Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

दुग्ध उत्पादन बढाउन भैँसीपालक किसानलाई १५ लाख ६० हजार अनुदान उपलब्ध

रासस

गोरखा । पालुङटार नगरपालिका क्षेत्रभित्र दूध उत्पादन बढाउन पाँच भैँसीपालक किसान समूहलाई आर्थिक अनुदान सहयोग उपलब्ध गराइएको छ । मध्यपहाडी लोकमार्ग दुग्ध उत्पादन कार्यक्रमअन्तर्गत नगरपालिकाभित्रका छनोटमा परेका समूहका ४८ किसानलाई रु १५ लाख ६० हजार अनुदान उपलब्ध गराइएको नगरपालिकाका पशु शाखाका प्रमुख रामप्रसाद देवकोटाले जानकारी दिए ।

“सबै किसानले गोठमा भैँसी ल्याएपछि प्रत्येकलाई खरिदबापत रु ३० हजार तथा ढुवानीबापत रु दुई हजार ५०० अनुदान रकम उपलब्ध गराइएको हो”, उनले भने, “सङ्घीय सरकारको सर्शत् कार्यक्रम भएकाले नगरपालिकाले पनि साझेदारी कार्यक्रमअन्तर्गत दुई प्रतिशत सहुलियत ब्याजदरमा प्रत्येक किसानलाई रु ५० हजार ऋण सहयोग उपलब्ध गराएको छ ।”

नगरपालिका क्षेत्रमा दूधको माग बढी हुने गरेको भए पनि व्यावसायिक रुपमा उत्पादनमा लाग्ने किसान न्यून भएकाले प्रोत्साहनका लागि अनुदान कार्यक्रम सञ्चालन गरिएको उनले बताए । “विशेष गरी नगरपालिकालाई दूधमा आत्मानिर्भर बनाउने कार्यक्रमको लक्ष्य हो”, प्रमुख देवकोटाले भने, “दूधको माग बढी छ, तर व्यावसायिक रुपमा उत्पादनका लागि पशुपालन गर्ने किसानको सङ्ख्या न्यून भएकाले व्यावसायिक दूध उत्पादनमा सहयोग पुर्‍याउन कार्यक्रम सञ्चालन गरिएको हो ।”

अनुदान उपलब्ध गराउनु अघि शाखाबाट प्रत्येक किसानको घरघरमा पुगेर भैँसी पाल्नका लागि घाँस, गोठको अवस्थाका बारेमा समेत अनुगमन गरिएको उनले जानकारी दिए । अनुदान उपल्ब्ध गराएका भैँसीपालक समूहबाट दूध उत्पादन सुरु भइसकेको प्रमुख देवकोटाले बताए  ।

कार्यक्रमअन्तर्गत वडा नं ४ ठाँटीचौरस्थित ठाँटी चौर भैँसीपालन समूह र वडा नं ५ माँझखोरस्थित श्री लिगलिग पशु कृषि सामुदायिक समितिका गरी २० किसानलाई अनुदान उपलब्ध गराइएको उनले बताए  । 

त्यस्तै वडा नं ५ माँझखोरस्थित श्री नौखोर पशुपालक किसान समूह, वडा नं १ को ज्योति चौतारामा रहेको श्री ज्योति दुग्घ संस्थान किसान समूह र वडा नं १० लप्सी चौरस्थित श्री मिलिजुली पशुपालन समूहमा आवद्ध भएका २८ किसानलाई अनुदान रकम उपलब्ध गराइएको उनले जानकारी दिए । 

प्रमुख देवकोटाले भैँसी खरिद ढुवानीमा प्रदान गरिएको बाहेक प्रत्येक भैँसीपालक किसान समूहलाई रु पाँच हजारका दरले समूह सञ्चालनका लागि खर्च रकम प्रदान गरिएको बताए । समूहगत रुपमा कार्यक्रम सञ्चालन गरिएकाले सबै समूहले समूह दर्ता गरी नियमित रुपमा सञ्चालन गर्न सहयोग पुगोेस् भनेर आर्थिक सहयोग उपलब्ध गराइएको छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies