Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

जन्मदेखि फाँसीसम्मः थाहा पाउनुस् चार्टर्ड अकाउन्टेन्ट याकूबको कहानी

\"khet-750\"नयाँ दिल्ली । सन् १९९३ बम ब्लास्टका दोषी याकूब मेमनलाई उनको जन्मदिनमा नै बिहिबार बिहान फाँसी दिइयो । फाँसीभन्दा पहिले याकूब बच्नका लागि हरसम्भव प्रयास गरे तर उनी बच्न सकेनन् । पेशागत रुपमा चार्टर्ड अकाउन्टेन्ट याकूब मेमनले मुम्बईको इलाकामा श्रृङ्खलाबद्ध हमला गरेर सैयौं मानिसहरुलाई मृत्युको मुखमा पुर्याएका थिए । याकूब मेमन भारतका मोस्ट वान्टेड डन टाइगर मेमेनका भाइ हुन् । याकूबको पूरा नाम याकूब अब्दुल रज्जाक मेमन हो जो इन्दिरा गान्धी ओपन युनिभर्सिटीबाट मास्टर्सको पढाइ गरिरहेका थिए । पछिल्लो वर्ष याकूब मेमनले एमए द्वितीय वषको परीक्षा दिएका थिए । याकूबले सन् २०१३ मा इग्नूबाट अंग्रेजीमा स्नातकको डिग्री हाँसिल गरेका थिए । त्यसपछि याकूबले पोलिटिकल साइन्स पनि फेरी स्नातक गरिरहेका थिए । मुम्बईमा सन् १९९३ मार्च १२ मा भएको श्रृङ्खलाबद्ध बम बिस्फोट भएको थियो, जसमा २५७ मानिसहरुको मृत्यु भएको थियो । यो बम बिस्फोटमा कथित रुपमा दाउद इब्राहिम, टाइगर मेमन र उनका भाइ अयुब मेमेन मुख्य षड्यन्त्रकारी थिए र उनीहरुलाई मोस्ट वान्टेड अपराधी घोषित गरियो । \"Yakub-Memon-wife-01-1437720229-750\"सन् २००७ २७ जुलाईमा टाडा कोर्टले याकूबलाई आपराधिक षड्यन्त्रको दोषी ठहर्याउँदै मृत्युदण्डको सजायँ सुनाएको थियो । त्यसपछि उनले बम्बे हाइकोर्ट, सुप्रिम कोर्ट र राष्ट्रपतिसम्म अपिल गरे तर उनले केही राहत पाएनन् । मुम्बई हमलाको षड्यन्त्रमा त संलग्न भएको तर घटनामा आफ्नो संलग्नता नहरेको उनले कोर्ट सामू बताउँदै आएका थिए । यो विषयमा विशेष टाडा कोर्टले १० अन्य दोषीलाई पनि मृत्युदण्डको सजायँ सुनाएको थियो तर सुप्रिम कोर्टले त्यसलाई जन्मकैदमा परिवर्तन गरिदियो । मुम्बई हमला हुनुभन्दा दुई दिन अघि याकूब आफ्नो परिवारसहित भारतबाट भागेको बताइएको छ । उनी पाकिस्तानको बाटो हुँदै दुबई पुगेको अनुमान थुप्रैले गरेका थिए । उनी १८ महिनासम्म दुबई र पाकिस्तानमा बसेका थिए । सन् १९९४ को अगस्ट ५मा याकूबलाई पक्राउ गरियो । यद्यपी, याकूबले २८ जुलाईमा नेपालमा आत्मसमर्पण गरेको दाबी गरेका थिए । ३० जुलाईमा १९६२ मा जन्मिएका याकूब मेमन डी कम्पनीका सबैभन्दा ठूला हितैषी थिए । उनलाई मुम्बई हमलाका मुख्य योजनाकार पनि मानिन्छन् । याकूब बाल्यकालदेखि नै पढ्नमा निकै तेज थिए जो उनको परिवारमा सबैभन्दा पढे–लेखेका थिए । \"Yakub-Memon-wife-01-1437720229-750\"चार्टर्ड अकाउन्टेन्ट उनी आफ्नो दाइ टाइगर मेमेको गैर कानुनी धन्दाको हिसाब किताब राख्ने गर्दथे । याकूबकी श्रीमती राहिनका अनुसार आफूले छोरीको जन्माउने दिन नजिक आएका कारण आफूहरु हतारिँदै सन् १९९४ जुलाई १४ तारिखमा भारत आएको बताएकी छिन् ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies