काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले कोही कसैलाई आक्षेप लगाउने र पूर्वाग्रह राखेर आफूले यथार्थपत्र नल्याएको स्पष्ट पारेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसदले राखेका जिज्ञासाको जवाफमा अर्थमन्त्री शर्माले भने, “यो आग्रह पूर्वाग्रह र आक्षेप लगाउने विषय होइन, मुुलुकको अर्थतन्त्रको वास्तविक तस्विर पेश गरिएको छ ।” आफूले जस्ताको तस्तै तथ्य प्रस्तुत गरेको उल्लेख गर्दै उहाँले अघिल्लो सरकारले गरेको कामलाई समेत यथार्थपत्रमा प्रस्तुत गरेको स्पष्ट पारे ।
कोरोनाविरुद्धको खोप अहिलेसम्म के कति आयो र कतिले लगाए भन्ने तथ्याङ्क यथार्थपत्रमा राखिएको मन्त्री शर्माको भनाइ थियो । “तथ्याङ्क बङ्ग्याउने काम भएको छैन”, उनले भने, “यो प्रतिशोधपत्र होइन, देशको ऐना हो ।” कोरिया जानबाट वञ्चित युवाका विषयमा सम्बन्धित पक्षसित आवश्यक छलफल भइरहेको मन्त्री शर्माले बताए । उक्त विषयमा कोरियाली राजदूतसित समेत छलफल भएको उनले स्पष्ट पारे ।
सरकारले कोरोनाको तेस्रो लहर आउनेतर्फ सचेतता अपनाएको स्पष्ट पार्दै मन्त्री शर्माले त्यसका लागि १९ अर्ब बजेट छुट्टयाइएको जानकारी दिए । उनले कोरोना प्रभावितका लागि छिट्टै आर्थिक प्याकेज ल्याउने तयारीमा सरकार रहेको उल्लेख गरे । सरकार आयात कम गर्न उत्पादन केन्द्रित अभियान सञ्चालन गर्ने तयारीमा रहेको मन्त्री शर्माले सुनाए ।
यसअघि सांसदहरु महेश बस्नेत, खगराज अधिकारी, प्रेम सुवाल, राजेन्द्रकुमार केसी, पदम गिरी, गजेन्द्रबहादुर महत, देवेन्द्रराज कँडेल, पुष्पा भुसाल, मनकुमारी जिसी, पार्वता डिसी चौधरी, दिव्यमणि राजभण्डारी, प्रकाश रसाइली स्नेही, अमनलाल मोदी, लक्ष्मी परियार, मीनबहादुर विश्वकर्मा, मोहन पाण्डे र लालबहादुर थापाले यथार्थपत्रका बारेमा जिज्ञासा राखेका थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र १ गते, २०८२ - २१:२२
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फ प्राप्त ५७ सिटका लागि उम्मेदवारहरूको नाम निर्वाचन आयोग...
चैत्र १ गते, २०८२ - २१:२०
काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम सार्वजनिक भएसँगै संघीय लोकतान्त्रिक मोर्चाले जारी गरेको विज्ञप्तिले राष्ट्रिय राजनीतिमा नयाँ बहस जन्मा...
चैत्र १ गते, २०८२ - २०:४३
गोरखा । गोरखाको सहिद लखन गाउँपालिका–३ कानटार नजिकै भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ। प्र...
चैत्र १ गते, २०८२ - २०:३४
विराटनगर । मोरङको जहदामा आइतबार साँझ भारतीय नम्बर प्लेटको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जहदा गाउँपालिका–१ भुटाहामा साँझ ६ः२० बजेतिर ...
चैत्र १ गते, २०८२ - १९:४७
बागलुङ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेश अध्यक्ष नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । प्रलोपाका केन्द्रीय सदस्...
चैत्र १ गते, २०८२ - १९:२९
काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु प्रधानमन्त्री शुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका छन् । कांग्रेस सभापति गगन थापा, उपसभापतिद्वय विश्वप्र...
चैत्र १ गते, २०८२ - १९:२७
दोधारा चाँदनी (कञ्चनपुर) । कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज भीमदत्त नगरपालिका–४...
चैत्र १ गते, २०८२ - १९:२६
काठमाडौं । मजदुरहरूले वर्षौँको पसिनाबाट जोगाएर जम्मा गरेको बचत रकम अलपत्र परेको छ। मजदुर शहीद स्मृति उपभोक्ता सहकारी संस्था लिमिटेड लामो समयदेखि बन्द ...
चैत्र १ गते, २०८२ - १९:२२
ग्यास अभाव कि व्यवस्थापनको कमजोरी ?
चैत्र १ गते, २०८२ - १९:०९
काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिक प्रणालीबाट प्रतिनिधिसभा सदस्य चुनिने व्यक्तिहरूको नाम निर्वाचन आयोगमा बुझाएको छ। आइतबार पार्टी केन्द्रीय का...


प्रतिकृया लेख्नुहोस्: