Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

भरतपुर महानगरमा धमाधम ठूला आयोजनाका काम हुँदै

रासस

चितवन । भरतपुर महानगरपालिकामा ठूला आयोजनाका काम धमाधम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको बजेटमा अधिकांश आयोजनाको कामले गति लिएको हो । केही आयोजनाको काम भने प्रगति सोचेअनुरुप हुनसकेको छैन ।

महानगरपालिका प्रमुख रेनु दाहालले परियोजना पार्ने, बजेट ल्याउने र काम लगाउने काममा महानगर लागिपरेको बताए । आयोजना हेर्दै गरेका सरकारी कार्यालय र ठेकेदार कम्पनीसँग समन्वय गरेर देखिएका बाधा, अवरोध फुकाउँदै समयमा काम सम्पन्न गर्न महानगरपालिकाले भूमिका खेलेको उनको भनाइ छ ।

प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखसँग आवश्यक समन्वय गरेर निर्माण सामग्री व्यवस्थापनदेखि आइपर्ने सबै खालका समस्याको समाधान गरिँदै आएको दाहालले बताए । जसका कारण कतिपय आयोजनाका काम निषेधाज्ञामा समेत भएको उनको भनाइ छ ।

भरतपुर महानगरपालिका–१० मा सिटीहल निर्माण भइरहेको छ । सघन सहरी विकास डिभिजन कार्यालय चितवनले सो आयोजना हेरिरहेको छ । कार्यालयका प्रमुख प्रकाश अर्यालका अनुसार रु ८७ करोड ८८ लाखमा सम्पन्न गर्ने गरी आयोजनाको काम भइरहेको छ । हालसम्म १५ प्रतिशत काम सम्पन्न भइसकेको छ । महानगरकै पुल्चोकबाट गोन्द्र्राङसम्मको छ लेन सडकको काम भइरहेको छ । डिभिजन सडक कार्यालय चितवनले सो सडक स्तरोन्नति गरिरहेको हो । सो सडक रु एक अर्ब १२ करोडमा स्तरोन्नति भइरहेको हो । यसले महानगरको सौन्दर्यतासमेत बढाउने छ ।

महानगर हुँदै जाने हुलाकी सडक विस्तार पनि भइरहेको छ । डिभिजन सडक कार्यालय चितवनका इञ्जीनियर विजय दराईका अनुसार हुलाकी सडक स्तरोन्नतिका लागि रु ४० करोडको काम भइरहेको छ । यस्तै सोही कार्यालयले भरतपुर–मेघौली गोलाघाट वैकल्पिक राजमार्गको काम गरिरहेको छ । गत वर्ष रु तीन करोड खर्च भएको सो सडकमा यस वर्ष रु चार करोडको काम हुँदैछ ।

महानगरपालिकाभित्र सार्वजनिक–निजी साझेदारी अवधारणाबमोजिम नारायणगढको लायन्सचोकमा भरतपुर मेट्रो प्लाजा निर्माण गरिँदै छ । भरतपुर महानगरपालिकाले सो परियोजनाका लागि ११ कठ्ठा ७.७ धुर जग्गा निजी क्षेत्रलाई उपलब्ध गराएको छ । तीस वर्षपछि महानगरलाई स्वामित्व हस्तान्तरण गर्ने गरी प्लाजा बनाउन लागिएको हो । दुई बेसमेन्ट पार्किङसहित १४ तलाको बहुउद्देश्यीय भवन बन्ने छ । जसमा पाँचतारे होटललगायत व्यावसायिक फार्म हुनेछन् । यस परियोजनाबाट महानगरले ३० वर्षमा रु ८१ करोड राजश्वसमेत प्राप्त गर्नेछ । महानगर प्रमुख दाहालले यो महानगरको महत्वपूर्ण परियोजना बन्ने बताए ।

महानगरकै वडा नं १५ मा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको काम भइरहेको छ । जसमा झण्डै रु तीन अर्ब लगानी हुने अनुमान छ । धर्मुस–सुन्तली फाउण्डेशनले सो परियोजनाको नेतृत्व गरिरहेको छ । महानगरपालिकाका वरिष्ठ इञ्जीनियर भरत आचार्यका अनुसार नारायणगढ नजिकै नारायणी सिबीच मोडलमा काम अघि बढाइएको छ । सो क्षेत्रको विकासका लागि रु २९ करोड खर्च हुने गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ । पर्यटन बोर्ड र भरतपुर महानगरपालिकाले सो क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न काम अघि बढाएको उनले  जानकारी दिए ।
 
महानगरपालिकाभित्र ८८.६१ किलोमिटर चक्रपथ निर्माणको काम भइरहेको छ । सङ्घीय, प्रदेश र महानगरपालिकाको लगानीमा काम अघि बढेको हो । काम सम्पन्न गर्न रु आठ अर्ब खर्च लाग्ने सडक विभागले विस्तृत अध्ययन प्रतिवेदनमा उल्लेख छ । भरतपुर महानगरपालिकाको वडा नं २१ पार्वतीपुरमा आठ बिघा जमिनमा औद्योगिक ग्राम निर्माण गरिँदै छ । जसका लागि रु एक अर्ब १० करोड खर्च हुने विस्तृत अध्ययन प्रतिवेदन तयार भएको छ । रु एक करोड लागतमा कम्पाउण्डको काम भइरहेको छ ।
 
महानगरपालिकाकै वडा नं ३ नगरवनको सानु मझुवामा अटोल्याण्ड बनाइँदै छ । रु एक अर्ब ३५ करोड खर्च लाग्ने अनुमान छ । यसको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी वातावरणीय प्रभाव मूल्याङ्कनको काम भइरहेको छ । सार्वजनिक–निजी साझेदारीअन्तर्गत यो काम गरिँदै छ । महानगरलाई स्मार्ट सिटी बनाउनका लागि विस्तृत अध्ययन प्रतिवेदनको मस्यौदा प्रतिवेदन बुझाइएको छ । महानगरीय यातायात गुरुयोजनाका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न प्रस्ताव आह्वान गरिएको छ ।
 
महानगरले दिएको जानकारीअनुसार महानगरको शारदानगर, दिव्यनगर, पार्वतीपुर, मेघौली र जखडीमाईमा रु दुई अर्ब ४१ करोडका खानेपानी आयोजना निर्माण भइरहेका छन् । महानगरले पाँच किलोमिटर सतह ढल, ५१० किलोमिटर कालोपत्र निर्माण गरिसकेको छ भने ५० किलोमिटर मर्मत गरेको छ । वडा नं २८ मा आपत्कालीन आवास निर्माण गरिसकेको छ । यसैगरी भरतपुर–१२ मा रु सात करोडमा राइनो पार्क, वडा नं २५ मा रु ७९ करोडमा देवीस्थान पार्क, वडा नं १४ मा रु सात करोडमा म्युजिम र फनपार्क, वडा नं १६ मा रु चार करोडमा चिडियाखाना, वडा नं १३ मा रु ३।५ करोडमा भ्यूटावर र पार्क, वडा नं १५ मा रु तीन करोडमा स्मृतिपार्क निर्माणका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पारिसकेको छ ।
 
वडा नं १९ र २३ मा खुला व्यायामशाला निर्माण गर्दैछ । नेपाल विद्युत् प्राधिकरणको सहकार्यमा ९० किलोमिटर क्षेत्रमा स्मार्ट सडक बत्ती जडानका लागि ठेक्का सम्झौता भइसकेको छ । जसका लागि रु १८ करोडको ठेक्का आह्वान गरिएको थियो । महानगरले १५ शय्याको कोभिड अस्पताल निर्माण गरेको छ भने फोहरमैला व्यवस्थापनका लागि प्रक्रिया अगाडि बढाएको छ ।
 
महानगरभित्रै ‘एक सहर, एक पहिचान’अन्तर्गत भरतपुर अस्पतालभित्र बिरामी कुरुवाघर निर्माण गरिएको छ । देवघाटमा शव दाहस्थल बन्दैछ भने रानीपोखरी, केन्द्रीय बसपार्क मर्मतसम्भारलगायतमा सघन सहरी विकास डिभिजन कार्यालयले रु २५ करोडको काम गरिरहेको छ । भरतपुरको वाइपास सडकसमेत निर्माण भइरहेको छ । भरतपुर महानगरभित्रको महत्वपूर्ण परियोजना भरतपुर विमानस्थलको विस्तारको काम अघि बढेको छ । सबै आयोजनाका काम अघि बढिरहेको भन्दै दाहालले काम सम्पन्न हुँदै गर्दा महानगरको मुहार फेरिने बताउनुभयो ।

समग्र महानगरको ट्रिटमेन्ट प्लान्टसहितको ढल निकासका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गर्ने काम भइरहेको छ । सहरका मुख्य सडक र राजमार्गमा रहेका बिजुली तथा टेलिफोनका तार भूमिगत प्रणालीमा व्यवस्थापन गर्ने कामको बोलपत्र आह्वानको प्रक्रियामा पुगेको छ । राप्ती र नारायणी नदीको कटान तथा डुबानलाई रोक्न तटबन्धका लागि रु छ अर्ब हाराहारीको विस्तृत अध्ययन प्रतिवेदन तयार गरी सङ्घीय सरकारसँग बजेट माग गरिएको छ । यस आयोजना पनि छिट्टै सुरू गर्ने लक्ष्य रहेको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो ।
 
उपप्रमुख पार्वती शाह ठकुरीले महानगरको समन्वयका कारण ठूला परियोजना कोभिडको समयमा पनि रोकिन नपरेको बताउनुभयो । सबैको साथ र सहयोग रहेमा निर्माण भइरहेका र हुने चरणमा रहेका आयोजना समयमै सम्पन्न हुने बताउनुभयो । महानगरसँगै सङ्घीय र प्रदेशका सांसद, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी र महानगरवासीको सहयोगका कारण यहाँ ठूला परियोजना सफल भएको र काम अघि बढेको ठकुरीको भनाइ छ । देशकै मध्य र महत्वपूर्ण भाग भएकाले महानगरलाई स्मार्ट सिटीका रूपमा विकास गर्ने गरी काम भइरहेको उहाँले बताउनुभयो ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy