Ntc summer Offer
Khabar Dabali ८ आश्विन २०८१ मंगलवार | 24th September, 2024 Tue
NIMB

बढ्यो कोरोना : रेडक्रसद्वारा स्वास्थ्यकर्मीका लागि स्वास्थ्य सुरक्षा सामग्री वितरण

रासस

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले कोभिड–१९ का महामारीमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सुरक्षार्थ आवश्यक स्वास्थ्य सुरक्षा सामग्री वितरण पुन:शुरुआत गरेको छ । बुधबार मात्र चारहजार १०७ मा कोरोना पुष्टि भएको थियो ।

दि कोकाकोला फाउण्डेशनसँगको साझेदारीमा सोसाइटीले त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, सशस्त्र प्रहरी अस्पताल बलम्बु तथा नेपाल मेडिकल एशोसिएशनलाई मास्क, पञ्जा तथा स्यानिटाइजरलगायतका सामग्री वितरण गरेको हो । हस्तान्तरित सामग्री १२ हजार ५०० सर्जिकल मास्क, पाँचहजार पञ्जा, ९६० बोतल स्यानिटाइजर छन् । कोरोनाको पहिलो लहरमा पनि ती दुई संस्थाका सहकार्यमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई ती सामग्रीसहित सात भेन्टिलेटर वितरण गरिएको सोसाइटीका महामन्त्री पीताम्बर अर्यालले जानकारी दिए ।

नेपाल रेडक्रस, आइएफआरसीको मुख्यालय जेनेभा तथा विभिन्न देशमा रेडक्रसको देशीय निर्देशक भइ मानवीय सेवामा लामो अनुभव सम्हालेको उनले बताए, “महामारी रोमथामको एकमात्र उपाय खोपनै हो । खोप उत्पादन गर्ने देशबाट धेरैभन्दा धेरै मात्रा खोप ल्याई सङ्कटासन्न समुदायका पहुँचमा खोप पुर्‍याउन मैले प्राथमिकता दिएको छु ।यसका लागिखोप उत्पादक देश अमेरिका, चीन र बेलायतले आफ्ना रेडक्रसमार्फतनेपाल रेडक्रसलाईनि:शुल्क खोप प्रदान गर्न शुरुआत गरेका छन् । चिनियाँ रेडक्रसमार्फत नेपाल रेडक्रसलाई एकलाख मात्रा खोप आउँदैछ ।”

सोसाइटीले महामारीको शुरुआती चरणदेखि यसका रोकथाममा उच्च प्राथमिकता दिई समुदायमा काम गरिरहेको छ । उसले आफ्ना अधिकांश कार्यक्रमलाई महामारी नियन्त्रणमा लगाएको छ । मास्क, स्यानिटाइजर, पिपिइ, शव व्यवस्थापन झोला, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीलाई तालिम तथा कोभिड उपचारका लागि अस्पतालमा आवश्यक पर्ने सामग्रीसरकारलाई सहयोग गर्दै आएको छ । साथै कोभिडबाट जोगिने उपायका बारेमा जनचेतना,क्वारेन्टिन तथा होल्डिङ सेन्टर, मनोसामाजिक परामर्श, अनाथ बालबालिका तथा ज्येष्ठ नागरिकलाई आर्थिक सहयोग तथाआवश्यक ब्ल्याङ्केट, तारपोलियन र स्वास्थ्य तथा सरसफाइका लागि आवश्यक सामग्रीसमेत उपलब्ध गराएको थियो । 

सोसाइटीका स्वास्थ्य सेवा विभागका निर्देशक डा मनिता राजकर्णिकार र कोकाकोलाका कन्ट्री सप्लाई चेन डाइरेक्टर के दुराई मुरुङ्गनले संयुक्तरूपमा शिक्षण अस्पतालका प्राडा रमेश महर्जन, सशस्त्र प्रहरी अस्पतालका उपनिर्देशक डा मीना कुँवर र एशोसिएशनका अध्यक्ष डा लोचन कार्कीलाई छुट्टाछुट्टै कार्यक्रममा सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा निर्देशक डा राजकर्णिकारले भने, “नेपाल रेडक्रस र दि कोकाकोला फाउण्डेशनको यो साझेदारी कोरोना भाइरसलाई नियन्त्रण गर्ने , अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी तथा स्वयंसेवकको संरक्षण गर्ने र‘स्टप दि स्प्रिड’ अभियानलाई मूर्तरुप दिने प्रयास हो ।” 

सशस्त्र प्रहरी अस्पतालका उपनिर्देशक डा कुँवरले महामारीबाट आम नागरिकलाई सुरक्षित राख्न अथक परिश्रम गरिरहेका स्वास्थ्यकर्मीलाई दैनिक प्रयोग हुने सामग्री धैरे मात्रामा खपत रहने चर्चा गर्दै प्राप्त सामग्रीले थप ऊर्जा प्राप्त गर्ने बताए ।

एशोसिएशनका अध्यक्ष डा कार्कीले सोसाइटीले महामारीका समयमा अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको व्यक्तिगत स्वास्थ्य सुरक्षामा पुर्‍याउँदै आएको सहयोग प्रशंसनीय छ भने । यस्तै पाटन अस्पताल लगनखेल, जनमैत्री अस्पताल बालाजुमा कार्यरत स्वास्थ्यकर्मीलाई पनि व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तण गरिने निर्देशक डा कर्णिकारले जानकारी दिए । उनका अनुसार साझेदारीअन्तर्गत रक्तसञ्चार सेवाका प्राविधिक, स्वास्थ्य कर्मचारी र एम्बुलेन्स चालकलाई सामग्री सहयोग गरिने जनाइएको छ ।

सरकारले सञ्चालन गरिराखेको खोप केन्द्रमा सोसाइटीका स्वंयसेवक परिचालित छन् । सोसाइटीका सञ्चार अधिकृत कृष्ण नेपालले विभिन्न उमेर समूहका अतिविपन्न अपाङ्गता भएका व्यक्तिलाई खोपको सहज पँहुचका लागि यातायातको समेत व्यवस्थापनका लागि सोसाइटी र कोकाकोलाका बीचमा साझेदारी भएको बताए । 

सो साझेदारीमा बागमती प्रदेशका काठमाडौँ, भक्तपुर, ललितपुर, चितवन, धादिङ र गण्डकी प्रदेशको कास्की, तनहँु, गोरखा, लमजुङ र नवलपरासीपूर्वका जिल्लामा कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । सोही अभियानअन्तर्गत ती जिल्लाका ३१ हजार लाभान्वित हुने जनाइएको छ । महामारी सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सोसाइटीले स्वास्थ्य, सरसफाइ, जोखिम सञ्चार, सामुदायिक संलग्नता, संरक्षण तथा क्वारेन्टिन सहयोग,खोप व्यवस्थापनलगायत विभिन्न क्षेत्रमा सरकार, स्थानीयतहलाई सहयोग गरिराखेको छ ।यसका लागि सोसाइटीले रेडक्रसको अन्तर्राष्ट्रिय महासङ्घ,विभिन्न निकाय, दाता र साझेदारसँग मिलेर मानवीय सेवा गरिरहेको छ । 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy