Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

विद्युत् आपूर्ति समस्याले उत्पादन घट्ने उद्योग व्यवसायीको गुनासो

रासस

विराटनगर । विद्युत् आपूर्ति अनियमित भइरहेकाले उत्पादनमा कटौती गरेको उद्योग व्यवसायीले गुनासो गरेका छन् । मोरङ व्यापार सङघका अध्यक्ष प्रकाश मुन्दडाले सो गुनासो गर्नुहुँदै नेपाल विद्युत् प्राधिकरणको प्रदेश नं १ का प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारी र विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहीवारसँगको छलफलमा  कटहरी गाउँपालिका एवं मोरङ–सुनसरी औद्योगिक कोरिडोरका विद्युत्सम्बन्धी समस्याबारे छलफल गरेका हुन् । 

अध्यक्ष मुन्दडाले मोरङ–सुनसरी औद्योगिक कोरिडोर अन्तर्गत कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रमा ३३ केभिएलाइन जडान रहे तापनि हाल विद्युत् आपूर्तिमा हुने गरेको ट्रिपिङ, न्यून गुणस्तर तथा अनियमित विद्युत् आपूर्तिका कारण उद्योग सञ्चालन गर्न कठिनाइ भइरहेको तथा अधिकांश उद्योगले उत्पादन कटौती गर्न बाध्य भएको समस्या बताए ।

विद्युत् ट्रिपिङ एवं भोल्टेजको अस्थिरताबाट उद्योगका विद्युतीय उपकरणमा क्षति पुग्ने, उत्पादनको प्रक्रियामा रहेका एवं आवश्यक तापक्रम कायम गरी राखिएका कच्चा पदार्थ खराब भई खेर जाने तथा पुन:प्रक्रियामा ल्याउनु पर्ने आदि समस्याबाट उद्योगलाई ठूलो व्ययभार थपिने गरेको जानकारी दिए । 

वर्षायाममासमेत विद्युत् आपूर्तिमा कमी हुने गरेको, मर्मत सम्भारका कार्य सुस्त गतिमा हुने गरेको, विद्युत् प्राधिकरणबाट पूर्व सूचनाबिनै पटकपटक विद्युत् कटौती हुने गरेको समस्या विद्यमान रहेको जानकारी दिँदै अध्यक्ष मुन्दडाले विद्युत् आपूर्तिमा हुने गरेका त्यस्ता समस्याका कारण समग्र कोरिडोरकै उत्पादकत्वमा ह्रास आई अर्बौको निर्यात प्रभावित भएको र राजस्वसमेत गुमिरहेको बताए ।

उनले विद्युत् महुसुुल र डिमाण्ड शुल्कको दरमा लगातार वृद्धिका कारणसमेत उद्योगको लागत खर्च बढेको र त्यसको भार उपभोक्ता वर्गलाई समेत परिरहेकले प्राधिकरणले विद्यमान समस्याको शीघ्र समाधानका लागि ठोस् कदम चाल्नुपर्ने र औद्योगिक उत्पादनका लागत खर्च न्यूनीकरण हुने गरी गुणस्तरीय विद्युत् आपूर्तिको व्यवस्थापन गर्नुपर्ने सुझाव दिए । उद्योगी  र व्यापारीको समस्यामा प्राधिकरणले छिट्टै योजनासहित अघि बढ्ने प्राधिकरण प्रमुखले आश्वासन दिए  । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies