Khabar Dabali ३१ जेष्ठ २०८३ आईतवार | 14th June, 2026 Sun
Investment bank

बाढी प्रभावित मेलम्ची क्षेत्रमा बिजुली पुर्‍याउने पहल

खबरडबली संवाददाता
काठमाडौँ । सरकारले बाढीपहिरोका कारण विद्युत् विच्छेद भएको मेलम्चीमा वैकल्पिक उपाए अपनाएर बिजुली पुर्‍याउन पहल थालेको छ । 
 
पछिल्लो पटकको बाढीले इन्द्रावती–३ को हाइड्रो पावरको ६६ केभीको प्रसारण लाइनको टावरमा क्षति पुगेपछि त्यहाँ विद्युत् विच्छेद भएको थियो । गत असार १ गते आएको भीषण बाढीले हेलम्बुु, किउल र मेलम्ची बजारमा ठूलो क्षति पुर्‍याएको थियो । तीन ट्रान्समिसन लाइन बगाएको थियो ।
 
गत असारको क्षति मर्मत गरेको भए पनि यही साउन १६ गतेको बाढीले पुन: अर्को ठाउँमा दुई वटा टावर बगाएको थियो । मेलम्चीका जनता अँध्यारोमा बस्नुपरेको भन्दै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले वैकल्पिक उपाय अपनाएर विद्युत् जोड्न निर्देशन दिनुभएको हो । 
 
उहाँले विद्युत् प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक हरराज न्यौपाने, बागमती प्रादेशिक कार्यालयका प्रमुख श्रीराम राज पाण्डे र ग्रीड सञ्चालन विभागका निर्देशक सचितानन्द यादवलाई आज मन्त्रालयमा बोलाउनुभएको थियो ।
 
मेलम्ची वितरण केन्द्रका प्रमुख माधव न्यौपानेका अनुसार मेलम्ची खोलाको करिडोरमा बाटो र पुल बगाएको छ । उनका अनुसार पहिलो बाढीमा ४१४ वटा पोल बगाएको थियो र शनिबारको बाढीले झण्डै ४०र५० वटा पोल बगाएको छ । हाल मेलम्ची नगर र इन्द्रावती गापमा विद्युत् आपूर्ति गरिएको भए पनि पाँचपोखरी र हेलम्बुमा विजुली पुर्‍याउन सकिएको छैन । 
 
उहाँहरूले साँखु–जरसिंहपौवा–मेलम्चीको ११ केभी, बनेपा सिपाघाट इन्द्रावती हुँदै मेलम्ची र नुवाकोटको समुन्द्रटार मेलम्ची जोड्ने उपाय सुझाएका थिए । त्यसमा समुन्द्रटारबाट लैजानका केही समस्या देएिको बताएका थिए । 
 
उनले केही दिनमा वैकल्पिक बाटो प्रयोग गरेर विद्युत् जोड्न सकिने भए पनि क्यूलमा भने पोल पुर्‍याउन समस्या हुने मन्त्रीलाई जानकारी गराएका थिए । त्यसपछि मन्त्री भुसालले ऊर्जा सचिव देवेन्द्र कार्कीमार्फत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलाई सोलार जोड्न निर्देशन दिएका छन्। 
Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

स्वार्थ समूहको कब्जामा रहेको अर्थतन्त्रको बेथिति अब तोडिन्छ: अर्थमन्त्री डा.वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको अर्थतन्त्र र राज्यका निकायमा रहेका बेथिति र निहित स्वार्थ समूहको प्रभावलाई तोड्न सरकार दृढताका सा...

युवा पलायनको बाध्यता चिर्ने सुरुवात बजेटबाट भएको छ: अर्थमन्त्री डा. वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवा रोजगारी र आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता अन्त्य गर्ने कार्यको सुरुवात आगामी आर्थिक वर्ष...

नेतृत्वले आफ्नै सहकर्मीमाथि गरिएको व्यवहार निन्दनीय छ : सिटौला

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला ले पार्टीभित्र बढ्दो आन्तरिक कलह, कार्यशैलीगत समस्या र महाधिवेशनसम्बन्धी अन्योललाई तत्काल अन्त्य ...

कांग्रेसमा गहिरिँदो विवाद: पार्टी फुटिसकेको शशांक कोइरालाको दाबी

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। आइतबार विराटनगरमा संस्थापन इतर पक्षले ‘...

दुर्गा प्रसाईंको नेतृत्वमा नयाँ राष्ट्रवादी पार्टी बन्ने

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी परित्याग गरेका नेता डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डा स्थापित गर्न नयाँ राष्ट्रवादी पार्...

कांग्रेसलाई इतिहासकै कमजोर बनाउने खलनायकनै गगन हो, उहाँबाट पार्टी मिल्छ भनेर के आश गर्ने ?

विराटनगर । नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेत ले विशेष महाधिवेशनबाट बनेको वर्तमान नेतृत्वले पार्टीलाई इतिहासकै कमजोर अवस्थामा पुर्‍याएको आरोप लग...

'मलाई बोल्न दे सरकार, भारतीय साम्राज्यवाद मुर्दावाद' भन्दै विद्यार्थी सङ्गठनको विरोध प्रदर्शन

काठमाडौं । काठमाडौँको माइतीघर मण्डलामा माइतीघर मण्डलामा वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन नेपालले विरोध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा उनीह...

काठमाडौं महानगरको नयाँ नीति तथा कार्यक्रम: विपद् व्यवस्थापनदेखि खानेपानी र सहरी योजनामा जोड

काठमाडौं । काठमाडौं महानगरपालिका ले आगामी आर्थिक वर्षका लागि सहरी विकास, विपद् व्यवस्थापन र सार्वजनिक सेवासम्बन्धी महत्वपूर्ण नीति तथा कार्यक्रम अघि स...

असार १ र २ गते प्रतिनिधिसभामा मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत मन्त्रालयगत विनियोजन शीर्षकमाथि आगामी असार १ र २ गते छलफल हुने भएको छ। मन्त्रालयगत छलफलका क्र...

रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र नतिजा बदर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कैलाली जिल्ला अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचन प्रक्रिया तथा त्यसको नतिजा बदर गरिएको छ। रास्वपाक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending