बनेपा । ज्येष्ठ नागरिकप्रति स्थानीय सरकार कति जिम्मेवार बन्नुपर्छ भन्ने उदाहरण काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले पुष्टि गरेको छ । अहिले उनीहरुलाई नगरपालिकाले कोरोना विरुद्धको खोप घरघरमा लगाइ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
नमोबुद्ध –८ का १०२ वर्षीय अमन्तीनाथ हुमागाईँले आफ्नै निवासमा सोमबार कोभिशिल्डको दोस्रो मात्रा खोप लगाएपछि भने “ आज म खुशी छु । नगरपालिकालाई धन्यवाद दिन चाहन्छु ।” उनलाई नगरपालिकाको स्वास्थ्यकर्मी टोलीले घरमै पुगेर खोप लगाइदिएको थियो । सोही अवसरमा नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले उनलाई खोप कार्ड प्रदान गर्दै ६५ वर्षदेखि १०२ वर्षसम्मका नागरिकलाई घरमै पुगे खोप लगाउने व्यवस्था मिलाएको जानकारी दिए ।
नगरप्रमुख तिमल्सिना स्वास्थ्यकर्मी लिएर ज्येष्ठ नागरिकको घरघरमा पुगेर खोप लगाउने अभियानमा तल्लीन छन । नगरपालिकाले गत फागुन २३ देखि २९ गतेसम्म पनि पहिलो चरणको खोप अभियानका शुरुआत गरेको थियो । नगरपालिकामा ६५ वर्षमाथि एक हजार ७०७ नागरिक रहेका बताइएको छ । नगरका ११ वटै वडामा खोप केन्द्र तोकिएको छ उनले भने, “कोही नागरिक खोपबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यसहित अभियान चलाइरहेका छौँ ।” नगरपालिकाले ज्येष्ठ नागरिकलाई खोपसँगै मास्क, स्यानिटाइजर र च्यावनप्रासलगायतका स्वास्थ्य सामग्रीसमेत वितरण गरेको छ ।
आइसोलेसनमा बिरामीको चाप बढ्यो
पछिल्लो समय कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्या बढ्न थालेसँगै नमोबुद्ध–४ मा स्थापना गरिएको आइसोलेशन केन्द्रमा सङ्क्रमितको चाप बढेको छ । पछिल्लो एक सातामा केन्द्रमा लक्षणसहितका बिरामीको चाप ह्वात्तै बढेको बताइएको छ । नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाद्वारा संयुक्तरूपमा सञ्चालन गरिएको केन्द्रमा हाल १४ कोभिडका बिरामी रहेको केन्द्रका प्रमुख मथुरा सत्यालले जानकारी दिए । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार सोमबार मात्रै ७५ जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
जेष्ठ १२ गते, २०७९ - ११:०४
बेनी । म्याग्दीका ६ स्थानीय तह र ४५ वडाको नेतृत्वमा महिला सहभागिता शून्य भएको छ । विसं २०७४ को स्थानीय तह निर्वाचनमा म्याग्दीमा एक पालिका प्रमुखसहित द...
जेष्ठ १२ गते, २०७९ - १०:४६
लिस्बन । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुनलाई पोर्चुगलमा सम्मान गरिएको छ । युरोप भ्रमणमा रहेका डा पुनलाई म्याग्...
जेष्ठ १२ गते, २०७९ - १०:१७
काठमाडौँ । लामोसाँघु–जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटनामा परी एक वृद्धाको मृत्यु भएको छ । गए राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्...
जेष्ठ ११ गते, २०७९ - १६:००
ट्युनिस । लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन्...
जेष्ठ ११ गते, २०७९ - १५:५३
गण्डकी । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जन भावनालाई आत्मसात गर्दै क्रियाशील बन्न नवनिर्वाचित स्थानीय तहका पदाधिकारीलाई आग्रह गरेका छन...
जेष्ठ ११ गते, २०७९ - १५:०९
गलकोट । नयाँ शैक्षिक सत्र प्रारम्भ भइसक्दासमेत बागलुङमा पाठ्यपुस्त प्रर्याप्तरुपमा भित्रिएका छैनन् । गत वैशाख २५ गतेदेखि जिल्लामा पठनपाठन सुरु भए पनि ...
जेष्ठ ११ गते, २०७९ - १४:४५
नयाँदिल्ली । भारत २४ घण्टाको समयावधि अर्थात मङ्गलबार मध्यरातिसम्म दुई हजार १२४ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कूल सङ्क्रमतिको सङ्ख्या चार कर...
जेष्ठ ११ गते, २०७९ - १४:३१
बनियानी । डिभिजन कार्यालय झापाले यस वर्ष करिब पाँच लाख बिरुवा वितरण गर्ने भएको छ ।फलफूल र बहुमूल्य प्रजाति गरी चार लाख ९५ थान बिरुवा वितरण गर्न लागि...
जेष्ठ ११ गते, २०७९ - १४:०९
सोल । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्...
जेष्ठ ११ गते, २०७९ - १३:५३
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका २७ वडामा मत परिणाम सार्वजनिक भएको छ भने बाँकी वडामा गणना कार्य जारी छ । यसरी मत परिणाम सार्वजनिक हुनेमा वडा न...
प्रतिकृया लेख्नुहोस्: