सर्लाही । बागमती नगरपालिका– ६ राजघाट पञ्चमुखी चोकमा रहेको घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी माछा फार्म प्रदेश नं २ कै उत्कृष्ट फार्मका रुपमा परिचित भएको छ । उनीहरुले राजघाटमा व्यावसायिक रुपमा करिब तीन वर्ष पहिला कृषि तथा पशुपक्षी माछा फार्म सुरु गरेका थिए ।
उनीहरुले अहिले करिब रु ५० लाखको लागतमा घिमिरे दाजुभाइ कृषि तथा पशुपक्षी फार्म सञ्चालन गरेका छन् । अहिले उक्त फार्म करिब रु एक करोड ५० लाखको भइसकेको छ । करिब चार बिघा क्षेत्रफलमा आधुनिक तरिकाले फार्म बनाएर एक हजार लोकल र ब्रोइलर कुखुरा, ५३ राँगा पाल्न थालेका उनीहरुले १० हजार माछा पनि थपेका छन् । करिब ५० हजार माछा पाल्नका लागि पोखरी निर्माण गरी रहेको फार्मका सञ्चालक रामप्रसाद घिमिरेले बताए ।
उनीहरुले आफ्नो बगैँचामा विभिन्न प्रजातिका फलफूल तथा अमूल्य जडीबुटी र लोप हुन लागेका बिरुवा पनि लगाएका छन् । सुरुमा खर्च रकम धेरै लाग्ने डर रहेको भए पनि विस्तारै त्यो समस्या समाधान भएको र आफ्नो फार्म हेर्न आउने युवा नेपालमै बसेर केही गर्न सकिने रहेछ भन्ने मनसाय बनाएर फर्किने गरेका घिमिरेको भनाइ छ । जिल्लामै एक नमूना फार्म निर्माण सुरु गरेर चार घिमिरे दाजुभाइले प्रशंसनीय कार्य गरेका वडाध्यक्ष खड्गबहादुर राईले बताए ।
उक्त फार्म विस्तार गर्दै स्थानीय युवालाई स्वरोजगार बनाउने विषयमा नगरपालिकाले सकेको सहयोग गर्ने नगर प्रमुख भरतकुमार थापाले जानकारी दिए । उनका अनुसार कृषिलाई आधुनिक तरिकाले गर्ने र युवालाई रोजगारी दिने उक्त फार्मको लक्ष्य पूरा गर्न आवश्यक सबै प्रकारका सहयोग गर्न नगरपालिका तयार छ । एउटै घरका रामप्रसाद घिमिरे, चेतन घिमिरे, सरोज घिमिरे र यामप्रसाद घिमिरेले मिलेर सो फार्म सञ्चालन गरेका हुन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष २९ गते, २०८० - २०:३२
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्। चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...
पौष २९ गते, २०८० - २०:१२
काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...
पौष २९ गते, २०८० - १८:५१
काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...
पौष २९ गते, २०८० - १८:४८
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ। कामपाको प्रमुख बालेन्द्र शाह (बालेन) का अध्यक्षताम...
पौष २९ गते, २०८० - १८:४१
काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...
पौष २९ गते, २०८० - १८:२९
मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...
पौष २९ गते, २०८० - १८:२६
काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...
पौष २९ गते, २०८० - १८:२०
चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...
पौष २८ गते, २०८० - १९:३१
सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...
पौष २८ गते, २०८० - १९:२५
सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...
प्रतिकृया लेख्नुहोस्: