काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको दिशानिर्देशमा युवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।
‘अन्तर्राष्ट्रिय युवा दिवस’ का अवसरमा राष्ट्रिय युवा परिषदद्वारा आज आयोजित भर्चुअल कार्यक्रममा शुभकामना दिदै उनले युवाको विचारले नै मुलुक र भावी सन्ततिको भविष्यको रेखा कोर्ने बताएका हुन् ।
प्रधानमन्त्री देउवाले युवाको नयाँ सोच, जाँगर र मेहेनतलाई सरकारले सदैव उच्च प्राथमिकतामा राखेको बताए । समुन्नत मुलुक बनाउने सरकारको योजनामा आ–आफ्नो ठाउँबाट हातेमालो गर्न सबैलाई आह्वान गर्नुहुँदै उनले सूचना प्रविधिको विकाससँगै युवालाई थप सिर्जनशील क्षेत्रमा काम गर्ने वातावरण बनाउन सरकार प्रतिबद्ध छ भने । प्रधानमन्त्री देउवाले नेपाली युवालाई विकसित देशको परिकल्पनामा योगदान गर्न सकिने नवीन क्षेत्रको पहिचान गरी सरकारलाई सुझाव दिन र समुन्नत मुलुक निर्माणमा आ–आफ्नो क्षेत्रबाट योगदान पुर्याउनसमेत अनुरोध गरे ।
युवालाई राज्यका हरेक गतिविधिमा सहभागी हुन आह्वान गर्नुहुँदै उनले यस दिवसले विश्वभरका सबै जात, धर्म, लिङ्ग तथा समुदायका युवालाई जोड्न महत्वपूर्ण भूमिका खेलेको बताए । प्रधानमन्त्री देउवाले युवामा रहेको क्षमता उजागर गर्ने मौका प्रदान गर्दै दिगो विकास लक्ष्यको सार्थक साझेदारका रूपमा युवा सहभागितालाई अगाडि बढाउने बताए ।
‘खाद्य प्रणालीमा रुपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ नेपालमा पनि यो दिवस मनाउन थालिएको छ । परिषद्ले आयोजना गरेको कार्यक्रममा लोकदोहोरी प्रतियोगिताका विजयलाई पुरस्कारसमेत प्रदान गरिएको थियो ।
विश्वमा सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवस मनाइरहेको बेला नेपालमा भने २००४ देखि मनाउन थालिएको हो । कार्यक्रममा युवा तथा खेलकुद मन्त्रालयका सचिव कमलप्रसाद पोखरेलले युवाको क्षमता विकासका लागि सरकारले विभिन्न कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या देखिएको बताए । उनले युवाको क्षमतालाई सीपअनुसार उद्यमशीलतासँग जोड्नुपर्ने बताए ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमले युवालाई स्वदेशमा नै रोजगारी दिनसके दैनिक एक हजारको सङ्ख्यामा युवा विदेशिनु नपर्ने अवस्था आउने बताउँदै युवाको जोश र जाँगरलाई मुलुकमा नै खचिर्ने वातावरण बनाउनुपर्ने उल्लेख गरे ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...




प्रतिकृया लेख्नुहोस्: