Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

जुम्ला खलङ्गा बजारस्थित विमानस्थल स्तरोन्नतिमा ढिलाइ

रासस

खलङ्गा । सदरमुकाम खलङ्गा बजारस्थित जुम्ला विमानस्थालको स्तरोन्नति हुन नसक्दा जहाज अवतरणमा समस्या भएको छ । स्तरोन्नतिका लागि बनाइएको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) पनि अलपत्र छ । दुई वर्ष पहिले नागरिक उड्ययन प्राधिकरण र बुद्ध एयरले डिपिआर बनाए पनि  अहिलेसम्म त्यसलाई कार्यान्वयनमा ल्याइएको छैन ।

डिपिआरमा विमानस्थल स्तरोन्ततिका लागि रु एक करोड भन्दाबढीको लागत अनुमान गरिएको थियो तर प्राधिकरणले यसमा चासो नदिएको स्थानीयवासी बताउँछन् । तत्कालीन पर्यटनमन्त्री स्व रवीन्द्र अधिकारीले ४० सिट क्षमताको जहाज अवतरण गर्न मिल्ने गरी विमानस्थल बनाउने बचन दिएका उनको  निधन पछि कसैको पनि ध्यान पुगेको छैन । साँघुरो धावनमार्गका कारण विमानस्थलमा जहाज अवतरणमा समस्या भइरहेको छ ।

विसं २०७५ जेठ २६ मा तारा एयरको जहाज जुम्ला विमानस्थलकै धावनमार्गमा दुर्घटनामा परे पनि मानवीय क्षति भने हुन पाएन ।  त्यसैबेला विमानस्थल स्तरोन्नतिका लागि पहल भएको र  प्राधिकरणको टोली पनि पटक–पटक जुम्ला पुगेर फर्के पनि कुनै काम भएको छैन । नेपालगञ्जदेखि जुम्लामा दैनिक न्यूनतम तीनदेखि पाँचवटा उडान हुने गरेको छ । साँघुरो धावनमार्गमा जोखिम मोलेरै भए पनि चालकले उडान भर्ने गरेको विमानस्थल कार्यालयले जनाएको छ ।

तारा एयरका पाइलट प्रभाकर घिमिरे धावनमार्ग जति लामो भयो उति नै सुरक्षित र भरपर्दो हुने बताए,  तर जुम्लालगायत हिमाली जिल्लाका धावनमार्ग धेरै लामा छैनन् । जोमिखका बीच पनि उडान तथा अवरतण गर्नुपर्ने बाध्यता भएको उनको भनाइ छ । 

यात्रुको चापलाई मध्यनजर गर्दा ठूलो जहाजकोे  आवश्यकता परेको  र  त्यसका लागि विमानस्थलको स्तरवृद्धि आवश्यक भएको विमानस्थलका प्रमुख प्रकाश शर्माले बताए  । हाल जुम्लालगायत डोल्पा, मुगु र हुम्लामा १८ सिटे जहाज सञ्चालमा  छन् । कर्णालीका अन्य जिल्लामध्ये जुम्लामा यात्रुको चाप अत्यधिक हुँदा   धेरैले टिकट नपाउने समस्या भएका कारण  विमानस्थलको स्तरोन्नति गरेर ठूला जहाज सञ्चालनको आवश्यकता भएको  रहेको उनको  भनाइ छ ।

जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा दुई वर्ष पहिले नै डिपिआर तयार भए पनि प्राधिकरण र बुद्ध एयरले अहिलेसम्म चासो नदिएको गुनासो गरे । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies