकिएको छ । ...

नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित

उदयपुर  । नेकपा एमाले उदयपुरको अध्यक्षमा भागवत राउत निर्वाचित भएका छन् । अध्यक्ष परमेश्वर घिमिरेलाई पराजित गर्दै राउत निर्वाचित भएका हुन । राउतले ३...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies