Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

कस्तो होला तालिवानको नयाँ सरकार ?

रासस

काठमाडौँ । झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् । उनीहरुमध्ये अधिकांशले अफगानिस्तानमा फेरि पनि कट्टरपन्थी, रुढीवादी, अनुदारवादी र अलोकतान्त्रिक शासन व्यवस्था लागू हुने अनुमान गरेका छन् । 

हुन पनि सरिया कानुन लागु गर्ने मुख्य बाचाका साथ सुरु भएको तालिवान विद्रोहले टुङ्गोमा पुगेपछि उनीहरुले आफ्नो वाचा लागु गर्ने प्रयास अवश्य गर्नेछन । उनीहरुले अघिल्लो शासनकालमा पनि त्यसको अभ्यास गरिसकेका थिए । उनीहरुको नेतृत्व, पृष्ठभूमी, सहयोगी र समर्थकलाई हेर्दा पनि उनीहरु कट्टरपन्थी अलोकतान्त्रीक शासन व्यवस्थामा उन्मुख हुने नै देखिन्छ । 

रुसी सेनाले अफगानिस्तान छाडेपछि सन् १९९० को दशकमा उत्तरी पाकिस्तानबाट तालिबान विद्रोह सुरु भएको हो । उनीहरुले सुरुमा मुख्यत:धार्मिक संस्थाबाट विद्रोह सुरु गरेको पाइन्छ । त्यसबेला उनीहरुलाई सुन्नी इस्लामको कडा धार सिकाउने विभिन्न निकायले आर्थिक सहयोग गरेको बताइन्छ । साउदी अरबको आर्थिक सहयोगमा सञ्चालित विद्यालयमा हुने कट्टरपन्थी सुन्नी इस्लामसम्वन्धी पढाइले तालिबान विद्रोहीको विद्रोह चर्किदै गएको धेरैको विश्वास छ । विद्यालयमा अध्ययनरत विद्यार्थीले सुरु गरेको विद्रोह भएकाले नै यसलाई तालिबान विद्रोह भन्ने गरिएको छ । 

पाश्तो भाषामा तालिबानको अर्थ “विद्यार्थीहरू“ भन्ने हुन्छ । त्यसैले यसलाई विद्यार्थीको विद्रोहको रुपमा बुझाउने गरिन्छ । साउदी अरबको सहयोगमा सञ्चालित विद्यालयमा शरिया कानुन नै सर्वोत्तम हो भन्ने पढाइन्छ । यसलाई लागु गर्न सकेमा मात्रै सबैको हित हुने, धर्म हुने र सुख शान्ति मिल्ने उनीहरुलाई विश्वास दिलाइएको छ । त्यसैबाट दीक्षित भएका विद्यार्थी नै लडाकू हँुदै अहिले राज्य सञ्जालन गर्ने जिम्मेबारीसम्म आइपुगेका छन् । तालिबान विद्रोहका प्रशिक्षक तथा प्रशिक्षार्थी सबै सरिया कानुन पूर्णत:लागु पर्नुपर्ने पक्षमा नै देखिन्छन । 

शरिया कानुनमा विषेशत:महिलालाई बढी नियन्त्रणमा राख्नुपर्ने व्यवस्था उल्लेख गरिएको छ । महिलाले लेख्ने, पढ्ने, सार्वजनिकरुपमा बोल्ने, भाषण गर्ने आदी गर्न नहुने उनीहरुको मान्यता छ । सार्वजनिक गतिविधिमा महिलालाई निषेध गरिएको छ । महिला बजार निस्कनु पर्दा परिवारको पुरुष सदस्यसँग मात्रै निस्कनु पर्ने उनीहरुको भनाइ छ । तालिबान विद्रोहीका नेताले विगतमा दोषी पाइएका हत्यारा वा अवैध यौनसम्बन्ध राख्नेलाई हत्याको सजाय तथा चोरी गर्नेलाई हात काट्ने सजायसम्म दिने गरेका थिए । 

तालिबान विद्रोहीको अघिल्लो सरकारले हत्यारा र व्यभिचारीलाई सार्वजनिकरूपमा मृत्युदण्ड दिने गरेको थियो । त्यसैगरी चोरी गरेको प्रमाणित भए अङ्गभङ्गको दण्डसमेत दिने गरिन्थ्यो । उनीहरुले आफ्नो प्रभाव भएको क्षेत्रमा विगतमा पुरुषले दाह्री पाल्नै पर्ने र महिलाले पूरै शरीर छोपिनेगरी बुर्का लगाउनै पर्ने व्यवस्था कडाइका साथ लागू गराएका थिए । तालिबान विद्रोहीले अघिल्लो कार्यकालमा टीभी, चलचित्र र सङ्गीतमाथि प्रतिबन्ध लगाएका थिए भने १० वर्ष र त्यसभन्दा माथिका बालिकालाई विद्यालय जान निषेध गरिएको थियो ।

बढी चर्चामा आउने गरेका केही व्यवस्था, मान्यता र घटनालाई हेर्दा पनि उनीहरुको शासन व्यवस्था कति कठोर र कति कट्टरवादी छ भन्ने छर्लङ्ग हुन्छ । उनीहरुको विचार र धार अहिले पनि घोषितरुपमा परिवर्तन नभएकाले नयाँ कार्यकालमा पनि उस्तै शासन व्यवस्था लागु हुने सहजै अनुमान लगाउन सकिन्छ । नयाँ सरकार हाँक्न तालिवान विद्रोही समूहका चर्चित नेताद्वय हिबतुल्लाह अखुन्दजादा र मुल्लाह अब्दुल गनी बरादरको नाम बढी चर्चामा रहेको छ ।

तालिबान विद्रोही समूहको शिर्षस्थानमा अहिले हिबतुल्लाह अखुन्दजादा रहनु भएको छ । उनी विद्रोही समूहको राजनीतिक, धार्मिक र सैन्य प्रमुखको जिम्मेबारीमा रहेकाले सरकारको आगामी बाटो उनकै आधारमा तय हुने देखिन्छ । इस्लाम धर्मका विद्वान अगुवा भएकाले उहाँले नै तालिबानको दिशा बदलेर अहिलेको अवस्थामा ल्याइपुर्‍याएको ठानिन्छ । तालिबानको गढ मानिने कान्दहारको पुराना बासिन्दा भएकाले पनि उनले तालिबान नेतृत्वमा आफ्नो पकड बनाउनु भएको मानिन्छ । 

सन् १९८० को दशकदेखि नै विद्रोही कमाण्डर भएपनि उनको  मुल पहिचान भने सैन्य कमाण्डरको रूपमाभन्दा पनि धार्मिक विद्वान अगुवाको रूपमा धेरै छ । त्यसैले उनले  धर्मसँग जोडिएका धेरै आदेश दिने गर्नु भएको छ र उनका आदेशहरु धेरै कठोर हुने गरेका छन् । 

तालिबान समूहको नेतृत्व पूर्वप्रमुख मोहम्मद मन्सुरले गरेका बेला नै उनी  त्यसको उपप्रमुख थिए । मन्सुरले आफ्नो इच्छापत्रमा हिबतुल्लाहलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए । मन्सुरको सन् २०१६ को मेमा अमेरिकी ड्रोन हमलामा भएपछि मृत्यु भएकाले त्यसपछि मन्सुरकै घोषणा अनुरुप हिबतुल्लाहले प्रमुखको जिम्मेबारी पाउनु भएको हो । उनी अहिले झण्डै ६० वर्षको हुनुभएको छ । 

तालिबान सरकार हाक्ने अर्का नेता बरादर भने तालिवान समूहको संस्थापक छन् । सन् १९९४ मा तालिबान समूहको स्थापना गर्ने चार जनामध्ये उनी पनि एक हुन् । उनी अहिले पार्टीको राजनीतिक मामिला हेर्ने उपप्रमुखको जिम्मेबारीमा पनि हुन् । विषेश गरेर राजनीतिक र अन्तरराष्ट्रिय सम्वन्धमा धेरै काम गर्नु भएकाले पनि नयाँ सरकारमा उनको प्रभाव बढी हुने देखिएको छ । 


यसरी सम्भावित भावी नेतृत्व, उनीहरुको पृष्ठभूमी, तालिबान सरकारको अघिल्लो कार्यकालमा भएका घटना, उनीहरुको मुल मान्यता, प्रशिक्षणलगायतलाई आधार मानेर हेर्दा तालिबान विद्रोही समूहको नयाँ सरकार पनि कठोर, कट्टरपन्थी र अलोकतान्त्रीक नै हुने देखिन्छ । उनीहरुको त्यो धारलाई परिवर्तन गराउन सर्वत्र दवाव त हुन्छ । 

उनीहरु त्यसका लागि लचक हुने सङ्केत भने अहिलेसम्म केही देखिएको छैन । उनीहरु आफ्नो विगतको धारलाई परिवर्तन गरी उदारवादी धारतर्फ आउने सङ्केत गरे भने अन्तरराष्ट्रिय समुदायको समर्थन र सहयोग पनि विस्तारै पाउने सम्भावना रहन्छ । तर पुरानै कठोर धारबाट टसमस भएनन भने उनीहरुलाई विश्व समुदायले सहयोग नगर्ने र फेरि सत्ताच्युत गराउने प्रयास भइरहने देखिन्छ ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy