Ntc summer Offer
Khabar Dabali ६ आश्विन २०८१ आईतवार | 22nd September, 2024 Sun
NIMB

भरतपुर अस्पतालमा मध्याह्न १२ नबज्दै बाहिरिन्छन् चिकित्सक र कर्मचारी

रासस

चितवन । भरतपुर अस्पतालबाट मध्याह्न १२ बजे नै बाहिरिएपछि रेडियोलोजी विभागमा कार्यरत चिकित्सकलाई प्रमुख जिल्ला अधिकारीले टेलिफोन गरेर पुन: अस्पतालमा फर्काए । बिरामीका आफन्तको गुनासोपछि अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगन्नाथ तिवारीको टेलिफोन नउठाएपछि ती चिकित्सकलाई प्रजिअ लामिछानेले आफैँ टेलिफोन गरेर सोमबार पुन: काममा फर्काएका हुन् ।

 
अस्पतालमा स्थायी मेडिकल सुपरिटेन्डेन्ट नहुँदा निमित्तलाई चिकित्सक र स्वास्थ्यकर्मीले टेर्दैनन् । यसका कारण अस्पतालको कामका समयमा भागेर निजीमा जाने प्रचलन बढ्दो छ । बिरामीले हैरानी व्यहोरेपछि गुनासो गर्दै घर फर्किनु वा निजीमा जानुको विकल्प छैन । भरतपुर अस्पतालका अधिकांश चिकित्सक स्वास्थ्यकर्मीको लगानीका वा काम गर्ने निजी अस्पताल छन् । चिकित्सक स्वास्थ्यकर्मीले बिहान १० देखि अपराह्न ३ बजेसम्म काम गर्नुपर्छ । यसका अतिरिक्त बोलाएका बेलामा समेत आउनुपर्ने हुन्छ ।
 
अस्पतालका चिकित्सकहरु भने बिहान १० बजेपछि आउने र बीचमै विभिन्न बहानमा हिड्ने गरेको सेवाग्राहीको गुनासो छ । गत दुई वर्षयता अस्पतालमा ६ मेडिकल सुपरिटेन्डेन्ट परिवर्तन भइसकेका छन् । २०७७ साल भदौ २८ गते डा श्रीराम तिवारी सरुवा भएपछि डा राजन पाण्डे आए । उनको   तीन महिनाको बसाइपछि डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाए ।
 
सोही वर्षको फागुन ५ गते अाएका डा वासुदेव पाण्डेको अधिकांश समय काठमाडौँमै बित्यो । उनी दु्ई महिनामै सेवानिवृत्त भए । पुन: डा जगन्नाथ तिवारीले निमित्तको जिम्मेवारी पाए । यसै वर्षको जेठ १३ गते प्रमुख मेडिकल सुपरिटेन्डेन्ड डा रोशन न्यौपाने भए । यद्यपि सधैँजसो काठमाडौँ बस्ने भएकाले निमित्तको जिम्मेवारी डा तिवारीले नै सम्हाल्दै आएका छन् ।  
 
अस्पताल विकास समितिको अध्यक्षमा डा भोजराज अधिकारी नियुक्त भएपछि ६ मेडिकल सुपरिटेन्डेन्ट बनिसकेका छन् । दुई वर्षका अवधिमा मेसु परिवर्तन हुँदा अस्पताल प्रभावित बनेको अध्यक्ष डा अधिकारीले बताए । विकास समितिले गरेका निर्णयहरु कार्यान्वयन गर्ने मेसु नै परिवर्तन भइरहँदा काम गर्न कठिन भएको उनको गुनासो छ ।
 
अस्पतालमा रहेका चिकित्सक स्वास्थ्यकर्मीले तोकिएको निर्धारित समयभित्र काम गर्नुपर्ने जनाउँदै उनले सेवा प्रदायक र सेवाग्राही दुवैको हित हुने गरी विकास समितिले काम गरिरहेको बताए । चिकित्सक स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सेवासुविधा दिन समिति तयार रहेको जनाउँदै उनले  तोकिएको समयमा भने काम गर्नुपर्ने बताए । उनले भने,  “कोही पनि बिरामी उपचार नपाएर फर्किनु हुँदैन ।”
 
केही वर्षअघि तत्कालीन प्रजिअ विनोदप्रकाश सिंहले अस्पतालमा छड्के निरीक्षण गरेर निर्धारित समयमा काम गर्नेहरुलाई आवश्यक कारबाही प्रक्रिया अगाडि बढाएका थिए । यसैबेला अस्तव्यस्त बनेको बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल पनि सुधार गरिएको थियो । सेवाग्राहीहरुले अस्तव्यस्त बनेको अस्पताललाई सुधारका लागि स्थानीय प्रशासनले ध्यान दिनुपर्ने जनाउँदै आएका छन् ।
 
प्रजिअ प्रेमलाल लामिछाने सरकारले तोकेअनुसारको सेवा दिनुपर्ने बताए । गुनासो आएमा आफूले तत्काल सम्बोधन गर्ने गरेको उनको भनाइ छ । अस्पतालमा विभिन्न विभाग भए पनि ती विभागले काम नगरेको गुनासो छ । विकास समिति र निजामती कर्मचारीबीचमा द्वन्द्व, वरिष्ठ चिकित्सकहरुको विकास समितिमा अधिकृतको मात्रै दरबन्दी, विशेषज्ञ चिकित्सकले बिरामी नहेर्ने गरेको, स्वास्थ्यकर्मीहरुको राजनीतिक खिचातानी र लडाइँ लगायतका कारण अस्पताल अस्तव्यस्त बनेको त्यही कार्यरत कर्मचारीहरु बताउँछन् ।
 
भरतपुर अस्पताल सङ्घीय अस्पताल हो । यस अस्पतालले चितवनसहित १९ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको छ । अस्पतालमा आएका बिरामीलाई निजीमा रिफर गर्ने समस्याका कारण सेवाग्राही प्रभावित हुने गरेका छन् । निमित्त मेडिकल सुपरिटेन्डन्ट डा तिवारी स्थायी मेसु नहुँदा पनि समस्या हुने गरेको बताए । 
भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल सङ्घीय अस्पताल भएकाले अस्पताललाई आवश्यक स्रोतसाधन व्यवस्था सङ्घीय सरकारले गर्नुपर्ने बताए । राजनीतिक खिचातानीका कारण मेसु मन्त्रीसँगै परिवर्तन हुँदा अस्पताल प्रभावित बनेको भन्दै उनले कम्तीमा दुई वर्ष काम गर्ने गरी मेसु पठाउन सकेमा अस्पतालले गति लिने बताए । 

काठमाडौँपछिको ठूलो र धेरै बिरामीलाई सेवा दिनुपर्ने यस अस्पताललाई राम्रो बनाउन महानगर सधैँ लागिपरेको भन्दै उहाँले सेवाग्राहीको गुनासो नरहने गरी काम गर्न चिकित्सक स्वास्थ्यकर्मीलाई आग्रह गरे ।

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy