Ntc summer Offer
Khabar Dabali ४ आश्विन २०८१ शुक्रबार | 20th September, 2024 Fri
NIMB

लगातारको वर्षात्सँगै रोल्पाका अधिकांश सडक अवरुद्ध

रासस

रोल्पा । वर्षात्सँगै जिल्लाका अधिकांश सडक अवरुद्ध हुँदा  स्थानीयवासीले आवतजावतमा सास्ती भोग्दै आएका छन् । पूर्वी क्षेत्रको महत्वपूर्ण बजार केन्द्र सुलिचौरबाट वडाचौर, हार्जङ, गुम्चाल, सिउरी हुँदै गाम जोड्ने मोटरबाटो बन्द भएको लामो समय भइसकेको छ ।

ती स्थानबाट जिल्ला सुलिचौरसम्म आउँदा दुई दिनसम्म पैदल हिँड्नु परेको स्थानीयवासीको गुनासो छ । बिरामी बोकेर सुलिचौरसम्म आउँदा दुई दिन लाग्ने गर्दछ ।  सुनछहरी  गाउँपालिका–४ स्युरीका हर्क घर्तीमगरका अनुसार सडक अवरुद्ध हुँदा बिरामी, ज्येष्ठ नागरिक, महिला र बालबालिकाले थप सास्ती भोग्नु परेको छ । बाटो मर्मत गर्न स्थानीय सरकारको अझैसम्म ध्यान नगएको उनीहरुको गुनासो छ । 

यसैगरी जिल्लाको पश्चिम र उत्तर भेगमा जनताले पनि यस्तै सास्ती भोग्ने गरेका छन् । शहीदमार्ग  र रामपुर कपुरकोट सडकखण्डमा वर्षात्सँगै सडक हिलाम्ये हुने समस्या रहेको छ । शहीदमार्गको ट्याक खोलेको एक दशक पूरा भए पनि सडक सुधार हुन नसक्दा यात्रुले हिलो र धुलोको समस्या भोग्दै आएका छन् ।

यस्तो सडकमा आफूहरु सधैँ अत्यधिक जोखिम मोलेर गाडी चलाउन बाध्य रहेको जीप चालक तिलक  बुढामगरको भनाइ  छ । उनले भने “सडक कालोपत्र हुने हल्ला सुनेको वर्षांै भयो खै के ले रोकेको छ ।” सडकको यस्तो  अवस्थाले कतिखेर के हुने हो भन्न नसकिने अवस्था छ । वर्षात्का समयमा हिलो र खाल्डाखुल्डीले सताउँछ भने हिउँदका समयमा धुलो उड्दा स्वास्थ्यमा प्रतिकूल असर गरिहेको चालक लीला घर्तीमगरको भनाइ छ ।

शहीदमार्ग सडक तथा रामपुर कपुरकोट सडक खण्डमा दिनहुँ सयौंको सङ्ख्यामा दुई पाङ्ग्रे तथा चार पाङुग्रे सवारीसाधन लामो तथा छोटो दूरीमा चल्ने गर्छ । शहीदमार्ग दाङबाट सुरु भई रोल्पाको होलेरी हँुदै  थवाङसम्म १३८ किलोमिटर लामो छ । दाङको घोराही उपमहानगरपालिका हुँदै रोल्पाको रुन्टीगढी, त्रिवेणी, माडी, परिवर्तन  र थवाङ गाउँपालिका तथा रोल्पा नगरपालिका, हुँदै रुकुम पूर्वको भूमे गाउँपालिकासम्म फैलिएको छ  ।  

सो सडकमा  वर्षाको समयमा दाङबाट पश्चिम रोल्पाको व्यापारिक केन्द्र घर्तीगाउँसम्म यातायातका साधन चले पनि यस अगाडि भने बाटो अवरुद्ध  हुनेगर्दछ । शहीदमार्गसँग जोडिएका सहायक मार्ग अवरुद्ध हँुदा स्थानीयवासीले पैदलयात्रा गर्न बाध्य भएका छन । 

घर्तीगाउँबाट ४८ किमी दुरीमा रहेको रोल्पाको थवाङ सडक खण्ड वर्षातका समयमा बन्द हुँदा स्थानीयवासी घण्टौं लगाएर पैदलयात्रा गर्न विवश छन् ।

शहीदमार्ग सडक जिल्ला सदरमुकाममा लिवाङमा रहेको शहीदमार्ग सडक आयोजनाले हेर्ने गर्दछ । रोल्पा जिल्लाको पूर्व–पश्चिम जोड्ने रामपुर कपुरकोट सडक खण्डमा पनि समस्या आउने गरेको बताइन्छ । सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख दीपक डाँगीका अनुसार सडकमाथिबाट झर्ने ढुङ्गा माटो र सडक मुनिबाट  जाने पहिरोले सडकलाई  प्रभावित गर्ने गर्दछ ।

रामपुर कपुरकोट सडक खण्ड प्यूठान जिल्लाबाट सुरु भएर रोल्पा जिल्लाका सुनिलस्मृति गाउँपालिका, रोल्पा नगरपालिका, माडी गाउँपालिका र गङ्गादेव गाउँपालिका हुँदै सल्यान जिल्लासम्म पुगेको छ । उक्त सडक सुनिलस्मृति गाउँपालिकाभित्र पूरै र रोल्पा नगरपालिकाको केही भाग कालोपत्र भइसकेको छ । माडी गाउँपालिका र गङ्गादेव गाउँपालिकामा कालोपत्रको काम अहिलेसम्म अघि बढेको छैन । यो सडक प्यूठानमा रहेको सडक पूर्वाधार विकास  कार्यालयले हेर्ने गर्दछ ।

बर्सेनि सडक स्तरोन्नतिको नाममा सरकारले करोडौं खर्च गर्ने  भए पनि समस्या बारम्बार दोहोरिने गरेको छ  । बजेट आएको सुन्दा साच्चै नै अब त सडक सुधार हुने  भो भन्ने लाग्छ, बजेट सकिँदा सडक उस्ताको उस्तै देखिन्छ परिवर्तन  गाउँपालिका– ६  का सूर्यप्रकाश बुढाले बताए । 

चुनावका समयमा विकासको लहर ल्याउछौ भन्ने नेताले सडक सुधारमा ध्यान नदिएको स्थानीयहरुको गुनासो छ । स्थानीय सरकारको विकासको प्राथमिकतामा सडक देखिए पनि अव्यवस्थीत सडक खन्ने कामले विकास झन अस्त व्यस्त भएको नागरिकहरुको  गुनासो छ । स्थानीय सरकारको वजेटबाट खनिने सडक अध्ययन विनै खनिने भएकाले वर्षातका सयममा ती सडकले नागरिकहलाई सास्ती दिने गरेको रोल्पा ४ का खट्कवहादुर बताए । उनले भने “वातावरण प्रभाव मूल्यांकन  नगरि खनिएका सडक नै मुख्य समस्याका रुपमा देखिएका छन् ।” 

Khabardabali Desk–KP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल-चीन विश्वासिला विकासका साझेदार हुन् : प्रधानमन्त्री

काठमाडौँ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल र चीन विश्वासिला विकासका साझेदार भएको बताएका छन्।  चिनियाँ नयाँ वर्ष तथा वसन्तोत्सवका अवस...

‘कमेडी च्याम्पियन–३’ प्रसारणको तयारीमा

काठमाडौँ। नेपालकै पहिलो तथा मौलिक हाँस्य रियालिटि शो कमेडी च्याम्पियनको तेस्रो सिजन छिट्टै प्रसारणमा आउने भएको छ । आयोजकका अनुसार डिजिटल अडिशनबाट आ...

सवारी दुर्घटनाको कारण पत्ता लगाउन पूर्वसचिव तामाङको संयोजकत्वमा कार्यदल गठन

काठमाडौँ। सवारी दुर्घटना हुन थालेपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पाँच सदस्यीय कार्यदल गठन गरेको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री प...

नौ करोड बजेट संशोधन प्रस्ताव

काठमाडौँ। काठमाडौँ महानगरपालिकाको १४औँ नगरसभामा नौ करोड रुपैयाँ बजेट संशोधन प्रस्ताव गरिएको छ।  कामपाको प्रमुख बालेन्द्र शाह (बालेन)  का अध्यक्षताम...

यौनिक तथा लैङ्गिक अल्पसंख्यकद्वारा सर्वोच्चमा रिट

काठमाडौँ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायले समानुपातिक समावेशी सिद्धान्तअनुसार राज्यका निकायमा आफूहरुलाई प्रतिनिधित्व गर्न पाउनुपर्ने माग गर्दै स...

अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ

मकवानपुर। हेटौंडा उपमहानगरपालिका १० बसपार्कबाट करिब ५ किलो अवैध लागूऔषध गाँजासहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका...

निःशुल्क शिक्षा निश्चित गर्न विद्यार्थी संगठनको माग

काठमाडौँ। विद्यार्थी संगठनले विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमा माध्यमिक तहसम्म निःशुल्क पढ्न पाउने विषय निश्चित हुन...

स्क्रब टाइफसबाट चारजनाको मृत्यु

चितवन। जिल्लाका विभिन्न अस्पतालमा उपचार गर्न ल्याइएका बिरामीमध्ये स्क्रब टाइफसबाट चार जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एकजना चितवनका अन्य बाहिरी जिल...

रञ्जिता श्रेष्ठ नागरिक उन्मुक्ति पार्टीको सहअध्यक्ष मनोनित

सुदूरपश्चिम। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथ...

कोभिड–१९ को जोखिम निरन्तर बढ्दै : डब्ल्यूएचओ

सुदूरपश्चिम। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का एक वरिष्ठ विज्ञले कोभिड–१९ को संक्रमण संसारभर फैलँदै गएकाले जनस्वास्थ्य जोखिम उच्च रहेको बताएकी छन् ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy