Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

बझाङकाे विभिन्न स्थानीय तहमा ४ वर्षमा ५६ बर्थिङ सेन्टर निर्माण

रासस

बझाङ । बझाङ जिल्लाका विभिन्न स्थानीय तहमा चार वर्षको अवधिमा ५६ वटा बर्थिङ सेन्टर निर्माण भएका छन् । स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका र कम जनसङ्ख्या भएका ठाउँमा ११ वटा स्थानीय तहले बर्थिङ सेन्टर निर्माण गरी सेवा प्रवाह गरिरहेका छन् । 

थलारा गाउँपालिका र बुङ्गल नगरपालिकामा छ/छ वटा, सुर्मा, छविसपाथीभेरा, मष्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकामा तीन/तीन वटा, साइपाल र खप्तडछान्ना गाउँपालिकामा पाँच/पाँच वटा, तलकोट र दुर्गाथली गाउँपालिकामा सात/सात वटा र वित्थडचिर गाउँपालिकामा आठ वटा गरी ११ वटा स्थानीय तहले जिल्लाभर ५६ वटा बर्थिङ सेन्टर निर्माण गरी सेवा सञ्चालन गरेका हुन् । केदारस्युँ गाउँपालिकामा स्थानीय तह हुनुभन्दा अगावै बर्थिङ सेन्टर सञ्चालनमा आइसकेको गाउँपालिका उपाध्यक्ष निशा धामीले बताए । स्थानीय तहका अनुसार पालिकाका वडालाई लक्षित गरेर बर्थिङ सेन्टर स्थापना भएका हुन् । 

गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि घरमा सुत्केरी हुनेको सङ्ख्या घटेको छ । यसअघि बर्थिङ सेन्टर गाउँमा नभएको र स्वास्थ्यचौकी टाढा हुँदा घरमै सुत्केरी हुने गरेका थिए । गाउँमा बर्थिङ सेन्टर स्थापना भएपछि सहज भएको छविसपाथिभेराकी सरिता धामीले बताए । उनले भने, “बर्थिङ सेन्टर स्थापना हुनुअघि तीन घण्टा हिँडेर लेकगाउँ स्वास्थ्यचौकी पुग्नुपथ्र्यो । अहिले २० मिनेटमै सामुदायिक स्वास्थ्य एकाइमा पुगिन्छ ।” आफ्नै गाउँघरमा बर्थिङ सेन्टर स्थापना भएपछि सुरक्षित तरिकाले सुत्केरी गराउन पाउँदा खुशी भएको धामीको भनाइ छ । 

बर्थिङ सेन्टरको अभावमा सुत्केरी व्यथाबाट छट्पटाइरहेका बझाङका महिलालाई अन्यत्र जानुपर्ने बाध्यताका कारण ज्यानसमेत गुमाउनुपर्ने अवस्था रहेकोमा अब गाउँमै बर्थिङ सेन्टर स्थापना भएपछि ९० प्रतिशत महिलाले यो समस्याबाट निदान पाएको वित्थडचिर गाउँपालिकामन प्रवक्ता हर्क धामीले बताए । उनले भने, “आफ्नै गाउँमा नयाँ बर्थिङ सेन्टर स्थापना भएपछि यहाँका महिलाले नयाँ जीवन पाएका छन् । बर्थिङ सेन्टरमा प्रतिमहिना २५ देखि ३० महिला नियमित चेकजाँच तथा सुत्केरी गराउन आउने गरेका छन् ।” 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy