Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

मागेको विवरण उपलब्ध नगराउँदा अख्तियारलाई अनुसन्धानमा समस्या

रासस
सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मागेको विवरण उपलब्ध नगराएपछि अख्तियारमा आएका उजुरीको अनुसन्धानमा समस्या भएको छ । त्यसका कारण अख्तियारमा कमै मात्रामा उजुरी फछ्र्यौट हुने गरेको छ । आयोगको कार्यालय सुर्खेतमा आएका उजुरीमध्ये आधा पनि फछ्र्यौट हुन सकेका छैनन्  । कार्यालयका  अनुसार गएको आर्थिक वर्षमा ४६ प्रतिशत उजुरी मात्र फछ्र्यौट भएका छन् । 
 
आर्थिक वर्ष २०७७/७८ मा एक हजार दुई सय २० उजुरीमध्ये पाँच सय ७१ वटा पछ्र्यौट भएको छ । स्थानीय तहहरुले विवरण उपलब्ध नगराउँदा समस्या भएको आयोगका शाखा अधिकृत मेघनाथ सापकोटाले बताए । “कार्यालयमा उजुरी परेपछि उजुरीको विषयमा छानबिन गर्नुपर्ने हुन्छ त्यसका लागि स्थानीय तहसँग विवरण माग्नुपर्ने हुन्छ,” सापकाटाले भने, “तर मागेको विवरण स्थानीय तहहरुले उपलब्ध गराउँदैनन् ।”
 
भौगोलिक विकटताका कारण पनि अनुसन्धानमा समस्या हुने गरेको देखिएको छ । “कर्णाली भौगोलिक रुपमा विकट प्रदेश रहेकाले यहाँका सबै स्थानीय तहमा पुग्न सक्दैनौँ”, सापकोटाले भने, “हाम्रो टोली पुग्न नसकेका स्थानीय तहहरुमा पत्र र इमेलमार्फत विवरण माग्छौँ तर वर्षौंसम्म पनि विवरण उपलब्ध हँुदैनन् ।” 
 
आयोगको कार्यालय सुर्खेतमा  अधिकांश उजुरीहरु स्थानीय तहका पर्ने गरेका छन् । अघिल्लो वर्ष मात्र स्थानीय तहअन्तर्गतका ६ सय २७ उजुरी परेका थिए जसमध्ये दुई सय ८७ फछ्र्यौट भएका छन् । तीन सय ४० उजुरी बाँकी रहेको कार्यालयले जनाएको छ । 
 
अघिल्लो आर्थिक वर्षमा कार्यालयमा एक हजार दुई सय २० उजुरी परेका थिए । यी फछ्र्यौट हुन बाँकी रहेका उजुरीहरुको विवरण प्राप्त नभएका कारण अनुसन्धानमा समस्या भएको कार्यालयका शाखा अधिकृत सापकोटाले बताए । कार्यालयका अनुसार भेरिगङ्गा नगरपालिकाविरुद्ध ३६ र वीरेन्द्रनगर नगरपालिकाविरुद्ध ३० वटा उजुरी परेका छन् । अधिकांश उजुरी सुर्खेत, दैलेख, कालीकोट, हुम्ला र जाजरकोटका स्थानीय तहका छन् । सुर्खेतका दुई सय ६४, दैलेखका दुई सय १४, कालीकोट एक सय ३८, जाजरकोटका एक सय १७ र हुम्लाका एक सय आठवटा उजुरी परेका हुन् । यीबाहेक अन्य जिल्लाबाट भने कम उजुरी परेका छन् । हिमाली तथा विकट जिल्लाहरूबाट कम उजुरी पर्ने गरेको आयोगको सुर्खेत कार्यालयले जनाएको छ । 
 
स्थानीय तहविरुद्ध आउने  कतिपय उजुरीहरु प्रमाणविनाका रहेको पाइएको छ । यसरी आउने उजुरीहरु व्यक्तिगत रिसइबीका कारण पनि दिने गरिएको पाइएको छ । “कतिपय उजुरीहरु रिसइबी र शङ्काका आधारमा दिने गरिएको पनि पाइएको छ,” कार्यालयका शाखा अधिकृत मेघनाथ सापकोटाले भने, “अहिले यस्ता खालका धेरै उजुरीहरु आएका छन् ।” 
 
यस्तै कर्णाली प्रदेश सरकारका मन्त्रालय र मातहतका कार्यालयविरुद्ध धेरै उजुरीहरू पर्ने गरेका हुन् । गएको आर्थिक वर्षमा आयोगको सुर्खेत कार्यालयमा परेका उजुरीमध्ये तीन सय ६ वटा कर्णाली सरकारसँग सम्बन्धित छन् । ती उजुरीमध्ये एक सय ४८ वटा फछ्र्यौट गरिएको छ । 
Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy